समाचार

भारतीय दुताबास बाट झन्डै ५ करोड सहयोग स्थानीयकाेअसहमति पछि योजना अलपत्र ?

काठमाडौं /चन्द्रागिरि पहाडको काखैमा अवस्थित चन्दन भराटेश्वर महादेव मन्दिर काठमाडौंको महादेवस्थानमा अवस्थित प्राचीन ऐतिहासिक धार्मिकस्थल हो। चन्द्रागिरि नगरपालिका-६ मा रहेको यो मन्दिर भगवान शिवका ६४ वटा ज्योतिर्लिङ्‍गमध्ये ५०औं मानिन्छ। ऐतिहासिक धार्मिक शक्तिपिठ चन्दन भराटेश्वर मन्दिर क्षेत्र भित्र बिभिन्न संरचना निर्माण गर्न छिमेकी मुलुक भारतीय राजदूताबास बाट झन्डै ५ करोड सहयोग गर्ने भएपछि भब्य संरचना निर्माण हुने डिपिआर तयार भएर ठेक्का सम्झौता भएपछि स्थानीय बासिन्दा आफ्नो अधिकार संरक्षण हुनुपर्ने माग गरेका छन् । प्रसिद्ध धार्मिक शक्तिपिठ चन्दन भरातेश्वर महादेव मन्दिर प्राङ्गण काठमाडौंमा भारतीय राजदूतावासले गुरू… पुरा पढौ

बागलुङमा प्रिन्सिपल एसाेसियसन अफ नेपाल पान गठन

बागलुङ / प्रिन्सिपल एसाेसियसन अफ नेपाल देशभरका सामुदायिक बिद्यालयमा कार्यरत प्रधानाध्यापकहरूकाे गैरराजनीतिक गैर नाफा मुलक गैर युनियन पेशागत संस्था बागलुङमा भएको बिद्यालयका प्रिन्सिपलहरूकाे भेलाले प्रिन्सिपल एशाेसियसन अफ नेपाल पान गठन गरिएको छ ।कार्यक्रममा प्रमुख अतिथि पुर्व मन्त्री दिपेन्द्र बहादुर थापाले मानिस जुन ठाउँमा रहन्छ त्यसको चिन्तन गर्न ज़रूरी भएको विद्यालयमा प्रधानाध्यापकहरूले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि के- के प्रयास गर्न सकिन्छ भनेर चिन्तन गर्नु पर्दछ भन्नुभयाे । आफूले आफैलाइ विश्वास गरेर, व्यक्तिगत स्वार्थबाट माथि उठेर, कुनै पनि आग्रह पूर्वाग्रह नराखी विद्यालयको… पुरा पढौ

आफुहरूलाई सफल हुन कलाकारकाे सहयोग आवश्यकसांसद साेविता गाैतम सन्दर्भ रङ्ग दर्पण म्यूजिक अवार्ड

काठमाडौ रङ्ग दर्पण म्युजिक प्रालिको आयोजनामा रङ्ग दर्पण म्युजिक अवार्ड २०८१ एक कार्यक्रम बिच राजधानीमा सम्पन्न भएको छ ।अहिले बर्ष भरि ५० वटा भन्दा बढी म्युजिक अवार्ड वितरण हुने गरेको यो विधामा धेरै विकृति विसंगति पलाउदै गइरहेको म्युजिक अवार्ड खरिदबिक्री हुने गरेको कुरा बाहिर आएको हुदा यसमा सुधार गर्नुपर्ने बक्ताहरूले सुझाव दिएका छन् । नेपाली माैलिक कला संस्कृति संरक्षण संवद्वन र प्रवद्वन गर्दैश्रष्टा सर्जकहरूलाइ सम्मान गर्दै एउटै मन्चमा एकसाथ उभ्याउदै गीत संगीतकाे माध्यमबाट सिंङ्गाे देशलाई नै समृद्धिकाे दिशातर्फ नेतृत्वदायी भुमिका… पुरा पढौ

माआ‌ेवादी संसदीय दलको बैठक शुरू

काठमाडौ / नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबारमा सुरू भएको छ।माआ‌ेवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड सहितका नेताहरू संसदीय दलमा सहभागी रहेका छन् । संसदीय दलको बैठकमा समसामयिक राजनीति बिषयमा छलफल हुने अनुमान गरिएको छ । पुरा पढौ

समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरण आवश्यक छ : प्रधानमन्त्री

