
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको ‘आठौं संस्करणको राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिताकाे उपाधि राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान बागलुङले हात पारेकाे छ ।
प्रतियाेगितामा देशै भरी बाट कुल ४२ दाेहाेरी प्रतियाेगि समुहहरूकाे सहभागिता रहेकाे थियाे । निकै कडा प्रतिस्पर्धाका साथ राति अबेर सम्म चलिरहेकाे प्रतियाेगितामा प्रतिष्ठान बागलुङ संग लाेक दाेहाेरी गीत प्रतिष्ठान म्याग्दी पराजित बनेकाे थियाे।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल द्वारा फागुन
१७ गते देखी २० गते सम्म ८ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता भरतपुर महानगरपालिका १० बिरेन्द्र क्याम्पस डिग्री कलेज ग्राउन्डमा संचालन भएकाे थियाे।
प्रतियाेगिताकाे भरतपुर महानगरपालीकाका मेयर रेणु दाहालले उद्वघाटन गर्नु भएकाे थियाे ।बागलुङ प्रतिष्ठानकाे प्रतिनिधित्व गर्दे सहभागी गायक सुमन खड्का र गायिका तारा थापाले लोक दोहोरीतर्फको राष्ट्रिय रनिङ शिल्डसँगै तीन लाख रुपैयाँ, पदक र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यस्तै म्याग्दी प्रतिष्ठानबाट सहभागी गायक निशान्त बिक र सपना रोकाको जोडी द्वितीय स्थान हासिल गर्दे नगद दुई लाख, ट्रफी, पदक प्राप्त गरेका छन् ।
प्रतिष्ठानका अध्यक्ष रीता थापा मगरको अध्यक्षतामा भएको कार्यक्रमको समापन तथा पुरस्कार वितरण समारोहमा विजयी तथा उत्कृष्टहरूलाई भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल लगायतले पुरस्कार प्रदान गर्नु भएकाे थियाे ।













