
बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड बागलुङको आयोजना र बागलुङ नगरपालिकाको सहयोगमा सहकारीका संचालकहरुको क्षमता अभिबृद्धि तालिम सुरु भएको ।
तालिमको उद्घाटन गर्दै बागलुङ नगरपालिका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले सहकारी संस्थाहरु आफ्नो उदेश्य र प्रकृतिअनुसार संचालन गर्नुपर्ने भन्दै सहकारीको मर्म अनुसार संचालन गरेमा लक्ष्य प्राप्त हुनुका साथै सहकारीको स्थायीत्व प्रप्त गर्ने बताउनु भयो । कार्यक्रममा नगर उपप्रमुख राजु खड्का, बागलुङ नगरपालिकाको सहकारी विभाग प्रमुख प्रेम प्रसाद शर्मा, जिल्ला सहकारी संघ लिमिटेड बागलुङका सचिव तेज प्रसाद शर्मा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ काअध्यक्ष एंव नेफ्स्कूनको संचालक चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रम लेखासुपरिवेक्षण समितिका संयोजक महेन्द्रसिह रायमाझिको स्वागत र सचिव ऋषिराम गौतमको संचालनमा सम्पन्न भएको थियो । सहकारीका संचालकहरुलाई जिम्मेवार बनाउन तालिम आयोजना गरिएको संघका अध्यक्ष पौडेलले बताउनु भयो ।
सहकारी नजानेर संंचालकमा आउन पाइने तर संचालक भइसकेपछि सहकारी संचालकहरुले अनिवार्य जान्नुपर्ने पौडेलले बताउनु भयो ।
तालिमको राष्टि«य सहकारी महासंघका संचालक राजेन्द्र पौड्यालले सहजिकरण गर्ने बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका प्रवन्धक मनिषा घर्तिले जानकारी दिनु भयो ।












