रिपोर्टस क्लबम रेशम चाैधरी रन्जिता श्रेष्ठ नआएपछि

-


     हिडन खबर    
     भाद्र ७ गते २०८१ मा प्रकाशित


काठमाडौं ,भदौ ७

नागरिक उन्मुक्ति पार्टीले राजधानीकाे भृकुटीमण्डपमा
रहेको रिपोटर्स क्लबमा आयोजना गरिएको टीकापुर घटना र वर्तमान सन्दर्भ कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चाैधरी र रन्जिता श्रेष्ठ आउने भनेर ठूलो प्रचारप्रसार गरिएपछि पत्रकारको ठूलो भिडभाड जम्मा भएको थियो ।

कार्यक्रम शुरूवात हुने समयमा एकाएक नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चाैधरी र रन्जिता श्रेष्ठ बिरामी भइ आउन नसकेको खबर सुनाउदै बागमती प्रदेशका नेताहरू मन्चमा आसनग्रहण गराउने काम गराएपछि नागरिक उन्मुक्ति पार्टीका नेता चाैधरी र
श्रेष्ठको खबर संकलन आएका पत्रकारहरू मध्य करिब आधा दर्जन पत्रकार कार्यक्रम छाेडेर हिडेका थिए ।

रेशम र रन्जिता बिच मदभेद रहेको दुई जना बिच सम्बन्ध बिच्छेद हुने अवस्थामा पुगेको भनेर बाहिर चलेको हल्ला भए जस्तो अवस्था नभएको भनेर नागरिक उन्मुक्ति पार्टीका नेता राजेश अधिकारीले स्पष्ट पार्ने प्रयास गरेका थिए ।

टीकापुर घटना घटेको ९ बर्ष पुगेको दिन भएकोले
रेशम चाैधरी कैलाली पुगेको कारणले काठमाडौं आउन नसकेको पुर्व अध्यक्ष एवम् पुर्व मन्त्री श्रेष्ठ
बिरामी परेको कारणले आउन नसकेको भनेर नागरिक उन्मुक्ति पार्टी बागमती प्रदेशका नेताहरूले स्पष्ट पार्ने प्रयास गरेका थिए ।

गिरिसचन्द्र लालकाे संयाेजकत्वमा गठन भएको लाल आयोगले दिएको प्रतिवेदनमा समेत रेशम चा‌ैधरी लगायतका नेताहरूलाई षड्यन्त्र मुलुक ढंगले फसाउने काम भएको कुरा नागरिक उन्मुक्ति पार्टीका नेताहरूले
दाबी गरेका थिए ।