समाचार

फिल्म ‘अगस्त्यः च्याप्टर १’ अहिले चौथो सातामा प्रदर्शनरत

काठमाडौं । गत फागुन १८ गतेबाट रिलिज फिल्म ‘अगस्त्यः च्याप्टर १’ अहिले चौथो सातामा प्रदर्शनरत छ । फिल्मले बुधबार राजधानीमा पत्रकार भेटघाट गरेर चौथो हप्ता प्रदर्शनको खुशी साट्दै दर्शकलाई धन्यवाद दिएको छ । फिल्मका निर्देशक सौरभ चौधरीले अहिलेको अवस्थामा आलोचना र तारिफका बाबजुद पनि फिल्म चौथो सातामा प्रवेश गर्नु खुशीको कुरा भएको बताए । ‘दर्शकको वर्ड अफ माउथले गर्दा हाम्रो फिल्म चौथो सातामा प्रदर्शनरत छ । दर्शकले देखाउनुभएको मायाप्रति हामी खुशी छौं’, निर्देशक चौधरीले भने, ‘फिल्ममा पक्कै पनि केही कमिकमजोरी… पुरा पढौ

प्रधानमन्त्री प्रचण्डसँग आइसीसीका अध्यक्ष्यको शिष्टाचार भेट

काठमाडौँ, ७ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी) का अध्यक्ष जर्ज बार्क्ले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरूबीच आज भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले आइसीसीका अध्यक्षको नेपाल भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्त्व पाएको बताउनुभयो । “नेपाल सरकारले क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माण गर्ने निर्णय गरेर क्रिकेट पूर्वाधारलाई निकै प्राथमिकता दिएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सन् २०२७ को ‘यु–१९ वुमन… पुरा पढौ

ब्लड क्यान्सर पिडित कलाकार बिर्ख बिश्वकर्मालाई  म्याग्दी आर्थिक सहयाेग

काठमाडौं /राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान नेपाल उपत्यका समन्वय सुन्धारा समितिका सदस्य तथा लाेकप्रिय कलाकार बिर्ख बिश्वकर्मा लाई म्याग्दी कलाकार संघले सहयाेग रकम हस्तान्तरण गरेकाे छ । बिगत २ बर्ष देखि ब्लड क्यान्सर जस्तो प्राण घातक रोग सङ्ग लडिरहेका गायक बिश्वकर्मालाई आर्थिक अभाबले उपचारमा समस्या भइरहेकाे बेलामा थाेरै भएपनि उपचार सहयाेग पुगाेस भन्ने हेतुले  म्याग्दी कलाकार सङ्घ काठमाडौंद्वारा समितिका सदस्य मार्फत रकम सङ्कलन गरिएकाे नगद  रू ५० हजार दुई सय संघका अध्यक्ष लालि बुढाथाेकिकाे नेतृत्वमा पुगेकाे टाेलीले गायक बिश्वकर्मालाई… पुरा पढौ

जिल्ला कारागार बागलुङको निरीक्षण तथा निर्देशन

बागलुङ / जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कंडेलले कारागार सुरक्षा गार्ड बागलुङमा पुगेर सम्पादित काम कारवाही र गुनासो सम्बोधनको विषयमा स्थलगत रुपमा निरीक्षण गर्नुभएकाे छ । कारागार सुरक्षा गार्डको भौतिक संरचना, जनशक्ति व्यवस्थापन तथा प्रहरी गतिविधि, कैदीबन्दीहरुको गुनासोबारे जानकारी समेत लिएर उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई व्यवसायीक, अनुशासित एवम् कर्तव्य निष्ठ भई कार्यसम्पादन गर्न आवश्यक निर्देशन समेत दिनु भएको थियोे । जिल्ला प्रहरी कार्यालय बागलुङमा सरूवा भएर आउनु भएका प्रहरी प्रमुख कडेलले शान्ति सुरक्षा लगायतका समसामयिक बिषयमा सक्रिय… पुरा पढौ

नयाँ समीकरण मेरो प्रधानमन्त्री पदको कारणले बनेको होइन : प्रधानमन्त्री

काठमाडौँ, ६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ समीकरण प्रधानमन्त्रीका रूपमा आफ्नो पदको कारणले नबनेको स्पष्ट पार्नुभएको छ । सरकारमा सहभागी पाँच राजनीतिक दलको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ सार्वजनिक गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले समृद्धिको यात्रामा जानुपर्छ भन्ने उद्देश्यका साथ नयाँ समीकरण बनेको स्पष्ट पार्नुभयो । “जनतामा सुशासन र समृद्धिको आकांक्षालाई अझ तीब्रताका साथ एवं अझ गुणात्मक तवरले सम्बोधन गर्ने ऐतिहासिक आवश्यकतासँग यो समीकरण बनेको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “नयाँ काम सुरु भएका छन्, जनताको आवाजलाई सम्बोधन… पुरा पढौ

