समाचार

देवकुमार नेपाालीको सामान लैजान खोज्ने आफन्तलाईस्थानीयको अवरोध

बचतकर्ताको अरवौ रकम हिनामिना फरार ढोरपाटन नगरपालिका मेयर देवकुमार नोपलीको घरसायी सामान लैजादै गएको अवस्थामा स्थानीयले रोकेका छन् ।बुर्तिबाङ स्थित होटल दरबार र उनी बस्दै आएको घरको सामान शनिबार रातारात उठाएर लैजादै गर्दा नेपालीका आफन्तलाई स्थानीय सहकारी पीडितले अवरोध गरेका हुन् । नेपालीकै निर्देशनमा घरयासी सामान लान खोजिएको भन्दै स्थानीयले आक्रोस व्यक्त गरेका छन् । सहकारी बन्द गराएर फरार भएको शनिबार २३ दिन हुँदै गर्दा आफन्तले सामान निकाल्न खोजेपछि स्थानीयले रोकेका थिए । पीडित बचतकर्ताहरुले अरवै रकम ठगेर फरार नेपाली… पुरा पढौ

बागलुङमा सहकारीका संचालकहरुको क्षमता अभिबृद्धि तालिम

बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड बागलुङको आयोजना र बागलुङ नगरपालिकाको सहयोगमा सहकारीका संचालकहरुको क्षमता अभिबृद्धि तालिम सुरु भएको ।तालिमको उद्घाटन गर्दै बागलुङ नगरपालिका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले सहकारी संस्थाहरु आफ्नो उदेश्य र प्रकृतिअनुसार संचालन गर्नुपर्ने भन्दै सहकारीको मर्म अनुसार संचालन गरेमा लक्ष्य प्राप्त हुनुका साथै सहकारीको स्थायीत्व प्रप्त गर्ने बताउनु भयो । कार्यक्रममा नगर उपप्रमुख राजु खड्का, बागलुङ नगरपालिकाको सहकारी विभाग प्रमुख प्रेम प्रसाद शर्मा, जिल्ला सहकारी संघ लिमिटेड बागलुङका सचिव तेज प्रसाद शर्मा लगाएतले शुभकामना… पुरा पढौ

कहाँ लुकेर बसेका छन् ढाेरपाटनका मेयर देवकुमार नेपाली ?

इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको एक अरब भन्दा बढी रकम अबचलन गरेका ढाेरपाटन नगरपालिकाका नगर प्रमुख समेत रहेका देवकुमार नेपाली हराएको झण्डै एक महिना बित्न लाग्दा समेत उनको कुनै अत्तोपत्तो लागेको छैन । बागलुङ नगरपालिका ,ढाेरपाटन नगरपालिका गलकाेट नगरपालिकामा समेत सहकारीको सेवा केन्द्र संचालन गरि सर्वसाधारण लाई आकर्षक ब्याज दिने भनेर संकलन गरेको बचत कर्ताकाे अरबाै रूपैयाँ तरलता अभाव भएको भन्दै फिर्ता गर्न अनाकानी गर्दै आएका सहकारीका अध्यक्ष नेपाली रातारात प्रहरी प्रशासनकाे आँखा अगाडि बाट बेपत्ता हुदा… पुरा पढौ

बागलुङको बलेवामा खाद्य स्वच्छता तथा लागु औषध दुर्व्यसन सम्वन्धी जन सचेता कार्यक्रम सम्पन्न

बागलुङ नगरपालिका वडा नम्वर १४ नारायणस्थानमा विद्यार्थीहरुका लागि उपभोक्ता शिक्षा एवं खाद्य स्वच्छता तथा लागु औषध दुर्व्यसन सम्वन्धी जन सचेता कार्यक्रम सम्पन्न भएको छ ।राष्ट्रिय उपभोक्ता मञ्च बागलुङ आयोजना र बागलुङ नगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङको सहयोगमा कार्यक्रमम सम्पन्न भएको हो । कार्यक्रममा बागलुङ नगरपालिकाका नगर उप प्रमुख राजु खड्काले खाद्य शिक्षा र लागु औषध दुर्व्यसन सम्बन्धी सचेतना अभियान प्रभावकारी बनाउनु… पुरा पढौ

सिपमा आधारित आधारित चप्पल बनाउने तालिम प्रदान गर्दै बडिगाड गाउँपालिका

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाको आयोजनामा बडिगाड २ खर्बाङमा चप्पल बनाउने तालिम सुरु भएको छ । युवा स्वरोजगार कार्यक्रम अन्तर्गत सिपमा आधारित आधारित चप्पल बनाउने तालिम सुरु भएको हो । ५ दिनसम्म संचालन हुने तालिममा वडा नम्वर १, २ र ३ का १५ जना स्थानीयको सहभागिता रहेको छ । तालिम उद्घाटन गर्दै स्थानीयलाई बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले पालिकालाई चप्पलमा आत्मनिर्भर बनाउने सोचका साथ तालिम संचालन गरेको बताउनु भयो । सिपयुक्त तालिमको माध्यमबाट आर्थिक रुपले सबल बनाउने उद्देश्यले तालिम… पुरा पढौ

