समाचार

बागलुङ शान्तिपुर जाेड्ने सडककाे काम छिटो शुुरू गर्न गण्डकी प्रदेशका मन्त्री राजधानीमा

काठमाडौ / बागलुङ अदालत चौतारी देखि तित्याङ,भकुण्डे,रायडांडा हुदै शान्तिपुर जाेड्ने एडिबि अन्तर्गतको आरसिआइपि परियोजनाको मोटरबाटोको टेन्डर भइसकेर पनि काम अगाडि बढ्न सकेको छैन । साे रणनैतिकाे सडक टेन्डर भएपनि ठेक्दार कम्पनिसंग सम्झौतामा ढिलाई भएको भन्दै आरसिआइपि कार्यालयका डिजी प्रेमदत्त भट्ट र सिनियर डि.इ.सागर नेपालसंग गण्डकी प्रदेश सरकारका माननीय उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले जानकारी लिनुभएकाे थियो । गण्डकी प्रदेशका मन्त्री थापाले राजधानीमा आएर आफ्नो जिल्लाकाे विकास निर्माणमा चासो राखेपछि सडककाे काम समयमै शुरूवात हुने विश्वास गरिएको छ ।… पुरा पढौ

अगस्त्य च्याप्टर १’को सार्वजनिक ट्रेलरले चौतर्फी तारिफ

काठमाडौं / आगामी फागुनको १८ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’को सार्वजनिक ट्रेलरले चौतर्फी तारिफ पाएको छ । फस्टलुक र टिजर सार्वजनिक भएदेखि नै चासोको विषय बनेको यो फिल्मले ट्रेलर रिलिज भएपछि हाइप झनै उच्च भएको छ । फस्टलुक, टिजर हुँदै ट्रेलरबाट मिलेको सर्वत्र तारिफ र सकारात्मक प्रतिक्रियाबाट निर्माण पक्ष थप उत्साहित बनेको छ । यस फिल्मकालागि कलाकार सौगात मल्ल र नाजिर हुसेनले गरेको मिहिनेतको सर्वत्र प्रशंसा भइरहेको छ । यो फिल्मका लागि सौगातले आफ्नो तौल २०… पुरा पढौ

आरति साहको मृत्यु प्रकरण बारे प्रधानमन्त्री संग परिवारकाे भेटघाट

काठमाडौं / आरती साह मृत्यु प्रकरणका परिवारले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सग बालुवाटारमा भेटबार्ता गरेका छन् । भेट्बार्तामा दोसिलाइ कारबाही गर्ने र न्याय दिलाउने प्रतिबद्धता समेत प्रधानमन्त्रीले जनाएका छन । दाइजोको निहुँमा दुलहा पक्षको परिवार मिलेर आफ्नी छोरी आरती साहको हत्या गरेको भन्दै घटनाको निष्पक्ष छानबिन माग गर्दै राजधानीमा रिले अनशन बसिरहेका छन् । माइतिघरमा ०८० असार १ गतेदेखि रिले अनशन बसिरहेका आरतीका बुबा विनोदप्रसाद, काका, दाजु, भाइ र मामा लगायतले आफ्ना लागि न्याय मरिसकेको र सरकार नभएको आभास… पुरा पढौ

विश्वमा देखिएका जातीय तनाव र आतङ्कवादबाट शान्ति सैनिकले खतराको समाना गर्नुपरेको छ : प्रधानमन्त्री

काठमाडौँ, ८ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान विश्व देखिएका जातीय तनाव र आतङ्कवादका विभिन्न कारकहरूबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ सैनिकहरूले खतराको सामना गर्नुपरेको बताउनुभएको छ । ‘चौथो शान्ति प्रयास’ अभ्यासको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले वहुस्तरीय प्रकृतिका द्वन्द्वका विषमा हामीहरू सचेत हुनुपर्ने बताउनुभयो । शान्ति स्थापना कार्यहरू जटिल राजनीतिक–सैन्य–मानवीय प्रयासका रूपमा विकसित भएको उल्लेख गदै उहाँले शान्ति सैनिकले अझ धेरै बुझ्नुपर्ने र तयारी गर्नुपर्ने अवस्था आएको बताउनुभयो । “संयुक्त राष्ट्रको शान्ति स्थापना कार्यको विश्वास… पुरा पढौ

चित्रबहादुर बुढाथोकी त्रिभुवन बिश्वबिद्धालयकाे उपकुलपति

काठमाडौ / त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले तीनजनाको नाम सिफारिस गरेकोमा छ त्रिभुवन विश्वविद्यालय ऐन बमोजिम रिक्त रहेको उपकुलपति पदमा नियुक्तिका लागि प्रा.डा. चित्रबहादुर बुढाथोकी नियुक्त भएका छन् । ३ जना प्रतिस्पर्धामा रहेकोमा बुढाथोकी उपकुलपतिमा नियुक्त भएका हुन् । प्रा.डा. केशरजंग बराल र प्रा.डा. टंकनाथ धमलालाई सिफारिस गरिएको थियोे । प्रस्तुतीकरण र अन्तर्वार्ताको मूल्यांकनका आधारमा सिफारिस समितिले बढी अंक प्राप्त गर्ने ३ जना बुढाथोकी, बराल र धमलाको नाम उपकुलपतिमा नियुक्तिका लागि प्रधानमन्त्री तथा त्रिविका कुलपति… पुरा पढौ

