समाचार

कर्मचारी संचय काेषकाे ६३ आ‌ैं बार्षिकाेत्सवमा स्वास्थ शिविर

काठमाडौं / कर्मचारी संचय कोषको ६३ औं बार्षिकोत्सवको उपलक्षमा मञ्चको पहलमा काठमाडौ मेडिकल कलेजको सहयोग र कोषको समेत सहभागितामा ठमेल स्थित कोषकै भवनमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ शिविरमा जनरल मेडिकल ,नशा तथा हाडजोर्नीस्त्रीरोग, बालराेग ,नाक कान घाँटी ,आँखा राेग ,दन्त राेग ,ईसिजी भिडियो एक्सरे ,र ल्याव परीक्षण सेवा २८७ जनाले लिएका थिए ।कार्यक्रमका प्रमुख अतिथि समाजसेवी सुनिल शर्मा विशेष अतिथिका रूपमा कोषका प्रशाशक श्री जितेन्द्र धितालको उपस्थिति रहेको थियो । मञ्चका अध्यक्ष श्री केदारनाथ गौतमको सभापतित्वमा… पुरा पढौ

माआ‌ेवादी अध्यक्ष प्रचण्डले बंगलादेशबाट फर्केका विद्यार्थीलाई देशभित्रै इन्टर्नको व्यवस्था मिलाउन पहल गर्ने

काठमाडौ, ७ भदौ । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बंगलादेशबाट फर्केका मेडिकल विद्यार्थीहरुलाई देशभित्रै इन्टर्नको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । केही समयअघि बंगलादेशमा आएको असहज परिस्थितिका कारण फर्केका विद्यार्थीहरुसितको भेटमा उहाँले विशेष परिस्थितिका कारण एकपटकका लागि त्यस्तो व्यवस्था गर्न सकिने अवस्था रहेको उल्लेख गर्दै त्यसका लागि आफूले सरकारसित छलफल गर्ने बताउनुभएको हो । विद्यार्थीहरुसितको भेटकै क्रममा मेडिकल काउन्सिलका रजिस्ट्रार सतिशकुमार देवलाई फोन गरी यसबारे के भइरहेको छ भनेर जानकारी लिनुभएको थियो ।… पुरा पढौ

रिपोर्टस क्लबम रेशम चाैधरी रन्जिता श्रेष्ठ नआएपछि

काठमाडौं ,भदौ ७ नागरिक उन्मुक्ति पार्टीले राजधानीकाे भृकुटीमण्डपमारहेको रिपोटर्स क्लबमा आयोजना गरिएको टीकापुर घटना र वर्तमान सन्दर्भ कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चाैधरी र रन्जिता श्रेष्ठ आउने भनेर ठूलो प्रचारप्रसार गरिएपछि पत्रकारको ठूलो भिडभाड जम्मा भएको थियो । कार्यक्रम शुरूवात हुने समयमा एकाएक नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चाैधरी र रन्जिता श्रेष्ठ बिरामी भइ आउन नसकेको खबर सुनाउदै बागमती प्रदेशका नेताहरू मन्चमा आसनग्रहण गराउने काम गराएपछि नागरिक उन्मुक्ति पार्टीका नेता चाैधरी रश्रेष्ठको खबर संकलन आएका पत्रकारहरू मध्य करिब आधा… पुरा पढौ

फिल्म ‘नरसिंहाः अवतार’ मा कलाकारहरूको रोचक लाइनअप

काठमाडौं । क्रिएटिभ सिने आर्टको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘नरसिंहाः अवतार’ मा कलाकारहरूको रोचक लाइनअप बनेको छ। एक्सन तथा सोसल ड्रामामा बन्ने यो फिल्मका लागि अहिलेसम्म ६ जना मुख्य पात्रहरू फाइनल भइसकेका छन् । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्ममा महानायक राजेश हमाल, नीति शाह, सरोज खनाल, प्रशान्त ताम्राकार, नीर शाह, सनिशा भट्टराई र दीपा शाही अनुबन्धित भइसकेका छन् । कलाकाको बलियो लाइनअप तयार भएको फिल्ममा नायक राज कटुवाल जोडिएका छन् । कटुवाल शुक्रबार अनुबन्धित भएका हुन् । उनी… पुरा पढौ

‘एक्टर: टेक वान’को फर्स्ट लुकमा प्रदीपका पाँच लुक्स

काठमाडौं । फिल्म ‘एक्टर: टेक वान’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का फिचर्ड छन् । पोस्टरमा प्रदीपका पाँच तस्बिर छन् । घाइते तस्बिर, नेपाली पोसाकमा रहेको तस्बिर, पाइलटको पोसाकमा रहेको तस्बिर, लामो कपालमा क्याजुल पोसाकमा रहेको तस्बिर र हल्का जाडोमा स्वेटर लगाएका पाँच लुकमा प्रदीप फिचर्ड छन् । यी मध्ये टाउका र अनुहारभरी चोट लागेको तस्बिरले पोस्टरमा प्राथमिकता पाएको छ । जसमा उनको टाउकोमा ब्यान्डेज बाँधेको छ । हातमा प्लास्टर छ । जुन हात… पुरा पढौ

