सरकार र आन्दोलनरत शिक्षकबीच सहमति
५ असोज, काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । शिक्षकहरूले उठाएका मागहरूलाई संसदीय सर्वोच्चतालाई मान्दै संसदबाटै पूरा गर्ने गरी सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले सहमतिसँगै शिक्षकहरुले आन्दोलन पनि फिर्ता लिने उनले बताइन् । सरकारले पेश गरेको सहमतिको प्रस्तावमै केन्द्रीत रहेर सहमति भएको पनि सरकारका प्रवक्ता समेत रहेकी शर्माले बताइन् । विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका केही व्यवस्थाहरु परिवर्तन गर्न संसदको सार्वभौमिकतालाई…
पुरा पढौ
शिक्षकहरुको आन्दोलनः विद्यालय बन्द, काठमाडौं अस्तव्यस्त
राजेशचन्द्र राजभण्डारीकाठमाडौं नेपाल सरकारले गत भदौ २७ गते संसद् सचिवालयमा दर्ता गराएको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रति शिक्षक र विद्यालय कर्मचारीहरुले विरोध जनाएका छन् । पाँच दशकपछि बल्लतल्ल ल्याइएको विद्यालय शिक्षासम्बन्धी विधेयकले आफूहरुको माग सम्बोधन नगरेको भन्दै शिक्षक र विद्यालय कर्मचारीहरुले आन्दोलन थालेपछि राजधानीकाे ट्राफिक ब्यवस्था अस्तब्यस्त बनेको छ । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले शिक्षा विधेयको विरोधमा देशभरका सामुदायिक बिद्यालय बन्द गरि बिद्यालयका शिक्षक र कर्मचारीहरू राजधानी केन्द्रीत आन्दोलनकाे लागि काठमाडौं माइतीघर मण्डलामा आएर बिराेध…
पुरा पढौ
शिक्षक आन्दोलनका कारण बानेश्वर ठप्प
राजेशचन्द्र राजभण्डारीकाठमाडौँ / शिक्षकहरूको आन्दोलनका कारण आजदेखि देशभरका ७० लाख भन्दा बढी विद्यार्थीहरूको पठनपाठन बन्द हुने भएको छ। विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ आएसँगै विद्यार्थीहरूको पठनपाठन प्रभावित हुने भएको हो। नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आएर दाेस्राे दिनपनि राजधानी केन्द्रीत आन्दोलन जारी राखेका छन् ।माइतीघर मण्डलादेखि नयाँ बानेश्वर निषेधित क्षेत्र सम्म पुगेर आन्दोलन गरिरहेका छन् । आन्दोलनमा शिक्षकले उठाएको माग पूरा नभएसम्मराजधानीमा केन्द्रीत आन्दोलन जारी रहने त्यसको तयारी गरेर हजारौं शिक्षक…
पुरा पढौ
संविधान दिवसका दिन दिप प्रज्वलन
काठमाडौ नवौं संविधान दिवसको दिन काठमाडौंमा दिप प्रज्वलन गरिएको छ । संविधान दिवस लाई भब्य रूपमा मनाउने कार्यक्रम अन्तर्गत चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ चेकपोस्ट प्रांगणमा बुधबार साँझ दिप प्रज्वलन कार्यक्रम गरिएको हो । कार्यक्रमलाई चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष ,वडा सदस्य राजनीति पार्टीका प्रतिनिधिसमाजसेवी स्थानीय बासि लगायतका ब्यक्तिहरूउपस्थित भएर काठमाडौकाे मुख्य नाका चन्द्रागिरि७ प्रहरी चेकपोस्ट अगाडि नेपालका रङ्गिन नक्सा भित्रमैन बत्ती बालेर नवाै संविधान दिवस मनाएका थिए । सहिदहरुको योगदानले निर्माण भएको संविधानको पूर्णरुपमा कार्यान्वयन गर्ने…
पुरा पढौ
बागलुङ समाज बेल्जियमद्वारा कुँडुलेका आचार्यको उपचारमा सहयोग

मंगल चाैथीका दिन गणेश भगवानकाे रथ यात्रा

तीजमा शिव मन्दिरमा पुजा गर्नेकाे घुइँचो

चिकित्सा शिक्षा ऐन संशोधनको माग गर्दै ३८ दिनदेखि आन्दोलन, स्वास्थ्य मन्त्री माेहन बहादुर बस्नेतद्वारा माग पुरा गर्ने प्रतिबद्धता ?

चिकित्सा शिक्षा ऐन संशोधनको माग गर्दै ३६ दिनदेखि आन्दोलनमा

चन्द्रागिरिमा निशुल्क आँखा शिविर




