काठमाडौं । समाजसेवी उद्योगी पुष्पमान श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । सोल्टीमोडस्थित निवासबाट शवयात्रा गरी शनिवार दिउँसो पशुपति आर्यघाट अन्त्येष्टि गरिएको हो । श्रेष्ठलाई उनका दुई छोरा सुनिल श्रेष्ठ र अनुप श्रेष्ठले दागबत्ती दिएका छन् । श्रेष्ठको हिन्दु विधिअनुसार अन्त्येष्टि गरिएको हो। अन्तिम श्रद्धाञ्जली दिन उद्योगी, व्यवसायी, शिक्षासेवी, समाजसेवी र राजनीतिक दलका नेताहरू पशुपति आर्यघाट पुगेका थिए । आर्यघाटमा नेकपा माओवादी केन्द्रका सचिव तथा पूर्वशिक्षा मन्त्री दिनानाथ शर्मा, बागलुङका सांसद एवम् राष्ट्रिय जनमाेर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी ,नेकपा…
पुरा पढौ