वर्तमान ओली सरकारका चार मन्त्रीविरुद्ध युवराज सफलद्वारा अख्तियारमा उजुरी

काठमाडौं /बर्तमान केपि ओली सरकारका ४ मन्त्रीहरूबिरूद्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । आ‌ेली सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल ,परराष्ट्र मन्त्री आरजु देउवा ,उर्जा मन्त्री दिपक खड्का र श्रम मन्त्री शरद सिंह भण्डारी विरुद्ध विभिन्न प्रकरणमा भ्रष्टाचार र अनियमिततामा जोडिएको भन्दै युवराज सफलले आज विहान १० बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा उजुरी दर्ता गरेका हुन् । विवादित व्यक्तिहरु सरकारमा हुँदा आम जनमानसको सरकारप्रति विश्वास गिरेको र राष्ट्रको छविमा दाग लागेको युवराजले बताएका छन् ।  उजुरीमा… पुरा पढौ

माआ‌ेवादी बागमती प्रदेशको बैठक सम्पन्न

काठमाडौं । ६ भाद्र, २०८१ ।नेकपा(माओवादी केन्द्र)मा बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक केन्द्रीय कार्यालय पेरिस डाँडामा जारी छ । बागमती प्रदेशको बैठक आज सम्पन्न हुँदै छ । पार्टी केन्द्रीय समितिको पूर्ण बैठक बस्नु अगाडि सो बैठकको तयारी स्वरूप हरेक प्रदेशमा दुई/दुई दिन परामर्श बस्ने निर्णय साउन २५,२६,२७,२८,३० र ३१ गते बसेको स्थायी समिति बैठकले गरेको थियोे। पुरा पढौ

अस्पतालकाे स्वास्थ उपकरण मर्मत गर्ने जिम्मेवारी महावीर पुनको आविस्कार केन्द्र लाई

काठमाडौ /स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका सङ्घीय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिने निर्णय गरेकाे छ । स्वास्थ तथा जनसंख्या मन्त्री प्रदीप पाैडेलेले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महाबिर पुन संग लिखित सहमति गरेर स्वास्थ उपकरण मर्मतकाे जिम्मेवारी दिएको हाे । स्वदेशी स्रोत र सीपको प्रयोग गरी स्वदेशमै केही सम्भावनाको खोजी गरिरहनुभएका समाजसेवी महावीर पुनको पवित्र उद्देश्य पूरा गर्न सुम्पिएको अभिभारा पूरा गर्न अहिले भएको सम्झौताले थाेरै भएपनि सघाउने आशा गरिएको छ । पुरा पढौ

एक्सन तथा सोसल ड्रामामा बन्ने फिल्म ‘नरसिंहाः अवतार’

काठमाडौं । एक्सन तथा सोसल ड्रामामा बन्ने फिल्म ‘नरसिंहाः अवतार’ मा कलाकारहरुको रोचक लाइनअप तयार हुने क्रम जारी छ। निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्मका लागि अहिलेसम्म पाँचजना मुख्य पात्रहरु फाइनल भइसकेका छन् । कलाकाको लाइनअपमा अभिनेता प्रशान्त ताम्राकार पनि जोडिएका छन् । निर्माण पक्ष र ताम्राकारबीच मंगलबार लिखित सहमति भएको हो । निर्देशक भट्टराई र अभिनेता ताम्राकारले यस अघि ‘ऐश्वर्या’ र ‘मायावी’मा पनि सहकार्य गरेका थिए । ‘नरसिंहाः अवतार’मा ताम्राकारको कस्तो भूमिका हो भन्ने विषयमा केही नखुलाइए पनि फिल्मको शीर्षमध्ये एक भूमिकामा… पुरा पढौ

होस्टेलबाट भागेकी छात्रा बिश्वकै सबैभन्दा लामाे पुलबाट बेपत्ता

बागलुङ / धौलागिरी बहिरा आवासीय माध्यामिक विद्यालयमा अध्ययनरत छात्रा तारा अदै बागलुङ पर्वत जोड्ने बिश्व कै सबैभन्दा लामाे झोलुङ्गे पुलबाट खसेर वेपत्ता भएका छन् । विद्यालयको होस्टेलमा बस्दै आएकी अदै होस्टेल पछिको पर्खालबाट हाम फालेर भागेकी थिइन । होस्टेलबाट भागेर नजिकैको गण्डकी गोल्डेन वृजमा पुगेर पुलबाट हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख ऋषिराम कँडेलले बताए । विद्यालयका प्रधानध्यापक रेशम श्रीसले होस्टेलमा रहदै आएकी बालिका होस्टेलबाट बेपत्ता भएको बताए । ढोरपाटनको बोबाङ घर भई बागलुङ नगरपालिका–१ रामरेखा स्थित… पुरा पढौ