
चारतारे युवा क्लब सिवाईसी नेपाल र सिवाइसी बचत तथा ऋण सहकारी सस्थाको साझेदारीमा संचालन भएको जागौं, जगाऔं र जोगाऔं अभियान अन्र्तगत पर्वतको जलजला गाँउपालिका ७ मिलनचोकमा सम्पन्न भएको छ ।
सिवाइसी साकोस जलजला सदस्य सेवाकेन्द्र अन्र्तगतका सदस्यलाई सहकारीका बारेमा वित्तीय साक्षरता साथै संस्थाको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सहजिकरण गर्दै चारतारे युवा क्लव सिवाईसी नेपाल तथा सिवाइसी साकोस केन्द्रीय संचालक समितिका अध्यक्ष चण्डिप्रसाद शर्मा पौलेलले सहकारीमा बुझेर वित्तिय कारोवार गर्न आग्रह गर्नु भयो । असल संचालक र सदस्य भएको सहकारी कहिलै पनि समस्यामा नपर्ने भएकोले सिवाइसी त्यसको एक नमुना भएको बताउनु भयो ।
सहकारी ऐन अनुसार चलेको सहकारीमा कुनै प्रकारको समस्या नआउने भएकोले ढुक्क भएर बचत गर्न आग्रह गर्नु भयो । वित्तिय प्रशिक्षण दिदै पौडेलले बित्तिय समस्याहरु समाधानको लागि हामी सबै जाग्नुपर्ने अन्य सदस्यलाई जगाउनु पर्ने र प्राप्त पूजिलाई जोगाउनु पर्ने बताउनु भयो ।
धनी र सम्पन्न बन्न बचत गर्ने बानीको विकास गर्नु पर्ने बताउदै केहीन केही उद्यम गरेर बचत गरेमा छोटो समयमै धनि बन्न सकिने बताउनु भयो।
कार्यक्रममा सिवाइसी साकोसका केन्द्रीय संचालक समितिका कोषाध्यक्ष सिता सापकोटा, जलजला गाँउपालिका ७ का वडा सदस्य नन्द बहादुर दर्जी, परामर्शदाता पुस्पा कुमारी केसी, सहभागि महेन्द्र वोकटी लगाएतले लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम सस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षता जलजला सदस्य सेवा केन्द्रका सदस्य इन्द्र प्रसाद अचार्यको स्वागत, सहसंयोजक हरेम बहादुर खत्रीको धन्यवाद मन्तव्य र केन्द्रीय संचालक समितिका सह सचिव सुवास आचार्यको संचालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा सिवाइसी बचत तथा ऋण सहकारी सस्थाका शेयर सदस्य, जनप्रतिनिधि,महिला स्वास्थ्य स्वंयमसेविका, विद्यार्थी लगाएतको सहभागिता रहेको थियो ।






















