समाचार

बागलुङ जेसीजद्धारा भकूण्डेमा डस्विन

बागलुङ/बागलुङको बराह ताल परिसरमा चौथो बोर्ड बैठक सम्पन्न गर्दै जेसीज बागलुङले ‘जेसीज गाउँ’ भकुण्डेका बिभिन्न स्थानमा फोहोर संकलनका लागि डस्विन बितरण गरेको छ । पर्यटन प्रवद्र्धनका लागि पैदलयात्रासहित चौतारेडाँडा मावि, भैरव मावि, स्वास्थ्यचौकी, वडा कार्यालय, स्मृति पार्क, बराह तालका लागि १७ वटा फोहोर संकलन गर्ने डस्विन बितरण गरिएको हो । साथै, स्थानीय युवालाई जेसीजका बारेमा जानकारी गराइएको थियो ।सो अवसरमा किरण बोहोरा संयोजक, नविन थापा, गोपाल बोहोरा, अमिर बोहोरा र नविन बोहोरा सदस्य रहेको ५ सदस्यीय जेसीज गाउँ समन्वय समिति… पुरा पढौ

बागलुङ नगरपालिकामा जेष्ठ नागरिक स्वास्थ परिक्षण

बागलुङ /बागलुङ नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा बागलुङ नगरपालिका वडा नम्बर १२ अमलमाचौरमा स्वास्थ परिक्षण कार्यक्रम सम्पन्न भएको छ । अमलाचाैरकाे ढकाल थरमा जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण कार्यक्रम गरिएको हाे ।कार्यक्रममा ११० जना जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । सुगर जाँच, पिसाबमा एल्बुमिन प्रोटिन जाँच, रक्तचाप जाँच तथा अन्य शारिरिक परिक्षण गरी निशुल्क औषधि वितरण गरिएको बागलुङ नगर स्वास्थ शाखाजनस्वास्थ्य अधिकृत डिल्लि प्रसाद आचार्यले बताउनुभयो । कार्यक्रममा जनस्वास्थ्य अधिकृत विष्णु प्रसाद शर्मा, स्वास्थ्य कार्यालय बागलुङका क्षय कुस्ठ निरिक्षक देव प्रकाश… पुरा पढौ

कालीका भगवती मन्दिरमा चैते दशैकाे अबधिमा ४० लाख भेटी संकलन

बागलुङ नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर बागलुङमा ऐतिहासिक चैते दशैकाे अवसरमा ४० लाख ७२ हजार ५ सय ५८रूपैयाँ भेटी संकलन भएको छ । मन्दिरमा पुजा गर्न आएका भक्तजनबाट चैते दशैकाे ९ दिनको अवधिमा मन्दिर दर्शन गर्न आएका श्रद्धालु भक्तजन बाट उक्त भेटी संकलन भएको कालीका गुठी ब्यवस्थापन समितिका काेषाध्यक्ष रामबहादुर खड्काले बताउनुभयो । कालीका मन्दिरमा चैते दशैकाे पहिलो दिन ५ लाख ९९ हजार ८० रूपैयाँ दाेस्राे दिन २ लाख ८७ हजार ३० रूपैयाँतेस्रो दिन २ लाख ४७… पुरा पढौ

पूर्णबहादुरकाे सारङ्गीमा प्रकाश सपुत अनुबन्धित

काठमाडौं ।  सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् । जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारी गरेको फिल्मको निर्माण पक्षले सपुतसँग केही दिन अघि कागजी सम्झौता गरेको हो । उनको भूमिकाको बारेमा अहिलेसम्म कुनै जानकारी गराइएको छैन । सेभेन सिज सिनेमाज् को प्रस्तुतिमा बन्न लागेको यस फिल्मको लेखन तथा निर्देशन सरोज पौडेल हुन् । निर्माण पक्षले यस अघि फिल्मको नाम र थिम भिडियो सार्वजनिक गरेको थियो । जसमा फिल्मलाई… पुरा पढौ

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध

मोरङ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारले विशेष चासो दिएको बताउनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका निकायले गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । “पूर्वाञ्चल विश्वविद्यालय परिसरमा आवश्यक संरचना तयारगरी मेडिकल कलेज सञ्चालन गर्नुपर्छ । यस क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “मेरै पहलमा पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालनको अनुमति प्राप्त गरेको हो । आगामी… पुरा पढौ