काठमाडौँ, १७ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामन्तवादी संस्कृतिले खडा गरेको रूढीवाद, अन्धविश्वास, अन्धभक्तिलाई पाखा लगाएर समाजवादी संस्कृतिको जग बसाल्नुपर्नेमा जोड दिनुभएको छ । जनसांस्कृतिक महासङ्घ नेपालको आठौँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरण आवश्यक भएको बताउनुभयो । “संस्कृतिको जग समाज हो । तसर्थ, समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरणको अहम् भूमिका रहन्छ,” प्रधानमन्त्रीले भन्नुभयो, “जनताको जीवनपद्धतिलाई समाजवादी संस्कृतिको आधारविन्दु मानी वैचारिकीकरण गरी सङ्ठगित गर्नुपर्छ ।” जनयुद्धकालमा सांस्कृतिक आन्दोलनमा सामाजिक रूपान्तरण र… पुरा पढौ

सडकको काम दश महिनापछि पुन सुरु

बागलुङ /सरकारले ठेकेदार कम्पनी लाइ भुक्तानी दिन नसकेको कारण ठप्प रहेको बागलुङको एक निर्वाचन क्षेत्र एक रणनैतिक सडक सरकारले बजेट छुट्टयाइएपछि पुन शुरू भएको छ ।तिब्र गतिमा भइरहेको काम ठेकेदार कम्पनीले भुक्तानी पाउने सुनिश्चित भएपछि कामले गति लिएको छ । बागलुङ बजार देखि सिगाना हुँदै शान्तिपुर जोड्ने सडकको काम दश महिनापछि पुन सुरु भएको छ ।  निमार्ण कम्पनीले काम गरेको भुक्तानी नपाएको भन्दै १० महिना अगाडि निमार्णको काम बिचैमा छाडेकोमा अहिले भने काम पुन तिव्रता दिएको छ । तीन करोड… पुरा पढौ

रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयनमा ल्याउँने तयारीमा

विराटनगर, १७ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताउनुभएको छ । श्रमाधान रोजगार मेलालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशिलता विकास गरिने बताउनुभयो । “वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशिलता विकास गर्न तथा रोजगारीको माग र आपूर्तिको विषयमा काम गर्ने रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयनमा… पुरा पढौ

सामुदायिक बिद्यालयका बिद्यार्थीलाइ ड्रेस सहयोग

बागलुङ / आफु गाउमै जन्मे हुर्केर गाउकै बिधालयमा अध्यन गरेको स्मरण गर्दै आफ्नै गाउको बिधालयमा केही सहयोग गरौ भन्ने भावनाका साथ बागलुङको एक सामुदायिक बिद्यालयमा सहयोग गरेको छ । बागलुङ हाल काठमाडौको एलआरआइ स्कुलका इभ्यालेसन अफिसर शान्ता शर्माले आफ्नो दैनिक खाजा कटौती गरि श्री जनचेतना प्राथामिक बिधालय बानपा १२ अमलाचौरका ३० जना बिथार्थीहरू लाई करिब ६० हजार बराबरको सहयोग गर्नुभएको छ । शर्माले बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाइ स्कुल स्पाेर्ट ड्रेस बितरण गर्नु भएको छ । बितरण कार्यक्रममा बोल्दै निजी बिधालय हुने… पुरा पढौ

नयाँ बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने ?

सिन्धुपाल्चोक, १६ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने बताउनुभएको छ । चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उत्पादन, उत्पादकत्वा र रोजगारी प्रवर्द्धन गर्नेगरी बजेट सार्वजनिक गरिएको बताउनुभयो । “गणतन्त्र स्थापनापछि थुप्रै उपलब्धि हासिल गरेका छौँ, पूर्वाधारदेखि शिक्षा स्वास्थ्यलगायतका सार्वजनिक क्षेत्रमा गुणात्मक परिवर्तन भएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सदनमा प्रस्तुत बजेटले नेपाल अब आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको घोषणा गरेको छ ।”… पुरा पढौ

हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्री प्रचण्डको आह्वान

काठमाडौँ, १६ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गर्नुभएको छ । उहाँले सरोकारवाला सबै क्षेत्रबीच सहकार्य र समन्वय गरेर हिमाल संरक्षणमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । ७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारले आगाडि बढाएको ‘हिमाल जोगाऔँ, मानवता बचाऔँ’ भन्ने अभियानलाई सघाउन आग्रह गर्नुभएको हो । विश्वव्यापी जलवायु परिवर्तनका कारण तापक्रमको वृद्धिसँगै सगरमाथा लगायतका हिमालहरू यसको असरको चपेटामा पर्दै गएको उल्लेख गर्दै प्रधानमन्त्री… पुरा पढौ