समाचार

गायिका एलिना चाैहानकाे विवाह बागलुङका बिष्णु सापकोटा संग

बागलुङ ।‘धोकेबाज हौ तिमी’ पछिल्लो समयको भाइरल गीत हो । यस गीतको गायिका हुन् एलिना चौहान । दुई वर्ष अगाडि सार्वजनिक यो गीत अहिले पनि भाइरल नै छ । गीत भाइरल भए संगै गायिका चौहान थप चर्चामा आउनु स्वभाविक नै हाे पटकपटक चर्चामा आएकी गायिका चाैहानले यहीँ बैशाख ५ गते बागलुङ नगरपालिका वडा नम्बर २ निवासी बिष्णु सापकोटा संग वैवाहिक जीवनमाबाढिएका छन् । बिर्तामोड झापा निवासी बीरेन्द्र चाैहान र जमुना चाैहानकी छाेरी एलिना चाैहानकाे बागलुङ नगरपालिका २ फूलप्रसाद सापकोटा र… पुरा पढौ

निजी क्षेत्रसँगको सहकार्यबाट मात्र अर्थतन्त्र गतिशील हुने

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिने बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घको २१ औँ वार्षिकोत्सव समारोहका अवसरमा प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रको मनोबल बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । “अर्थतन्त्रको सुधारका लागि सरकार गम्भीर छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिन्छ भन्नेमा म स्पष्ट पनि छु । अर्थतन्त्र सुधारका लागि सरकारले सकारात्मक हस्तक्षेप गरेको छ, गरिरहन्छ ।” उहाँले निजी क्षेत्रको मनोबल बढाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने र… पुरा पढौ

कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासन : प्रधानमन्त्री

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको प्रत्याभूति गर्न सकिने बताउनुभएको छ । रणनीतिक तथा सामाजिक–आर्थिक अनुसन्धानका लागि संस्था(आइएसएसआर)ले आज यहाँ आयोजना गरेको ‘सुशासनका चुनौती र सरकारको आगामी कार्यदिशा’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउन कानुन कार्यान्वयनको पाटोलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । मुलुकको समग्र विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायलाई कानुन,… पुरा पढौ

चैत्राष्ठमीका दिन कालीका भगवती मन्दिरमा घुइँचो

बागलुङ /नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालिका भगवती मन्दिर बागलुङमा च‌ैत्राष्ठमीकाे आठौं दिन अर्थात् अष्ठमीका दिन हजारौं श्रद्वालु भक्तजनकाे घुइँचो लागेको छ ।रमणीय मनमाेहक जंगलको बिचमा अवस्थित मन्दिरमा टाढाटाढादेखि भक्तजन आएपछि मन्दिर परिसर वरिपरि चहलपहल बढेकाे छ । नेपाली हिन्दु धर्मावलम्बीको धार्मिक आस्थाका केन्द्र नेपाल कै प्रमुख शक्तिपिठ कालीका भगवती मन्दिरमा श्रद्धालु भक्तजनहरूकाे चैते दशैकाे अवसरमा अष्ठमीका दिन  बिहानदेखि न‌ै मन्दिर पुजा अर्चना गर्नेहरूकाे भिड लागेको छ । बागलुङ नगरपालिका वडा नम्बर १ मा अवस्थित कालीका मन्दिरमा नव दुर्गाकाे आठौं… पुरा पढौ

चैते दशै मेलाको उद्घाटन चन्द्र ढकालले गर्ने

बागलुङ / नेपाल कै ऐतिहासिक चैते दशै मेलाको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकालले मंगलबार बागलुङमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । चैत ३० गतेदेखि शुरू भएको बागलुङ कालीका भगवती मन्दिर परिसरमा लाग्ने ऐतिहासिक मेलाको एक कार्यक्रम बिच बागलुङ निवासी उद्यमी ग्लोबल आइएमी बैंकका प्रमुख समेत रहेका महासंघका अध्यक्ष ढकालले उद्घाटन गर्ने कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । चैत ३० गतेदेखि बैशाख ६ गतेसम्म हुने ऐतिहासिक मेलामाकालीका कप खुला भलिबल प्रतियोगिता ,राष्ट्रिय दाेहाेरी… पुरा पढौ

