समाचार

अमेरीकाकाे बाल्टिमाेरमा बाल प्रतिभा प्रस्फुटन कार्यक्रम हुने

असाेज ८ अन्तराष्ट्रिय नेपाली कलाकार समाज मेरील्यान्डले नेपाली समुदायका वालवालिकालाई मध्येनजर गर्दै वाल प्रतिभा प्रस्फुटन कार्यक्रम गर्ने भएको छ । ईनास मेरिल्याण्डका अनुसार वल्टिमोर वरपर रहेका नानी वावुहरूलाई कार्यक्रममा सहभागी गराईने भएकाे छ । कार्यक्रममा अमेरिकामै जन्मेका नेपाली वालवालिकालाई पहिलो प्राथमिकतामा राखिएको छ । वाल प्रतिभा प्रस्फुटन कार्यक्रम रहेकोले नानी वावुहरूमा रहेको कुनैपनि प्रतिभा जस्तै गायन कविता चित्रकला नृत्य वक्तृत्वकला प्रस्तुतगर्न सक्ने छन् । नेपाली कलाकारको वाहुल्यता रहेको शहरमा आयोजना हुने उक्त कार्यक्रममा आफ्ना नानीवावुलाई सहभागी गराई सहयोग गर्दिनुहुन ईनास… पुरा पढौ

संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड

काठमाडौं, ७ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनलाई एजेण्डाको रुपमा नभई सरकार परिवर्तनको बहानाको रुपमा उठाएकाले यसप्रति उनीहरु गम्भीर नभएको बताउनुभएको छ । संविधान निगरानी समूह र इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्च (आइएसएसआर)को संयुक्त आयोजनामा भएको ‘संविधान कार्यान्वयनः अपेक्षा र वास्तविकता’ विषयक अन्तर्क्रियालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘नयाँ गठबन्धन बनाउनुभन्दा दुई चार दिनअघिसम्म उहाँहरुले औपचारिकरुपमा कतै संविधान संशोधनको आवश्यकतामाथि छलफल गर्नुभएको थिएन’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘त्यसैले… पुरा पढौ

छविलाल जाेशीलाई ५ दिन हिरासतमा राख्न कास्की अदालतको अनुमति

पोखरा ।असाेज ७ सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआइजी छविलाल जोशी लाई ५ दिन प्रहरी हिरासतै राखेर अनुसन्धान हुने भएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्ने सोमबार जिल्ला अदालत कास्कीले साे आदेश दिएको हो । विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै काठमाडौंबाट पक्राउ परेका जोशीलाई आइतबार पोखरा ल्याइएको थियो । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय… पुरा पढौ

श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई माआ‌ेवादी अध्यक्ष प्रचण्डको बधाई

काठमाडौं, ७ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले श्रीलङ्काको नवौं राष्ट्रपतिको निर्वाचनमा ऐतिहासिक जित हासिल गरेकोमा अनुरा कुमारा दिसानायकेलाई बधाई दिनुभएको छ । अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत राष्ट्रपति दिसानायकेसहित उहाँले नेतृत्वको गरेको गठबन्धन नेशनल पिपुल्स पावर र उहाँको दल जेभीपीलाई बधाई दिनुभएको हो । अध्यक्ष प्रचण्डले भन्नुभएको छ– ‘भ्रष्टाचार, आर्थिक संकट र भूराजनीतिक तनावको सही समाधानको रूपमा मार्क्सवादी नेता चयन गर्ने श्रीलंकाली जनतालाई म सलाम गर्छु । उहाँको कार्यकालमा नेपाल र श्रीलंकाबीचको सम्बन्ध थप सुमधुर… पुरा पढौ

चलचित्र ‘एक्टर: टेक वन’ का तीन पोस्टर एकसाथ सार्वजनिक

काठमाडौं। आगामी कार्तिक १५ (लक्ष्मी पूजा) मा रिलिज हुन लागेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का तीन नयाँ पोस्टरहरू एकसाथ सार्वजनिक गरिएको छ। निर्माता थमन कुमार भण्डारीका अनुसार यि पोस्टरहरू आगामी प्रचार-प्रसारका लागि प्रयोग गरिनेछन्। पोस्टरहरू रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमले डिजाइन गरेका हुन्। पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरू सुपरस्टार प्रदिप खड्का, अभिनेत्री आना शर्मा, र दिव्या रायमाझीलाई प्रस्तुत गरिएको छ। एक पोस्टरमा प्रदिप खड्कालाई आना र दिव्याको बीचमा राखिएको छ भने अन्य दुई पोस्टरमा अभिनेत्रीहरू आना र दिव्यालाई प्रदिपसँग… पुरा पढौ

