समाचार

क्यान्सरका बिरामीलाई आर्थिक सहायताकाे लागि सम्झौता

पाेखरा /क्यान्सरका विरामीहरूका लागि आर्थिक सहायता प्रदान गर्ने गरी गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र निजामती कर्मचारी अस्पताल, मिनभवन, काठमाडौ बीच जेठ ३० गते सम्झौता सम्पन्न भएको छ । प्रदेश सरकारका तर्फबाट सचिव डा. विनोद विन्दु शर्मा र निजामती कर्मचारी अस्पतालका तर्फबाट कार्यकारी निर्देशक डा. विधान निधि पौडेलले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हाे । गण्डकी प्रदेशका क्यान्सर बिरामीहरूले सम्झौता गरिएका सरकारी अस्पतालहरूमा उपचार गराउँदाका बखत संघीय सरकारबाट उपलब्ध हुने रू. एक लाख बराबरको आर्थिक सहायताका अलावा… पुरा पढौ

स्वास्थ विमा दर्ता सहयोगीले आन्दोलन गर्ने

बागलुङ / बागलुङ जिल्लामा स्वास्थ बिमा सहयोगीकाे रूपमा काम गर्दै आएका विमा दर्ता सहयोगीहरूले आफ्नो बिभिन्न माग राखि २५ प्रतिशत प्राेत्साहन रकम उपलब्ध गराउन ध्यानाकर्षण पत्र बुझाएको छ । स्वास्थ विमा दर्ता संघर्ष समितिकाे नामबाट नेपाल सरकार स्वास्थ वीमा बाेर्ड केन्द्रीय कार्यालय बबरमहल काठमाडौंकाेनाममा आफ्नो माग बुझाइ अहिलेसम्म १० प्रतिशत प्राेत्साहन रकम पाउदै आएकोमा यहीँ आउदो भदौ देखि लागु हुने गरि २५ प्रतिशत प्राेत्साहन रकम उपलब्ध नगराएमा मुलुकभरका दर्ता सहयोगीहरू आन्दोलनमा उत्रिन बाध्य हुने दर्ता सहयोगी सुमन बास्काेटाले बताए ।… पुरा पढौ

रूग्ण उद्योगहरू पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गर्न जरुरी

जेठ ३१, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विगतमा सरकारी स्वामित्वमा रहेका रूग्ण उद्योगहरू पुनःसञ्चालनको सम्भाव्यताबारे व्यवस्थित अध्ययन गर्नुपर्ने बताउनुभएको छ। बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। छलफलमा प्रधानमन्त्रीले विगतमा उदारीकरणका नाममा राष्ट्रिय उद्योगहरू धरासायी भएको बताउँदै ती उद्योगहरू पुनःसञ्चालन गर्न सकिने सम्भाव्यताका लागि व्यवस्थित अध्ययन जरूरी भएकोमा जोड दिनुभएको हो। छलफलमा प्रधानमन्त्रीले भन्नुभयो, “विगतमा राष्ट्रिय उद्योगहरू चलाउनुपर्छ भन्ने जनअभिमत छ। ती उद्योगमध्ये केही उद्योगहरू पुनःसञ्चालन गर्न सकिने सम्भावना पनि छ। हामीले नीति… पुरा पढौ

अवैध औषधी बेच्ने बागलुङका तीन वटा मेडिकल बन्द

बागलुङ /जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने औषधी बेचबिखन गर्ने बागलुङ बजारका तीन वटा मेडिकल बन्द गरिएको छ । बागलुङ गरपालिका–२ क्याम्पस चोकको धौलाश्री मेडिकल, बालमन्दिर चोकको लेखानी मेडिकल हल र केसी मेडिकल हल बन्द गरेको हो । गत बैशाख ६ गते औषधी व्यवस्था विभाग काठमाडौँ, जिल्ला प्रशासन कार्यालय बागलुङले गरेको अनुमनको क्रममा फार्मेसी विभागमा दर्ता नभएको औषधी बेच्ने गरेको फेला परेको थियो । औषधी व्यवस्था विभाग काठमाडौँको निर्णय अनुसार ति मेडिकल ७ दिनको लागि निलम्वन गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङका नायब… पुरा पढौ

राष्ट्रिय परिचय अनिवार्य भनेपछि जिल्ला प्रशासनमा जेष्ठ नागरिककाे भिड

बागलुङ ,जेठ ३१ /स्थानीय तह मार्फत सामाजिक सुरक्षा भत्ता पाइरहेका जेष्ठ नागरिक लाइ अबदेखि सामाजिक सुरक्षा भत्ताको लागी अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र चाहिने स्थानीय तहको सर्कुलपछि जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीकाे घुइँचो लागेको छ । सरकारले पहिलो चरणमा झापा, माेरङ ,सुनसरी उदयपुर ,काठमाडौ ,भक्तपुर ,ललितपुर ,चितवन ,कास्की लगायत २८ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेकाे भएपनि बागलुङका सबै स्थानीय तह वडा कार्यालयले सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य भनेपछि यसको फारम भर्ने प्रशासन कार्यालयमा आउदा भिडभाड बढेको जिल्ला प्रशासन कार्यालयले जनाएको… पुरा पढौ

