समाचार

निजामती दिवस विभिन्न कार्यक्रम गरि सम्पन्न

काठमाडौं / निजामती सेवा दिवस २०८१ बागलुङमा एक कार्यक्रम गरि मनाइयो । दिवसको अबसरमा बागलुङ जिल्लाभरका कार्यालयहरूमा सरसफाई तथा स्वच्छता सम्बन्धी सूचकहरुको आधारमा गरिएको छनौटमा स्वास्थ्य कार्यालय बागलुङ सर्वोत्कृष्ट हुन सफल भएको भन्दै प्रमाणपत्र बाट सम्मान गरिएको थियो । निजामती दिवसको अवसरमा भाद्र १९ र २० गते भएको कर्मचारीहरुका बिचमा रुद्रेपिपल कभर्ड हल बागलुङमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता १८ टीमले भाग लिएकोमा रुद्र पराजुली ,श्याम कुमार थापा मगर,उपबिजेतामा विजय थापा र खुमन श्रीस तृतीय स्थान कपिल घर्ती मगर ,सश छन्त्याल,भएका… पुरा पढौ

नेवारी सभ्यता समाजवादसँग मिल्दोजुल्दोःमाआ‌ेवादी अध्यक्ष प्रचण्ड

काठमाडौं, २२ भदौ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेवारी सभ्यताभित्र रहेको साझापन र आत्मनिर्भर अर्थतन्त्रको अभ्यास समाजवादी व्यवस्थासँग मिल्दोजुल्दो भएकाले यसलाई अझै प्रवर्धन गर्नुपर्ने बताउनुभएको छ । ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनामा लागेको बाह्र वर्षे मेलाको समापन गर्दै उहाँले नेवाः सभ्यताको मौलिकतालाई कायम राख्दै नेवारी संस्कृतिलाई पर्यटन र आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताउनुभयो । गणराज्यकै झल्को दिने गरी नेवार समुदायमा रहेको आर्थिक आत्मनिर्भरता, सामाजिक सद्भाव र सौहार्दता अनि सांस्कृतिक मौलिकपनलाई समाजवादी व्यवस्थाको भ्रुणको रुपमा औल्याउँदै… पुरा पढौ

माआ‌ेेवादीले संविधानविपरित अभिव्यक्ति दिने नेताहरुको भण्डाफोर गर्ने

काठमाडौं, २० भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलका नेताहरुले दिइरहेको संविधानविपरितका अभिव्यक्तिहरुको भण्डाफोर गर्न कार्यकर्तालाई आव्हान गर्नुभएको छ । सहिदद्वय शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले त्यस्तो आह्वान गर्नुभएको हो । सहिदकै बलिदानका कारण प्राप्त राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानीपूर्ण संघर्षमाथि नै धावा बोल्ने छूट कसैलाई नभएको उल्लेख गर्दै उहाँले यस्ता प्रवृत्तिको भण्डाफोर गर्नुपर्ने बताउनुभयो । जनयुद्धलाई ‘हिंसा’को रुपमा ब्याख्या गरिएकोतर्फ इंगित गर्दै अध्यक्ष… पुरा पढौ

प्रकाश सपुतको फिल्म ‘वसन्त’को छायांकन बागलुङमा सुरु

बागलुङ, २२ भदौं । नेपाल कै प्रशिद्ध धार्मिक शक्तिपीठ कालिका भगवती मन्दिरमा शान्ति पदयात्रा सहित मन्दिर परिसरमा फिल्मको शुभ मुहूर्त गरिएको छ । प्रकाश सपुतको ‘वसन्त’ फिल्मको शुभ मुहूर्तसँगै शनिबारदेखि छायांकन प्रारम्भ भएको हाे । कालिका मन्दिर गेटदेखि मन्दिरसम्म गरिएको पदयात्रामा फिल्मका मुख्य कलाकार प्रकाश सपुत, स्वस्तिमा खड्का लगायतका कालाकार तथा फिल्मका प्राविधिक टिम सहित बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त श्रेष्ठ, बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी सहित राजनीतिक दल र स्थानीयहरुको सहभागिता रहेको थियो । फिल्मको छायाङ्कन प्रकाशको जन्म… पुरा पढौ

बागलुङको जैमिनीमा तीज गीत प्रतियोगिता सम्पन्न

बागलुङ ।नेपाली हिन्दु नारीहरूकाे महान चाड तीजको अवसरमा आयोजीत तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।जैमिनी नगरपालिका १ कुश्मीशेरामा तीज प्रतिगिता सम्पन्न भएको हाे ।। कार्यक्रममा प्रमुख अथिति जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले तीजकाे शुभकामना दिनु भयकाे थियाे ।नगरपालिका शिक्षा शाखा प्रमुख खेम आचार्य जैमिनि नगरपालिका बडा अध्यक्ष बिष्णु आचार्य लगायत बक्ताहरूले धारणा राख्नुभएको थियो । कार्यक्रम १० टिम सभागिता रहेको थियो। प्रतियोगितामा शान्ति माध्यमिक बिधालय प्रथम हिमालय बाेर्डिङ दृतीय स्थान र नगरपालिका कर्मचारी टिम तृतिय स्थान हासिल गरेकाे थियो… पुरा पढौ