सरकारको न्यूनतम नीतिगत प्राथमिकता र सङ्कल्प सार्वजनिक

काठमाडौँ, ६ चैत : सरकारमा सहभागी पाँच राजनीतिक दलले ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ सार्वजनिक गरेको छ । प्रधानमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो । फागुन २९ गते पाँच राजनीतिक दलबीच नयाँ राजनीतिक समीकरण भएसँगै न्यूनतम कार्यक्रम तयार गर्न कार्यदल बनाएको थियो । पाँच दलबीच भएको सात बुँदे सहमतिका आधारमा कार्यदलले ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ तयार गरेको हो । नीति तथा कार्यक्रममा संविधानको मर्म र भावनाविपरीत राज्यसञ्चालनमा… पुरा पढौ

स्वास्थ्य बीमा कार्यक्रम राष्ट्रिय गौरवको अभियान : प्रधानमन्त्री

काठमाडौँ, ६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको अभियानका रूपमा घोषणा गर्ने गृहकार्य भइरहेको बताउनुभएको छ । प्रतिनिधिसभाका सांसदहरूले सोध्नुभएको प्रश्नहरूको आज जवाफ दिँदै स्वास्थ्य बीमा परिचयपत्र अनिवार्य गर्ने, वैदेशिक रोजगारीमा जानेहरुको परिवारको अनिवार्य बीमा, आम्दानीअनुसारको प्रिमियमको आधारमा सबै कर्मचारी, शिक्षक, जनप्रतिनिधिको अनिवार्य बीमा गर्ने लगायतका कार्यक्रम अगाडि बढाइने बताउनुभयो । “सबै प्रकारका स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई स्वास्थ्य बीमामार्फत एकीकृत गर्ने र स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको अभियानको रूपमा घोषणा गर्ने लगायतका विषयमा सरकारले गृहकार्य गरिरहेको छ,”… पुरा पढौ

जग्गाधनी प्रमाणपत्र वितरणका बाँकी काम शीघ्र सम्पन्न हुन्छ : प्रधानमन्त्री

काठमाडौँ, ६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार भएका जग्गाधनी प्रमाणपत्र वितरण गर्न तथा बाँकी काम शीघ्र सम्पन्न गरिने बताउनुभएको छ । प्रतिनिधिसभाका सांसदहरूले सोध्नु भएको प्रश्नहरूको आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले विभिन्न कारणले जग्गाधनी प्रमाणपत्र नभएकाहरूलाई उपलब्ध गराइने जानकारी दिनुभयो । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको बडा नं ७ र ८ का जनताले नापीको समस्याका कारणले ५० वर्षदेखि जग्गाधनी प्रमाणपत्र पाउन नसकेको विषयमा आफू जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जग्गाधनी प्रमाणपत्र वितरण गर्न तथा बाँकी काम शीघ्र सम्पन्न निर्देशन… पुरा पढौ

सुशासनको सवालमा कुनै सम्झौता हुन्न : प्रधानमन्त्री

काठमाडौँ, ६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन कायम गर्ने सवालमा आफूले कसैसँग पनि कुनै पनि सम्झौता नगर्ने स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाका सांसदहरूले सोध्नु भएको प्रश्नहरूको आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले अनुसन्धानबाट कैफियत देखिएमा कसैले पनि उन्मुक्ति नपाउने स्पष्ट पार्नुभयो । “सुशासन कायम गर्ने सवालमा म कुनै पनि सम्झौता गर्दिनँ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यसमा आफ्नो पार्टी र अरुको पार्टी भन्ने आग्रह र पूर्वाग्रह मैले राख्दिनँ । यदि अनुसन्धानबाट कैफियत देखिएमा कसैलाई पनि कारबाही गर्न कुनै पनि कुराले रोक्ने… पुरा पढौ

लक्की मिडिया हाउसले चैते दसैँमा बागलुङमा सांस्कृतिक कार्यक्रम गर्ने

चितवन। मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले बागलुङमा चैते दसैँ मेलाको अवसरमा यस वर्ष सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले ‘मौलिक लोक संस्कृतिको पहिचान, स्रष्टालाई प्रोत्साहन र सम्मान’ गर्नका लागि मेलाको आयोजना गरिएको बताउनुभएकाे छ । चैते दसैँ मेलामा आयोजना गरिने सांस्कृतिक कार्यक्रमलाई सफल पार्नका लागि मिडिया हाउसले चितवनबाट भेटघाट तथा अन्तक्रिया कार्यक्रम गर्न लागेको कार्कीले जानकारी दिनुभयो । लोक संस्कृतिसँग सम्बन्धित एवं गीत तथा संगीतको क्षेत्रमा काम गरेका विभिन्न व्यक्ति तथा… पुरा पढौ