समाचार

गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

नयाँ राष्ट्रपतिको लागि भएको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन्। बिहीबार नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाका सांसदहरुले मतदान गरेका हुन । पौडेलले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् ।अर्का उम्मेदवार एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार… पुरा पढौ

अन्तर विद्यालय स्तरीय कवड्डी प्रतियोगिताको उपाधि युएस एकेडेमीलाई: तस्बिरहरु

११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा लियो क्लब अप बागलुङ कालीगण्डकीको आयोजनामा अन्तर विद्यालय स्तरीय छात्रा कवड्डी प्रतियोगिता सम्पन्न भएको छ ।बागलुङ नगरपालिका भित्रका ८ विद्यालयको सहभागीता रहेको प्रतियोगितामा युएस एकेडेमीले प्रथम स्थान हासिल गरेको छ । प्रतियोगितामा कालिका कन्या मन्दिर माध्यमिक विद्यालयले द्वितीय स्थान हाँसिल गरेको छ । प्रमुख अतिथि एवं विशिष्ट अतिथिहरुद्वारा प्रतियोगितामा प्रथम हुने युएस एकेडेमीले ५ हजार ५ सय ५५ मेडल, ट्रफी र प्रमाणपत्र र द्वितीय हुने कालिका कन्या मन्दिरले ३ हजार ३ सय ३३ मेडल,… पुरा पढौ

२०५८ साल देखिको बागलुङ-रत्नेचौर खानेपानी विवाद समाधान !

बागलुङ बजारको दीर्घकालीन समस्या हो खानेपानी अभाव ।साबिक धौलागिरी अञ्चलको सदरमुकाम समेत रहेको यो शहरका नागरिकहरु वर्षौंदेखि शुद्ध खानेपानीको अभाव झेल्न बाध्य छन । बागलुङ नगरपालिकाका मुख्य ४ वटा वडाहरु पर्ने यो शहरमा वर्षौंदेखि खानेपानीको समस्या समाधानका लागि प्रयास गरिएपनि दीर्घकालीन रुपमा पानीको उपलब्धता हुन सकेको छैन । वर्षाको समयमा हिलो र हिउँदमा केही घण्टाको मात्र पानीको उपलब्धताले अपुग हुँदा नागरिकहरु महङ्गो मुल्यमा पानी किनेर खान बाध्य छन् । नगरपालिकाका वडा नम्बर १,२ र ३ मा रेश खोलाको पानी आंशिक… पुरा पढौ

नारी दिवसको अवसरमा बागलुङमा महिला कवड्डी प्रतियोगिता हुने

फाल्गुन २४ गते बुधबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बागलुङमा महिला कवड्डी प्रतियोगिता सञ्चालन हुने भएको छ । लियो क्लब अप बागलुङ कालीगण्डकीको आयोजनामा अन्तर विद्यालय स्तरीय छात्रा कवड्डी प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष सुगम खड्काले बताउनुभयो । नारीहरुको महत्त्वपूर्ण दिवसको अवसर पारेर नयाँ सन्देश दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको अध्यक्ष खड्काले बताउनुभयो । बागलुङ नगरपालिका भित्रका बिद्यालयहरुको सहभागी हुने कार्यक्रम बागलुङ नगरपालिका-३ मा अवस्थिति गुराँस विद्या सदनको प्राङ्गणमा कार्यक्रम आयोजना हुने क्लबका प्रथम उपाध्यक्ष केशव सापकोटाले बताउनुभयो । पुरा पढौ

कालीगण्डकी नदि किनारमा भेटिएको शवको पहिचान खुल्यो: आफन्तको जिम्मा लगाइँँदै

शनिबार दिउँसो कालीगण्डकी नदि किनारमा भेटिएको शवको आफन्त प्रहरीको सम्पर्कमा आएका छन । बागलुङको बाङ्गेचौर देखि पर्वतको अदुवाबारी जोड्ने संसारकै लामो (गण्डकी गोल्डेन बृज) तल कालिगण्डकी नदि किनारमा शनिबार भेटिएको शव म्याग्दीको जिल्लाको बेनी नगरपालिका गलेश्वर निवासी वर्ष २३ का गणेश रिजालको भएको प्रहरीले जनाएको छ । फाल्गुन ९ गतेदेखि हराइरहेका रिजालका आफन्तले शव आफ्नो मान्छेको भएको भन्दै प्रहरीको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतका सुचना अधिकारी प्रहरी निरीक्षक प्रकाश राउतले हिडन खबरलाई बताउनुभयो । मान्छे हराएको भन्दै रिजालका आफन्त… पुरा पढौ

