
काठमाडौ ,जेठ २७/जनतालाई स्वास्थ सेवा सहजरूपमा दिने उदेश्यका साथ लागु गरिएको स्वास्थ वीमा कार्यक्रम बापत दर्ता सहयोगी बाट कर बापतकाे रकम कम असुली गरेको भन्दै महालेखा परीक्षक कार्यालयले स्वास्थ्य वीमा वाेर्डकाे २०७९/२०८० काे लेखापरीक्षण गर्दा ३ अरब ७५ करोड ४२ लाख ९ सय १७ रूपैयाँ बेरुजु देखाएको छ ।
बेरुजुकाे दफा नम्बर ३ मा उल्लेख भएको दर्ता सहयोगी लाई भुक्तानी हुने प्राेत्साहन रकममा आयकर ऐन २०५८ काे नियम ८८ काे उपनियम १ मा रहेको ब्यवस्था बमोजिम बासिन्दा ब्यक्तिले नेपालमा स्राेत भएको ब्याज सेवा शुल्क
प्राकृति स्राेत भाडा राेयल्टी कमिसन भुक्तानी गर्दा कुल भुक्तानी रकमको १५ प्रतिशतकाे दरले आयकर कट्टा गर्नुपर्नेमा १ प्रतिशतका दरले कर कट्टा गरि घटि असुल भएको रकम ३ अरब ७५ करोड ४२ लाख ९ सय १७ रूपैयाँ बेरुजु आैल्याइएकाे हुदा साे घटि रकम सम्बन्धित ब्यक्तिहरूबाट असुल उपर गरि दाखिला गर्न श्री स्वास्थ वाेर्ड जिल्ला सम्पर्क शाखा कार्यालय सबैलाई स्वास्थ्य वीमा वाेर्डका लेखा अधिकृत रामहरि तिमिल्सिनाले परिपत्र जारी गरेको छ ।
२०७९/०८० काे महालेखा परीक्षककाे अन्तिम लेखा परिक्षण प्रतिवेदनमा आेैल्याए बमाेजिम हुने र नेपाल सरकार बाट अन्यथा निर्णय भइ आएको खण्डमा साेही बमोजिम हुने भनेर लेखा अधिकृत तिमिल्सिनाले परिपत्र गरेका छन् ।
स्वास्थ्य वीमा वाेर्ड ,प्रदेश शाखा कार्यालय सबै मातहतका
कार्यालय कर्मचारी दर्ता सहयोगीलाइ जानकारी गराइ प्राेत्साहन सिट तयार गर्दा १५ प्रतिशत कर कट्टा हुने गरि तयार गर्न गराउन बाेधार्थ तथा कार्यार्थ गर्न गराउन अनुरोध गरेको छ । महालेखा परीक्षकको कार्यालयले गरेको बेरुजु बापतकाे ३ अरब भन्दा बढी रकम असुल गर्ने चुनाैतीकाे रूपमा रहेको छ ।
घर घरमा गएर जनतालाई स्वास्थ्य वीमा गराए बापत प्राेत्साहन स्वरूप पाउने १० प्रतिशत रकम कम भएको भनेर गुनासो गरिरहेकाे बेला यसमा सरकारले १५ प्रतिशत कर असुल गर्ने भन्ने परिपत्रले आफुहरूलाइ काम गर्न असहज महसुस भएको दर्ता सहयोगीहरूकाे गुनासो रहेको छ ।हामीले १५ प्रतिशत कर तिर्नुपर्ने भए हामीले दर्ता गराए बापत २५ प्रतिशत प्राेत्साहन रकम पाउनुपर्ने माग गरेका छन् ।
अहिले स्वास्थ्य वीमा वाेर्डले गरेको नयाँ निर्णयले स्वास्थ वीमाकाे दर्ता सहयोगीकाे काम गर्दै आएका सहयोगीहरू निस्क्रिय हुने देखिन्छ यसले स्वास्थ वीमाकाे लाभ लिइरहेका ब्यक्तिहरू सेवा बाट बन्चित हुने अवस्था आउने देखिन्छ यसतर्फ सम्बन्धित निकायकाे ध्यान जान जरुरी देखिन्छ ।













