साउन महिनाको पहिलो सोमबार वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रतबसी भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी मनाएका छन् ।सौरमास अनुसार साउनको पहिलो सोमबार बागलुङका शिवालयहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो ।प्रसिद्ध पर्यटकीय तथा धार्मिकस्थल गौरीधाम शिव मन्दिर, बागलुङ नगरपालिका ९ तित्याङको आशापूर्णेश्वर मन्दिर लगायतका शक्तिपीठहरुमा बिहानै देखि दर्शनार्थीको भीड लागेको हो । जिल्लाकै मुख्य शक्तिपीठको रुपमा रहेको गौरीधाम शिव मन्दिरमा बिहान चार बजेदेखि दिनभरमा १० हजार वढी दर्शनार्थीले मन्दिरको दर्शन गरेको गौरीधाम शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बहादुर जिसीले बताउनुभयो ।…
पुरा पढौ