इमेज सहकारीका अध्यक्ष नेपालीको सम्पत्ति रोक्का प्रक्रिया सुरु

इमेज बचत तथा ऋण सहकारीका सस्थाका अध्यक्ष देवकुमार नेपालीको चल(अचल सम्पत्ति तथा बैङ्क खाता रोक्का प्रक्रिया सुरु भएको छ । सहकारीको अरबौं रुपैयाँ हिनामिना पारेर फरार रहेका ढोरपाटन नगरपालिका नगर प्रमुख समेत रहेका नेपालीको बुर्तिबाङ, बागलुङ, पोखरा तथा काठमाण्डौमा रहेको चल(अचल सम्पत्ति, सेयर तथा बैङ्क खाता रोक्काको प्रकृया सुरु भएको हो । अध्यक्ष नेपालीका नाममा रहेको घर जग्गा, सेयर तथा बैंक खाता रोक्का गर्न भूमि व्यवस्था विभाग, नेपाल राष्ट्र बैंक तथा धितो पत्र वोर्डमा पत्राचार गरिएको गण्डकी प्रदेश सहकारी विभागका रजिष्ट्रार… पुरा पढौ

सयुक्त नागरिक अभियानद्वारा भ्रष्टाचार विरुद्ध बागलुङ बजारमा प्रदर्शन

बागलुङ नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै बागलुङ बजारमा प्रदर्शन गरिएको छ ।भ्रष्टाचार विरुद्ध संयुक्त नागरिक अभियान बागलुङको आयोजनामा बागलुङ बजारमा प्रदर्शन गरिएको हो । बागलुङ नगरपालिका ३ बुद्धचोकदेखि सुरुभएको प्रदर्शन पेन्सन क्याम्पचोक, समिट चोक, ट्राफिक चोक, आवारोड, हल्लनचोक हुँदै लोकतान्त्रिक चोकमा आई विरोध सभामा परिणत भएको थियो । सो अवसरमा नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यलय मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाईएको छ । भ्रष्टाचार विरुद्ध संयुक्त नागरिक अभियान बागलुङका संयोजक एक बहादुर… पुरा पढौ

ट्राफिक सप्ताहको २०८० समापन

साताव्यापी रुपमा संचालन गरिएको ट्राफिक सप्ताह २०८० बागलुङमा समिक्षात्मक अन्र्तक्रिया सहित आईतबार सम्पन्न भएको छ ।सातदिनसम्म निरन्तर सडक सुरक्षा सम्बन्धी गतिबिधि सञ्चालनपछि ट्राफिक प्रहरीले सप्ताहव्यापी अभियानको औपचारिक समापन गरेको हो ।सप्ताहको अन्तिम दिन साताव्यापी कार्यक्रममा सहयोग पु¥याउने विभिन्न व्यक्ति तथा संघ संस्थालाई प्रशंसा पत्र वितरण गरिएको थियो ।सो अवसरमा बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले पछिल्लो समय बढ्दो सवारी चाँप संगै पार्किङ व्यवस्थापन मुख्य चुनौती रहेको बताउदै ट्राफिक व्यवस्थापन गरेर नगरलाई सभ्य बनाउने तयारी गरेको बताउनु भयो । बागलुङमा… पुरा पढौ

नेपाल नेत्रज्योती सघं बागलुङको १० औं जिल्ला सभा सम्पन्न

नेपाल नेत्रज्योती सघं बागलुङको १० औं जिल्ला सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै नेपाल नेत्रज्योती सघंका केन्द्रिय अध्यक्ष प्रा.डा. चेतराज पन्तले हरेक नागरिकको दृष्टि सम्बन्धी समस्या पहिचान गरि उपचार गर्ने दायित्व नेत्रज्योती संघ संग रहेको बताउनु भएको छ । पन्तले नेत्र ज्योती सघंले बिद्यमान चुनौतीको सामना गर्दै जनता लाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने बताउनुभयो ।कार्यक्रममा नेपाल नेत्रज्योती सघंका केन्द्रिय उपाध्यक्ष तथा गण्डकी प्रदेश सभापति प्राःडा. डिल बहादुर क्षेत्री, केन्द्रिय सचिव हरिप्रसाद पौडेल, बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ,… पुरा पढौ

ट्राफिक सप्ताहको छैठौं दिन बागलुङमा रक्तदान, चालकको स्वास्थ्य र सवारी मेकानिकाल परिक्षण

बागलुङमा जारी ट्राफिक सप्ताह अन्तरगत छैठौं दिन विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । ट्राफिक सप्ताहको छैठौ दिन शनिबार बिहान बागलुङमा रक्तदान गरिएको छ । नेपाल रेडक्रस सोसाईटी बागलुङको सहकार्यमा रक्तदान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख मिन बहादुर खड्काले जानकारी दिनुभयो । धौलागिरी अस्पताल अगाडी रक्तसंचार केन्द्रमा सुरक्षाकर्मी, रेडक्रसकर्मी लगायत उद्योगी व्यापारी गरी २६ जनाले रक्तदान गरेका थिए ।सो अवसरमा बोल्दै नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाका सभापति जगन्नाथ आचार्यले रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने महत्वपुर्ण माध्यम… पुरा पढौ