फागुन ९ गतेदेखि २३ गतेसम्म हुन अनन्तश्री ब्रम्हाण्डीय महायज्ञको तयारी अन्तिम चरणमा

बागलुङ । बागलुङ पञ्चकोटमा हुने अनन्तश्री ब्रम्हाण्डीय महायज्ञको तयारी अन्तिम चरणमा पु¥याइएको छ । बागलुङको पन्चकाेटमा पत्रकार सम्मेलन गरेर महायज्ञको तयारी बारे जानकारी दिइयो । महायज्ञमा २१ हजार ५ सय ५५ क्विन्टल धान्यान्चल समेत गरिने छ । त्यस बाहेक यहाँ ९ गतेदेखि २३ गतेसम्म हरेक दिन विभिन्न कार्यक्रम र सम्मेलन समेत गरिने महायज्ञ आयाेजक समितिले जनाएको छ । महायज्ञ संचालन हुने हरेक दिन फरक फरक कार्यक्रम समेत संचालन हुनेछन् । पहिलो दिन फागुन ९ गने जल, उर्जा, विकास तथा वातावरण… पुरा पढौ

जिसी परिवारलाई १ लाख सहयोग प्रदान

बागलुङ /पाल्पामा भएको सवारी दुर्घटनामा परेको जिसी परिवारलाई प्रवासमा रहेका युवाहरूको समुहले सहयोग रकम हस्तान्तरण गरेको छ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका-५ दाँगमा जन्मिएर रोजगारी तथा अध्ययनको शिलशिलामा जापानमा रहेका युवाहरूको एकतामा गठित श्री थानापाति दाँग जापान सम्पर्क समितिले जिसी परिवारलाई १ लाख राहत रकम सहयोग गरेको हो । फाल्गुन १ गते पाल्पाको तिनाउ गाउँपालिकामा भएको जिप दुर्घटनामा परि जिसी परिवारका १ जनाको मृत्यु भएको हो भने २ छोराहरू घाइते भएका छन । दुर्घटनामा बागलुङको जिल्लाको बडिगाड गाउँपालिका-५ दाँग स्थायी… पुरा पढौ

बागलुङ सदरमुकाममा ‘सेभेन स्टेट फूड मार्ट’ सञ्चालनमा

बागलुङ /गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङमा ‘सेभेन स्टेट फूड मार्ट’ रेष्टुरेण्ट सञ्चालनमा आएको छ । यसभन्दा पहिले पोखराका विभिन्न ७ ठाउँमा ‘सेभेन स्टेट’ले सेवा संचालन गरेको थियो । पानी पुरी र चटपट रेष्टुरेण्टको मुख्य विशेषता रहेको छ भने नेपालमै पहिलो पटक मेसिनको माध्यमबाट पानी पुरीको स्वाद ग्राहकले लिन पाउँनेछन् । रेष्टुरेण्टको उद्घाटन बाग्लुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कंडेलले गरेका थिए ।कंडेलले युवाहरु बिदेश जाने लहर चलिरहेका बेला रेस्टुरेन्ट संचालन गरि नेपालमै ब्यवसाय सुरु गरेकोमा प्रसंशा गरेका थिए… पुरा पढौ

देशभित्रै सम्भव छ’ भन्ने भाष्य निर्माण गरौँः प्रधानमन्त्री

फागुन ७, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक जनशक्तिको पलायनलाई रोक्न देशभित्रै सम्भव छ भन्ने सकारात्मक भाष्यको निर्माण गर्न जरूरी रहेको बताउनुभएको छ। सोमबार दिउँसो समाजवादी मोर्चासम्वद्ध समाजवादी मञ्चले आयोजना गरेको शैक्षिक अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। कार्यक्रममा प्रधानमन्त्रीले बौद्धिक पलायनलाई रोक्न विश्वबजारमा प्रतिस्पर्धी र गुणस्तरीय जनशक्ति उत्पादन गर्ने कार्यभारलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, ‘‘आजको हाम्रो प्रमुख बहस भयावह रूपमा देखापरेको बौद्धिक पलायनलाई रोक्न विश्वबजारमा प्रतिस्पर्धी र गुणस्तरीय जनशक्ति उत्पादन गर्नु हो। त्यसका निम्ति… पुरा पढौ

विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुन्छ : प्रधानमन्त्री

फागुन ७, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विचाराधीन अवस्थामा रहेको विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुने बताउनुभएको छ। सोमबार दिउँसो समाजवादी शैक्षिक मञ्चले काठमाडौँमा आयोजना गरेको ‘नेपालको शैक्षिक आन्दोलन र विद्यालय शिक्षा विधेयक’ विषयक कार्यशालामा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। कार्यक्रममा प्रधानमन्त्रीले संसदमा विचाराधीन विधेयकबारे गठबन्धन दल र प्रतिपक्षीसँग समेत छलफल गरिएको जानकारी गराउँदै संसदमा दर्ता भएका संशोधन प्रस्तावहरूका आधारमा विधेयक संशोधन हुने बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, ‘‘विधेयक संसदमा विचाराधीन रहेका कारण शिक्षक–कर्मचारीहरू, शैक्षिक क्षेत्रका ट्रेड यूनियनहरू, शिक्षाविद्,… पुरा पढौ