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाउन जरुरी

मोरङ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्ने बताउनुभएको छ । पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय देखिएको बौद्धिक पलायनलाई रोक्नका लागि पाठ्यक्रम समयानुकूल परिवर्तन गर्न जरुरी देखिएको बताउनुभएको हो । “युवा–विद्यार्थीमा देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गराई बौद्धिक पलायनलाई रोक्नसमेत पाठ्यक्रममा आमूल परिवर्तन जरूरी देखिन्छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “प्रविधिमा आधारित नवप्रवर्तन र अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर पाठ्यक्रम… पुरा पढौ

कलाकार एलिना चाैहान बने सिवाइसी सहकारीको शेयर सदस्य

बागलुङ ।घर घरमा पुग्ने लक्ष्य, खुसी र समृद्ध सदस्य भन्ने नारा साथ सिवाईसी साकोस, मुक्तिनाथ सदस्य सेवाकेन्द्र, बागलुङले नयाँ बुहारी स्वागत कार्यक्रम अन्तर्गत कलाकार एलिना चाैहानलाइ सहकारीमा स्वागत गरेको छ । केही दिन अघि मात्रै बागलुङका युवा बिष्णु सापकोटा संग बिवाहा गर्नु भएका राष्ट्रिय कलाकार चौहान सहकारीकाे स्वागत लगत्तै सिवाइसी साकोस मार्फत शेयर सदस्य बन्नु भएको हाे । कलाकार चाैहान संस्थामा सहकारी सिद्धान्त, मूल्य - मान्यता तथा सिवाईसी का नीतिनियम, निर्देशिकाहरुलाई आत्मसात गरी सहकारी अभियानमा सहभागी बन्न शेयर सदस्य बनी… पुरा पढौ

प्रधानमन्त्री प्रचण्ड र एडिबीका उपाध्यक्ष बीच भेट

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ याङले शिष्टार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरूबीच नेपालको आर्थिक विकासका साथै आसन्न लगानी सम्मेलनका विषयमा छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले लगानीका लागि नेपाल उपयुक्त गन्तब्य भएको बताउँदै भौतिक पूर्वाधार निर्माणमा एडिबीको महत्वपूर्ण लगानी रहेको बताउनुभयो । उहाँले नेपालमा हुन गइरहेको लगानी सम्मेलनमा नेपालले प्रभावकारी एवं लगानीयोग्य आयोजनाहरु प्रस्ताव गर्ने जानकारी दिनुभयो । “सरकारले कानुनी एवं नीतिगत सुधार… पुरा पढौ

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिआइडिसिए) का अध्यक्ष लु झाउहुईले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरूबीच नेपालको आर्थिक विकासका साथै आसन्न लगानी सम्मेलनका विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.रुपक सापकोटाले जानकारी दिनुभयो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय नेपाल–चीनबीच भएका उच्चस्तरीय भ्रमणबाट दुई देशबीच रही आएको सम्बन्धले थप उचाइ लिँदै गएको र द्विपक्षीय सम्झौताहरूको कार्यान्वयनमा गति पैदा भएको बताउनुभयो । “नेपाल र… पुरा पढौ

धाैलागिरि अस्पतालका मेसु माथि ब्यवस्थापन समितिका सदस्य श्रेष्ठद्वारा दुर्व्यवहार

धाैलागिरि अस्पताल बागलुङमा कार्यरत प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रविरंजन प्रधान माथि बिहीबार दिउँसो कार्यालय समयमा अस्पताल ब्यवस्थापन समितिका सदस्य कृष्णशकर श्रेष्ठले दुर्व्यवहार गरेका छन् । अस्पतालमा भित्र आएर ब्यवस्थापन समितिका सदस्य समेत रहेका श्रेष्ठले आफुलाई दुर्व्यवहार गरेको भन्दै मेडिकल सुपरिटेन्डेन्ट प्रधानले दाेषि माथि अबिलम्व कार्यवाहीकाे माग गर्दै जिल्ला प्रशासन कार्यालय बागलुङमा लिखित रूपमा उजुरी गरेका हुन् । धाैलागिरि अस्पताल मेडिकल सुपरिटेन्डेन्ट प्रधानकाे कार्यकक्षमा ब्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद पाैडेल ब्यवस्थापन समितिका सदस्य धनमाया पाैडेल मेडिकल सुपरिटेन्डेन्ट रविरन्जन प्रधान ,लगायतका डाक्टर… पुरा पढौ