समाचार

बालगायक मृदुल राठिको बुवा आमाप्रति समर्पित म्युजिक भिडियो ‘मेरो मन्दिर’ सार्वजनिक

काठमाडौं – नेपाली संगीतको क्षेत्रमा दिनहुँजसो नयाँ नयाँगायक प्रतिभाले आआफ्नो प्रस्तुति देखाइरहेकाे बेला एकजना नवप्रतिभाले नेपाली समाजमा समसामयिक बिषय बस्तुमा आधारित गीत बजारमा युटुव मार्फत सार्वजनिक गरेका छन् । प्रतिभावान् बालगायक मृदुल राठिको आवाजमा रहेको पहिलाे गीत ‘मेरो मन्दिर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा बालगायक राठिको स्वर, अमित क्षेत्रीको शब्द, संगीत रहेको छ । उक्त म्युजिक भिडियो सुरशाला युट्युब च्यानलबाट मंगलबार सार्वजनिक भएको हो । हजुरबुबा, हजुरआमा, बुबा आमाको प्रेम, त्यागप्रति समर्पित उक्त म्युजिक भिडियोमा बालगायक… पुरा पढौ

राप्रपा निर्णायक आन्दोलनको तयारीमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशम्शेर राणाले भ्रष्टाचारीहरूलाई जेलमा हाल्नेहरू एकजुट भएर आन्दोलन गर्नुपर्ने बेला आएको बताएका छन् ।राप्रपा अब देशमा निर्णायक आन्दोलनको तयारीमा जुटिरहेको बताएका छन् । राप्रपाले गर्ने आन्दोलनको भावी रणनीतिबारे कार्यकर्तालाई प्रशिक्षणमा सम्बोधन गर्दै उनले देशमा परिवर्तन चाहने, सनातन हिन्दु राज्य चाहने, संवैधानिक राजसंस्था चाहनेहरुले एकजुट भएर आन्दोलन गर्नुपर्ने बेला आइसकेको बताएका हुन् । उनले भने, ‘देशमा परिवर्तन चाहने, सनातन हिन्दु राज्य चाहने, संवैधानिक राजसंस्था चाहने र देशमा भ्रष्टाचारीहरूलाई जेलमा हाल्नेहरू एकजुट भएर आन्दोलन गर्नुपर्छ।… पुरा पढौ

माआ‌ेवादी अध्यक्ष प्रचण्ड र राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र बिच खुमलटारमा भेटघाट

काठमाडौं / नेपाली राजनीतिका दुई ध्रुवका नेताहरूकोएकाएक भेटघाट ह्वात्तै बढेर गएको छ ।नेकपा माआ‌ेवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राप्रपाका उपाध्यक्ष बिच मंगलबार प्रचण्ड निवास खुमलटारमा महत्त्वपूर्ण भेटघाट भएको छ । हिजो कार्यक्रममा भेट भयो। आज वर्षौँपछि प्रचण्ड निवासमा भेट भयो भनेर राप्रपा उपाध्यक्ष मिश्रले सामाजिक संजाल फेस बुक मार्फत चिया खाएको फाेटाे समेत पाेष्ट गरेका छन् । "अब देश यस्तो विन्दूमा पुग्यो कि राजसंस्थालाई पुनर्स्थापित नगर्ने हो भने यो देश 'विस्फोटनको अवस्था' तिर उन्मुख हुँदैछ। र त्यतिबेला तपाईँहरूको 'अग्रगमन', नाम… पुरा पढौ

बागलुङमा एक महिला मृत फेला

बागलुङ असाेज ८ बागलुङमा एकजना महिलाको शव फेला परेको छ । बागलुङ जिल्ला वडिगाड गाउँपालिका वडा नम्बर ५गाईघाट स्थित खाेलामा १६ बर्षिय युवतीको लास फेला परेको हाे । मृतक जिल्ला बागलुङ ढोरपाटन न.पा.०३ पुर्कोट घर भई हाल छरछरे ठुलोबाबा महलाल गिरीको घरमा बस्ने थम बहादुर गिरीको छोरी बर्ष १६ की झरना भन्ने पवित्रा गिरी रहेकी भनि मृतकको ठुलोबुवा महलाल गिरीले सनाखत गरेकाे जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । महिलाको शव देखिएको खबर प्राप्त हुनासाथ प्रहरी टाेली परिचालन गरि पाेष्टमार्टमकाे… पुरा पढौ

