समाचार

चुरे संरक्षणमा सङ्घीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकारवाला निकायको सहकार्य अपरिहार्य

सिरहा, २ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुरे क्षेत्रको संरक्षणमा सङ्घीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकारवाला निकायको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य रहने बताउनुभएको छ । दशौँ चुरे संरक्षण दिवसको सन्दर्भमा आज आयोजित बृहत् वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तराई मधेशका बहुसङ्ख्यक जनताको जीवनरेखासँग जोडिएको चुरे क्षेत्र बहुपक्षीय र बहुसरोकारको विषय भएको बताउनुभयो । “चुरे क्षेत्रको संरक्षणमा सङ्घीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकारवाला निकायको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य छ,” प्रधानमन्त्रीले भन्नुभयो, “तराई मधेशका… पुरा पढौ

शहीद रीतबहादुर खड्काकाे स्मृति दिवस

काठमाडौँ, २ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रीतबहादुर खड्का क्रान्तिकारी र गतिशील नेता भएको र उहाँ क्रान्तिकारीहरूको प्रेरणाको स्रोत भएको बताउनुभएको छ । शहीद रीतबहादुर खड्काको स्मृति दिवसका अवसरमा आज नेकपा (माओवादी केन्द्र) पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डले छोटो समयमा राम्रो प्रगति गर्नुभएको बताउनुभयो । “रीतबहादुर खड्का क्रान्तिकारी र गतिशील नेता हुनुहुन्थ्यो, उहाँले छोटो समयमा राम्रो प्रगति गर्नुभएको थियो,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “उहाँ सम्भावनायुक्त नेता हुनुहुन्थ्यो, हरेक जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नुहुन्थ्यो ।… पुरा पढौ

दरबार राेधि कल्बकाे संस्कृति मन्त्री तामाङबाट उद्वघाटन

काठमाडौं /दरबार रोधी क्लब को १६ औ वार्शिक उत्सब राजधानिकाे मायालु कम्प्लेक्समा एक कार्यक्रमकाे बिच शुरू भएकाे छ । पर्यटन तथा संस्कृति मन्त्री हित बहादुर तामाङले उद्वघाटन गर्नु भएकाे कार्यक्रम असार २ गते सम्म बिबिध सांगितिक कार्यक्रमकाे साथमा समापन हुद‌ैछ । दरबारमार्गमा रहेको यो रोधीले आफ्नो बार्षिकाेत्सबकाे अवसरमा विभिन्न श्रष्टाहरू तथा संचारकर्मि लाई सम्मानित गरेकाे छ । दरबार रोधी क्लबले वरिष्ठ लोक गायक कुमार बस्नेतलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेकाे छ । लोकदोहोरी गायनमै योगदानको उच्च कदर गर्दै लोक गायक… पुरा पढौ

एमाले बागलुङको १० वटा स्थानीय तहकाे अधिवेशन सम्पन्न

बागलुङ / नेपाल कम्युनिस्ट पार्टी एमाले बागलुङको १०आ‌ैं जिल्ला अधिवेशन पश्चात केन्द्रीय निति र सर्कुल अनुसार १०वटा स्थानीय तहमा अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेको छ ।बागलुङ जिल्लाकाे ४ वटा नगरपालिका र ६ वटा गाउँ पालिकामा अधिवेशन गरेर नेतृत्व चयन गरेको एमाले जिल्ला अध्यक्ष हिरा बहादुर केसीले बताए । बागलुङ नगरपालिका नगर अध्यक्षमा रामकृष्ण शर्मा ,उपाध्यक्ष रूद्र बहादुर केसी ,सचिव ध्रुव श्रेष्ठ ,उपसचिव अगन बहादुर खड्का उपसचिव सीता थापा र सदस्यहरूमा ६३ जना निर्वाचित भएका छन् । बागलुङ जैमुनी नगरपालिका… पुरा पढौ

फिल्म कङ्गारूमा जितु नेपाल अनुबन्धित

काठमाडौं / फिल्म ‘कङ्गारु’मा कलाकार जितु नेपाल अनुबन्धित भएका छन्। सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको फिल्मका लागि निर्माण पक्षले  शुक्रबार जितुसँग कागजी सम्झौता गरेको हो । यो फिल्ममा यस अघि कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र अर्पण थापा अनुबन्धित भइसकेका छन् । राजिभ गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुने  फिल्मको मुख्य भूमिकामा जितुको प्रवेशसँगै कलाकारहरुको लानअप बलियो बन्दै गएको छ । जितुले यो फिल्ममा काम गर्ने सम्झौता गर्दा आफू निकै उत्साही भएको  बताएका छन् । उनले भने, ‘फिल्म ज्वाइँ साबको… पुरा पढौ