नागढुङ्गा सुरूङमार्ग नेपाली माटो सुहाउँदो

काठमाडौँ, ३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वाधार विकासमा नागढुङ्गा सुरूङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्तावेज हुने बताउनुभएको छ । नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको भौगोलिक बनौटका आधारमा सुरूङमार्ग निर्माणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरूको निर्माण कार्य समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “मैले प्रत्यक्ष रूपमा आयोजनाको समस्या समाधान र सहजीकरणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आयोजनाहरूको ‘भर्चुअल… पुरा पढौ

प्राज्ञिकहरूको प्रधानमन्त्रीलाई धन्यवाद : ‘मेरिटोक्रेसी लागू गर्नुभयो, खुसी छौँ’

वैशाख ३, काठमाडौँ। त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र रजिष्टार मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकोमा खुसी व्यक्त गर्दै प्राध्यापक एवं प्राज्ञिकहरूले सामूहिक रूपमा धन्यवाद व्यक्त गर्नुभएको छ। सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा भेट गर्दै उहाँहरूले खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति गरेसँगै विश्वविद्यालयको प्राज्ञिक छविमा सकारात्मक सन्देश गएको बताउनुभयो। भेटमा प्रधानमन्त्री प्रचण्डले आफू विश्वविद्यालय र शिक्षा क्षेत्र सुधारमा गम्भीर भएको जानकारी दिँदै मेरिटोक्रेसीको अवधारणा थप दृढताका साथ बाँकी ठाउँहरूमा पनि अवलम्बन गरिने बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, ‘‘विश्वविद्यालय सुधार्ने हो भने मेरिटोक्रेसीको कुनै बिकल्प… पुरा पढौ

विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा फर्किए

वैशाख ३, काठमाडौँ। नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा फर्किएका छन्। पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गर्नुभएको थियो। डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै हाल नेपाल समाजवादी पार्टीमा क्रियाशील रहँदै आएका थिए। सोमबार बिहान उनी माओवादी केन्द्रमा फर्किएका हुन्। पुरा पढौ

सुनिल गिरीको कालीगड सार्वजनिक

काठमाडौं । गायक सुनिल गिरीले नयाँ गीत ‘कालीगड’ सार्वजनिक गरेका छन्।  नेपाली सांगीतिक क्षेत्रमा निरन्तर रुपमा सक्रिय रहेका गायक गिरी प्राय: आफ्नो नयाँ शैली मार्फत दर्शक तथा श्रोतामाझ आउने गरेका छन् । यस्तैमा, गायक गिरीले नयाँ वर्षको अवसर पारेर शनिबार सार्वजनिक गरेको गीतमा उनीसँगै गायिका मेलिना राईको स्वर छ। उनले सार्वजनिक गर्ने फरक फरक शैलीका गीतले दर्शकको साथ पाउँदै आएका छन् । ‘को होला त्यो’ फ्रेम्ड गायक उनको यो गीत लोक फिल्मी शैलीमा छ। गीतको शब्द तथा संगीत रचना उनकै हो। ‘‘यो… पुरा पढौ

नयाँ भर्सनमा जुना श्रीष मगरकाे खाेली रसायाे

काठमाडौ / कुनै समयकाे चर्चित लोकगीत ‘खोली रसायो’ नयाँ भर्सनमा आएको छ । यस गीतलाई नयाँ भर्सनमा गायिका जुना श्रीस मगर र अम्बर विरही गुरुङले बजारमा ल्याएका हुन् । नया बर्षकाे आगमन संगै खाेलि रसायाे माैलिक गितले आम दर्शक श्राेताकाे माया पाउनेमा गायिका जुना श्रीस ढुक्का छिन । मौलिक भेष भुषामा नेपालकाे लाेक संस्कृतिलाई जगेर्ना गर्ने साेचका साथ निर्माण गरिएकाे म्युजिक भिडियाे निकै उत्कृष्ट बनेकाे छ । अमर बिरही गुरूङकाे शब्द संगितमा जुना श्रिस मगर अग्रज अमर बिरही गुरूङकाे आवाजमा… पुरा पढौ