बागलुङ बलेवा मुसुराबारीका आमा समूह शुभकार्यका सामानहरू जुटाउने अभियानमा सक्रिय

बागलुङ / महिला दिदी बहिनिहरू काे सक्रियतामा २०८० सालमा बागलुङ नगरपालिका १३ पैयुपाटा स्थित मुसुरावारीमा दिदीबहिनी हरु मिलेर बनेको विशुद्ध मुसुराबारी नव-निर्मित आमा समुहले गाउँ समाज धर्मशाला बाटाेघाटाे लगायत समुदायका सामाजिक कार्यहरु गर्दै आइरहेकाे छ । समाजले समाज र समुदाय मा हुने शुभ कार्य देखि अन्य विविध सामुहिक भोज भतेरमा आवश्यक पर्ने भाँडाकुँडा,कुर्सी,टेबुल लगायतका अन्य सामान खरिद का लागि फेसबुक पेज मार्फत नै सहयाेग अभियान थालेकाे छ । गाउघरमा हुने शुभकार्यमा आवश्यक पर्ने भाडा वर्तन जिल्ला सदरमुकामबाट महंगो भाडा तिरेर… पुरा पढौ

नेपाल कम्युनिस्ट पार्टी एमाले काठमाडौंकाे साताैं अधिवेशन बाट दीपक निराैला निर्वाचित

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी ( एमाले) काठमाडौं साताै औ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।नेपाल एमाले काठमाडौंको अध्यक्षमा पुनः दीपक निरौला निर्वाचित भएका हुन् ।एमाले काठमाडौं जिल्ला कमिटीको सातौं जिल्ला अधिवेशन अन्तर्गत मंगलबार भएको मतदानमा निरौला ३ सय ७० मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उहाँका प्रतिस्पर्धि  निर्मल देउलाले १ सय ९१ मत पाउनुभएको निर्वाचन समितिले जनाएको छ । जिल्ला कमिटीको उपाध्यक्षमा विश्वराम सापकोटा र सचिवमा राजेश शाक्य निर्वाचित भएका छन् । उपसचिवमा उद्धव भण्डारी निर्वाचित भए भने… पुरा पढौ

मालिका माध्यमिक बिद्यालयमा बिपद ब्यवस्थापन तालिम

बागलुङ /मालिका सेवा समाज बागलुङको आयोजनामा बिपद ब्यबस्थापन सम्बन्धी सचेतिकरण कार्यक्रम सम्पन्न भएको छ । विपद बाजा बजाएर आउदैन समयमै सचेत बनाै भन्ने नारासाथ मालिका माध्यमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थी लगायत स्थानीय सराेकारवालालाई बिपद ब्यवस्थापन सम्बन्धि सचेतिकरण गराइयो ।अहिले नेपालमा मनसुन भित्रन लागेको यसले ठूलो धनजनको क्षति पुर्‍याउने कुरा संचार माध्यममा आइरहेको बेला अहिले गरिएको सचेतना मुलक कार्यक्रमले तत्काल हुने बिपद लाइ न्युनिकरण गर्न सकिने धारणा कार्यक्रममा राखिएको थियो । बागलुङ नगरपालिका वडा नम्बर ५ का विद्यार्थी शिक्षक , जनप्रतिनिधि ,सामाजिक… पुरा पढौ

हस्, भइहाल्छ भन्ने होइन, कार्यसम्पादनस्तर र व्यवहारमा रूपान्तरण आवश्यक आजको आवश्यकता

काठमाडौँ, ३० जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षदेखि सबै राष्ट्रसेवकहरूको नतिजासूचक सहितको कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीको विकास गरी कार्यान्यवन गर्न निर्देशन दिनुभएको छ । सिंहदरबारमा आज आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) बैठकमा प्रधानमन्त्री प्रचण्डले सबैको कार्यसम्पादनस्तर र व्यवहारमा समेत रूपान्तरण आवश्यक भएको बताउनुभयो । “प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गहन भूमिकालाई मध्यनजर गरी इमान्दारीता र कार्यकुशलतापूर्वक कार्यसम्पादनमा जुट्न सबैमा आव्हान गर्दछु,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यस कार्यालयलाई शासकीय मामिलाको… पुरा पढौ

नेपाल र श्रीलंकाबीचको खेल पानीको कारण रद्द

३० जेठ – आईसीसी टी२० विश्वकप २०२४ मा नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको छ ।खेल रद्द भए सँगै दुबै टोलीले १-१ अंक बाँडेका छन् । मंगलबार राती देखिनै लगातार भारी वर्षा भएपछि टस पनि हुन नसकी खेल रद्द भएको हो । नेपाल र श्रीलंका दुबै खेलाडीले समर्थकलाई धन्यावाद दिएका छन् । नेपाली समर्थकको रंगशालामा बाक्लो उपस्थीति थियो । आईसीसीको नियम अनुसार सेमिफाइनल र फाइनलको मात्रै रिजरभ डे राखिएको छ । त्यसैले आज खेल हुन नसक्ने अवस्थापछि दुबै… पुरा पढौ