काठमाडौं, २१ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरितालिका तीजको अवसरमा शुभकामना दिनुभएको छ। उहाँले नेपाली महिलाहरुको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामना व्यक्त गर्नुभएको छ । अध्यक्ष प्रचचण्डले दिनुभएको शुभकामना सन्देशमा भन्नुभएको छ– ‘नेपाली महिलाहरुले परापूर्वककालदेखि धार्मिक सांस्कृतिक पर्वको रुपमा मनाउँदै आएको तीजका मौलिक पक्षको संरक्षण गर्नुका साथै नेपाली समाजमा आएको परिवर्तनलाई आत्मसात गर्दै यसलाई लैंगिक समानता…
पुरा पढौ