अमेरीकाकाे बाल्टिमाेरमा बाल प्रतिभा प्रस्फुटन कार्यक्रम हुने

असाेज ८ अन्तराष्ट्रिय नेपाली कलाकार समाज मेरील्यान्डले नेपाली समुदायका वालवालिकालाई मध्येनजर गर्दै वाल प्रतिभा प्रस्फुटन कार्यक्रम गर्ने भएको छ । ईनास मेरिल्याण्डका अनुसार वल्टिमोर वरपर रहेका नानी वावुहरूलाई कार्यक्रममा सहभागी गराईने भएकाे छ । कार्यक्रममा अमेरिकामै जन्मेका नेपाली वालवालिकालाई पहिलो प्राथमिकतामा राखिएको छ । वाल प्रतिभा प्रस्फुटन कार्यक्रम रहेकोले नानी वावुहरूमा रहेको कुनैपनि प्रतिभा जस्तै गायन कविता चित्रकला नृत्य वक्तृत्वकला प्रस्तुतगर्न सक्ने छन् । नेपाली कलाकारको वाहुल्यता रहेको शहरमा आयोजना हुने उक्त कार्यक्रममा आफ्ना नानीवावुलाई सहभागी गराई सहयोग गर्दिनुहुन ईनास… पुरा पढौ

संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड

काठमाडौं, ७ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनलाई एजेण्डाको रुपमा नभई सरकार परिवर्तनको बहानाको रुपमा उठाएकाले यसप्रति उनीहरु गम्भीर नभएको बताउनुभएको छ । संविधान निगरानी समूह र इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्च (आइएसएसआर)को संयुक्त आयोजनामा भएको ‘संविधान कार्यान्वयनः अपेक्षा र वास्तविकता’ विषयक अन्तर्क्रियालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘नयाँ गठबन्धन बनाउनुभन्दा दुई चार दिनअघिसम्म उहाँहरुले औपचारिकरुपमा कतै संविधान संशोधनको आवश्यकतामाथि छलफल गर्नुभएको थिएन’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘त्यसैले… पुरा पढौ

छविलाल जाेशीलाई ५ दिन हिरासतमा राख्न कास्की अदालतको अनुमति

पोखरा ।असाेज ७ सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआइजी छविलाल जोशी लाई ५ दिन प्रहरी हिरासतै राखेर अनुसन्धान हुने भएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्ने सोमबार जिल्ला अदालत कास्कीले साे आदेश दिएको हो । विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै काठमाडौंबाट पक्राउ परेका जोशीलाई आइतबार पोखरा ल्याइएको थियो । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय… पुरा पढौ

श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई माआ‌ेवादी अध्यक्ष प्रचण्डको बधाई

काठमाडौं, ७ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले श्रीलङ्काको नवौं राष्ट्रपतिको निर्वाचनमा ऐतिहासिक जित हासिल गरेकोमा अनुरा कुमारा दिसानायकेलाई बधाई दिनुभएको छ । अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत राष्ट्रपति दिसानायकेसहित उहाँले नेतृत्वको गरेको गठबन्धन नेशनल पिपुल्स पावर र उहाँको दल जेभीपीलाई बधाई दिनुभएको हो । अध्यक्ष प्रचण्डले भन्नुभएको छ– ‘भ्रष्टाचार, आर्थिक संकट र भूराजनीतिक तनावको सही समाधानको रूपमा मार्क्सवादी नेता चयन गर्ने श्रीलंकाली जनतालाई म सलाम गर्छु । उहाँको कार्यकालमा नेपाल र श्रीलंकाबीचको सम्बन्ध थप सुमधुर… पुरा पढौ

चलचित्र ‘एक्टर: टेक वन’ का तीन पोस्टर एकसाथ सार्वजनिक

काठमाडौं। आगामी कार्तिक १५ (लक्ष्मी पूजा) मा रिलिज हुन लागेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का तीन नयाँ पोस्टरहरू एकसाथ सार्वजनिक गरिएको छ। निर्माता थमन कुमार भण्डारीका अनुसार यि पोस्टरहरू आगामी प्रचार-प्रसारका लागि प्रयोग गरिनेछन्। पोस्टरहरू रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमले डिजाइन गरेका हुन्। पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरू सुपरस्टार प्रदिप खड्का, अभिनेत्री आना शर्मा, र दिव्या रायमाझीलाई प्रस्तुत गरिएको छ। एक पोस्टरमा प्रदिप खड्कालाई आना र दिव्याको बीचमा राखिएको छ भने अन्य दुई पोस्टरमा अभिनेत्रीहरू आना र दिव्यालाई प्रदिपसँग… पुरा पढौ

चलचित्र ‘ मिसिङ : केटी हराएको सूचना’को पहिलो गीत सार्वजनिक

काठमाडौं । पोस्टप्रोडक्सनमा रहेको चलचित्र ‘ मिसिङ : केटी हराएको सूचना’को पहिलो गीत सार्वजनिक भएको छ । ‘हेर्दै जाउँ..’ बोलको गीत निर्माणपक्षले आइतबार आज म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो । गीतमा रोहित जोन क्षेत्री र शितुसित बस्नेतको स्वर रहेको छ । शब्द तथा संगीत दीपेन्द्र गौचनको छ । गीतमा संजोगले अचानक भएको भेट, बेठेगान र बेहिसाब जिन्दगी कता जान्छ भन्ने निश्चित नरहेको एक युवक र युवतीको कथा भन्छ । जिन्दगीको यात्राका क्रममा भेटिएका युवा–युवतीलाई जिन्दगीको गन्तब्य नै निश्चित… पुरा पढौ