चलचित्र ‘ मिसिङ : केटी हराएको सूचना’को पहिलो गीत सार्वजनिक

काठमाडौं । पोस्टप्रोडक्सनमा रहेको चलचित्र ‘ मिसिङ : केटी हराएको सूचना’को पहिलो गीत सार्वजनिक भएको छ । ‘हेर्दै जाउँ..’ बोलको गीत निर्माणपक्षले आइतबार आज म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो । गीतमा रोहित जोन क्षेत्री र शितुसित बस्नेतको स्वर रहेको छ । शब्द तथा संगीत दीपेन्द्र गौचनको छ । गीतमा संजोगले अचानक भएको भेट, बेठेगान र बेहिसाब जिन्दगी कता जान्छ भन्ने निश्चित नरहेको एक युवक र युवतीको कथा भन्छ । जिन्दगीको यात्राका क्रममा भेटिएका युवा–युवतीलाई जिन्दगीको गन्तब्य नै निश्चित… पुरा पढौ

सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया ग्रुपका सञ्चालक पूर्वडिआइजी छविलाल जोशी पक्राउ

काठमाडौँ-  सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशी पक्राउ परेका छन्। सूर्य थापा नेतृत्वको सहकारी ठगी प्रकरणमा छानबिन गर्न निर्देशन पाएपछि प्रहरीले आफ्नै संस्थाका पूर्वडिआइजी जोशीलाई पक्राउ गरेको हाे । उपत्यका अपराध अनुसन्धान कार्यालयले  जोशीलाई पक्राउ गरेको स्रोतले बतायो । कास्की जिल्ला प्रहरीको पत्रका आधारमा पक्राउ परेका जोशीलाई अनुसन्धानका लागि पोखरा पठाइने भएको छ । सहकारी ठगीका जाहेरीमा पुरक अनुसन्धान गर्न संसदीय छानविन विशेष समितिको सिफारिसका आधारमा गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएपछि अन्यलाई पनि पक्राउ गर्ने तयारी… पुरा पढौ

राजधानी बाट मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

६ असोज, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ । विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि प्रहरीले प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरेको हो । साइबर ब्यूरोबाट खटिएको टोलीले र जिल्ला प्रहरी परिसर भक्तपुरको सहयोगमा प्रसाईंलाई पक्राउ गरेको साइबर ब्यूरोका प्रमुख डीआईजी नवीन्द अर्यालले बताए प्रसाईंलाई पक्राउ गर्न प्रहरी भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित उनको घरमै गएको थियो । घरको गेट नै नखोलेपछि कमाउण्ड नाघेर भित्र प्रवेश गरेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । साइबर ब्यूरोमा… पुरा पढौ

माओवादी केन्द्रको दक्षिण एशिया संगठन समितिको बैठक सुरु

काठमाडौ, ६ असोज । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत दक्षिण एशिया संगठन समितिको भर्जुअल परामर्श बैठक आज सुरु भएको छ। बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीहरु केन्द्रीय कार्यालय पेरिसडाँडा र दक्षिण एशिया संगठन समितिमा कार्यरत केन्द्रीय सदस्य तथा पदाधिकारीहरु सम्बन्धित देशबाट अनलाइनमार्फत जोडिएका छन् । माओवादी केन्द्रले केन्द्रीय समिति बैठकको तयारी स्वरुप आयोजना गरेको प्रदेश परामर्श बैठकको यो अन्तिम श्रृङ्खला हो । योसँगै प्रदेश परामर्श बैठक सकिने र केन्द्रीय समिति बैठकको तयारीमा जुट्ने सो पार्टीले जनाएको छ । बैठक सुरुवात गर्दै अध्यक्ष… पुरा पढौ

गर्भवती महिलालाई उपचारको लागि हेलिकप्टरबाट काठमाडौं पठाइयो

बागलुङ भदौ ६ बागलुङ जिल्ला तमानखाेला गाउँ पालिकाका एकजना गर्भवती महिलाको बागलुङ स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौ पठाइएको छ । बागलुङ जिल्ला तमानखोला गाउँपालिका वडा नं १ निवासी बर्ष २० का सुनिता श्रीपाली ४० हप्ताको गर्भवती बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा भदौ ५ गते उपचारको लागि भर्ना भएकोमा स्वास्थ्यमा गम्भिर समस्या आएकोले तत्काल थप उपचारका लागि आइतबार हेलिकप्टरबाट उद्धार गरी काठमाडौं पठाइएको जिल्ला प्रशासन कार्यालय बागलुङका सुचना अधिकारी चित्राङ्गत बरालले बताए । प्रसुतीकाे लागि बुर्तिवाङ स्वास्थ… पुरा पढौ