बागलुङमा आर्थिक ऐन २०८१ तथा कर शिक्षा सम्वन्धी अन्तरक्रिया सम्पन्न

बागलुङ / बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा आर्थिक ऐन २०८१ तथा करका वर्तमान प्रावधानहरुको बारेमा अन्तरक्रिया तथा कर शिक्षा कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक राजश्व कार्यालय बागलुङको समन्वयमा वर्तमान कर व्यवस्था तथा आर्थिक ऐन २०८१ मा भएका छुटसुविधाहरुको बारेमा जानकारी दिने उदेश्यले करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा आन्तरिक राजस्व कार्यालय बागलुङमा प्रमुख कर अधिकृत प्रमोद कुमार श्रीवास्तवले कारोबारको लेखा कसरी राख्ने, बिल, बिजक कसरी जारी गर्ने, कति कारोबार हुनेले कस्तो विवरण पेस गर्ने, विवरण तथा कर… पुरा पढौ

बागलुङमा ६ जना जेष्ठ नागरिक सम्मानीत

बागलुङ ,जेठ ३२ /बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरूले सामाजिक शिक्षा बिषयक पुस्तक लाई मात्रै अध्ययनकाे बिषय नबनाई त्यसलाई ब्यवहारमा उतार्न शुरूवात गरेका छन् । यतिबेला समाजमा रहेका जेष्ठ नागरिकहरू एकपछि अर्को गर्दै परिवार बाट अलग हुदै गइरहेको समयमा बागलुङको कालीगण्डकी आवाशीय माध्यमिक बिद्यालयमा अध्ययनरतबिद्यार्थीहरूले बिद्यालयमा एक कार्यक्रम गरि यसबर्ष ६ जना जेष्ठ नागरिक लाइ सम्मान गरेको हाे । जेष्ठ नागरिक सम्मान हाम्रो पहिचान भन्ने नारासाथहरेक झै यस बर्ष पनि कक्षा १० मा अध्ययनरत बिद्यार्थीहरूले बागलुङका समाजसेवी तथा जेष्ठ नागरिकजब्बर बहादुर लामिछाने… पुरा पढौ

माआ‌‌ेवादी पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्ने मनोनयन प्रणाली अन्त्य गर्ने

काठमाडौँ, ३२ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा(माओवादी केन्द्र) को विधान अधिवेशनबाट प्रत्यक्ष निर्वाचन गर्ने निर्णय भएकाले आगामी दिनमा पार्टीभित्र प्रत्यसक्ष निर्वाचन गर्ने र मनोनयन प्रथा अन्त्य गरिने बताउनुभएको छ । अनेरास्ववियू (क्रान्तिकारी)को चौथो पूर्ण बैठकलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डले पार्टीका सबै निकायमा निर्वाचन प्रणाली लागु गरिने बताउनुभयो । “विधान अधिवेशनबाट पार्टीमा प्रत्यक्ष निर्वाचन गर्ने निर्णय गरिएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “मनोनयन गर्ने प्रथा अब रहँदैन, विद्यार्थीमा पनि प्रत्यक्ष निर्वाचन हुन्छ ।” उहाँले नेपालका… पुरा पढौ

दीर्घकालीन विद्युत व्यापार सम्झौता कार्यान्वयन हुँदै

हेटौंडा, ३२ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीचको दीर्घकालीन विद्युत व्यापार सम्झौता कार्यान्वयनमा महत्त्वपूर्ण उपलब्धी हासिल हुने विश्वास व्यक्त गर्नुभएको छ । हेटौंडा सबस्टेसन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा भएको दीर्घकालिन विद्युत् व्यापारको प्रारम्भिक सहमति र त्यसपछि भएको अन्तिम सम्झौताले नेपालमा रहेको अपार जलविद्युतको सम्भावनालाई विकास गर्न बजार सुनिश्चित गरेको उल्लेख गर्नुभयो । “केही दिनअघि भारतीय समकक्षी नरेन्द्र मोदीजीको सपथ ग्रहण कार्यक्रममा जाँदा भएको भेटमा विगतमा गरिएका द्विपक्षीय सम्झौताहरूलाई अझै सशक्त रूपमा कार्यान्वयन गर्ने… पुरा पढौ

प्रधानमन्त्रीद्वारा ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन

हेटौंडा, ३२ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन गर्नुभएको छ । नेपाल विद्युत प्राधिकरणले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा प्रधानन्त्रीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा ४०० केभी निर्मित सो सबस्टेसन उद्घाटन गर्नुभएको हो । ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटौंडा सबस्टेसन निर्माण सम्पन्न गरी गत शुक्रबारदेखि सञ्चालन (चार्ज)मा ल्याइएको छ । यसैगरी, नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थानाभर्‍याङमानै २२० र १३२/११ केभी क्षमताका सबस्टेसन निर्माण… पुरा पढौ