‘पूर्ण बहादुरको सारङ्गी’: विजय बराल भन्छन्– चरित्रलाई न्याय गर्दा मैले पनि माया पाएँ

काठमाडौं । मोसन पोस्टरले नै दर्शकको ध्यान खिचेको ‘चलचित्र पूर्ण बहादुरको सारङ्गी’को टिजरले धेरैको मन छोयो । छोरो पढाउन बुवाले गरेको संघर्षलाई केन्द्रमा राखेर बनाइएको टिजर सार्वजनिक हुनबित्तिकै धेरैले सामाजिक सञ्जालमा टिजरले मन छोयो भन्दै सेयर गरे । चलचित्रकर्मी र आम दशर्कले टिजरको तारिफ गर्दै सिनेमाबाट पनि अपेक्षा रहेको भन्दै आ–आफ्नो सामाजिक सञ्जालमा सेयर गरेपछि यसका निर्माता तथा निर्देशक उत्साही भएका छन् । दर्शकको मायाले पोस्ट–प्रोडक्सनमा रहेको चलचित्रमा थप मेहनत गर्ने उत्साह पलाएको बताएका छन् । सँगै उनीहरूले चुनौती र… पुरा पढौ

साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ भारतमा प्रदर्शन

काठमाडौं । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक सामाजिक फिल्म ‘अग्नीदहन’ हालै भारतको बिहारस्थित सीतामढीमा प्रदर्शन गरिएको छ । बिहारको सीतामढीस्थित कमाण्डेन्ट अफ एसएसबी–२० औं बटालियनमा बटालियन प्रमुख गिरीशचन्द्र पाण्डेय र फिल्मको निर्माण पक्षको उपस्थितिमा फिल्म प्रदर्शन गरिएको हो । यो फिल्म नेपालमा आगामी मंसिर ७ गते प्रदर्शन हुँदैछ । कार्यक्रममा नेपाल भारत भातृ मञ्चका संस्थापक अध्यक्ष डा. नवलकिशोर सिंह, कार्यक्रम संयोजक मनोहर मिश्र, फिल्मका परिकल्पनाकार तथा मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण… पुरा पढौ

सुनको मूल्यले नयाँ रेकर्ड बनायो

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । हरितालिका तीजको दिन सुनको मूल्यले अर्को नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  शुक्रबार छापावाल सुन प्रतितोला १३ सय रुपैयाँले बढेर १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि भदौ १३ गते सुनको मूल्यमा रेकर्ड कायम भएको थियो । सो दिन छापावाल सुन प्रतितोला १ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यसअघि, बिहीबार छापावाल सुन प्रतितोला १ लाख ५२… पुरा पढौ

पलेशाको जीतले विश्वभरिका नेपालीलाई गौरव प्राप्त भएको छः प्रचण्ड

काठमाडौं, २१ भदौ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गर्नुभएको छ । खुलमटारमा एक कार्यक्रम आयोजना गरी उहाँले नेपालका लागि ओलम्पिकमा पहिलो पदक प्राप्त गर्न सफल प्रलेशालाई सम्मान गर्नुभएको हो । उहाँले पलेशासँगै कोच कविराज नेगी लामा, व्यवस्थापक रामचन्द्र श्रेष्ठ र पलेशाका बुवा प्रदीप गोबर्धनलाई पनि सम्मान गर्नुभएको थियो ।सो क्रममा अध्यक्ष प्रचण्डले नेपालबाट इतिहास रच्ने पलेशालाई बधाई दिंदै यो जीतले संसारभरि रहेका नेपालीहरुले गौरव गर्ने अवसर प्राप्त भएको… पुरा पढौ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकाे हरितालिका तीजमा शुभकामना

काठमाडौं, २१ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरितालिका तीजको अवसरमा शुभकामना दिनुभएको छ। उहाँले नेपाली महिलाहरुको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामना व्यक्त गर्नुभएको छ । अध्यक्ष प्रचचण्डले दिनुभएको शुभकामना सन्देशमा भन्नुभएको छ– ‘नेपाली महिलाहरुले परापूर्वककालदेखि धार्मिक सांस्कृतिक पर्वको रुपमा मनाउँदै आएको तीजका मौलिक पक्षको संरक्षण गर्नुका साथै नेपाली समाजमा आएको परिवर्तनलाई आत्मसात गर्दै यसलाई लैंगिक समानता… पुरा पढौ