कालीगण्डकी नदि किनारमा एक पुरुषको शव फेला

कालीगण्डकी नदि किनारमा एक पुरुषको शव फेला परेको छ ।बागलुङको बाङ्गेचौर देखि पर्वतको अदुवाबारी जोड्ने संसारकै लामो( गण्डकी गोल्डेन बृज) तल कालिगण्डकी नदि किनारमा अन्दाजी ३५/४० वर्ष उमेर समुहको एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेले बताउनुभयो ।"प्रहरी घटनास्थलमा पुगिसकेको छ, घटनास्थलको मुचुल्का गरेसँगै सबै तिर जानकारी गराइनेछ" प्रमुख न्यौपानेले भन्नुभयो शवलाई पोस्टमार्टमका लागि पर्वत जिल्ला अस्पताल लगिने र घटनाको थप अनुसन्धान गरिने छ" । कालीगण्डकी नदिको पर्वत तर्फको किनारमा एक स्थानीयले… पुरा पढौ

नेपाल मगर संघ बागलुङको नवौं अधिबेशन: अनिश्चितकालका लागि स्थगित

नेपाल मगर संघ बागलुङको नवौं अधिबेशनमा सहमति जुट्न नसक्दा अनिश्चितकालका लागि स्थगित भएको छ । संघको नयाँ नेतृत्वका लागि ३ जनाको उम्मेदवारी परेकोमा सर्वसम्मत सहमति हुन नसक्दा अर्को सुचना नहुँदासम्म स्थगित भएको हो । अध्यक्षमा तीन जनाले आफ्नो दावेदारी पेश गरेपनि अन्तिम प्रयास गर्दा समेत सहमति हुन नसक्दा अधिबेशन नै स्थगित गर्नुपरेको निर्वाचन समितिका संयोजक खगेन्द्र पुन मगरले हिडन खबरलाई बताउनुभयो । "अध्यक्षका लागि गगन पुन मगर, श्याम पुन मगर र गीता श्रीषको उम्मेदवारी परेको थियो" संयोजक पुनले भन्नुभयो हामीले… पुरा पढौ

उपल्लाचौर-कुडुँले खानेपानी समस्या: पटकपटकका बैठक निष्कर्षबिहिन

तत्कालीन धौलागिरी अञ्चलको सबैभन्दा पुरानो नगरपालिका हो बागलुङ नगरपालिका ।विक्रम सम्मत २०५३ माघ १८ गते घोषणा भएको नगरपालिकामा सुरुदेखि नै खानेपानीको समस्याले प्रताडित छ । नगरपालिका भित्रका वडा १ देखि ४ सम्मलाइ बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मार्फत खानेपानी वितरण भइरहेको भएपनि वडा नम्बर ४ उपल्लाचौर, वडारचौर, कुँडुले, छाप, तल्लोबान्द्रे लगायतका नागरिकहरु भने दशकौंदेखि पानीको समस्याबाट पीडित छन् । यो अवस्थालाई समाधान गर्न बागलुङ नगरपालिका-५ कमेरे खानेपानी मुल मार्फत बागलुङ बजारमा पानी ल्याउने भन्दै बागलुङ नगरपालिका, बेनी नगरपालिकाका… पुरा पढौ

सवारी दुर्घटना न्यूनीकरणका लागि चालकसँग एक मिनेट अभियान सुरु

बढ्दो सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालनाकालागि बागलुङ प्रहरीले रचनात्मक अभियान सुरु गरेको छ । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूको समस्या समाधान गर्न र बढ्दो सवारी दुर्घटना न्युनिकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले चालकसँग ‘एक मिनेट’ अभियान सञ्चालन गरेको हो । जिल्लाबाट दैनिक रुपामा बाहिरिने र भित्रिने सवारीसाधनहरुलाई सडकमै रोकेर चालक र सह-चालकलाई एक मिनेट ट्राफिक नियम सम्बन्धि ज्ञान हस्तान्तरण अभियान स्वरुप चालक सँग एक मिनेट अभियान सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी वरिष्ठ… पुरा पढौ

बागलुङ नगरपालिकाका ९० प्रतिशत योजना सम्झौता

चालु आर्थिक वर्षको दोस्रो चौमासिक सकिँनै लाग्दा बागलुङ नगरपालिकाका करिव ९० प्रतिशत विकास योजनाको सम्झौता सकिएको छ । आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाबाट कुल ५ सय ७६ योजना छनौट भएकोमा फाल्गुन पहिलो हप्ता सम्म आइपुग्दा ५ सय १८ वटा योजनाको सम्झौता सकिएको बागलुङ नगरपालिकाले जनाएको छ । नगरपालिकाले यो आर्थिक वर्षमा कुल ६८ करोड ३ लाख ९ हजार ३ सय ११ पुँजीगत बजेट मध्ये ६१ करोड २८ लाख बढिका योजनाको सम्झौता सम्पन्न भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताउनुभयो… पुरा पढौ