समाचार

बागलुङमा ट्रिपर दुर्घटना ३ जना घाइते

बागलुङ ,श्रावण २८ बागलुङको ढोरपाटन नगरपालिका ६ खर्चुङ स्थित भित्री सडक खण्डमा गादीखोलाबाट तामेद्वार तर्फ जाँदै गरेको प्रदेश ३-०१००३ क ५१७२ नं.क खाली टिप्पर अचानक सडकबाट २५ मिटर तल खसी दुर्घटना भएको छ । दुर्घटनामा परेर ट्रिपरमा सवार ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।घाइतेहरूकाे उपचारको लागि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउद‌‌ै गरेको प्रहरीले जनाएको छ । दुर्घटना परेर चालक राज कुमार वि.क. ट्रिपरमा सवार तिर्थमान बुढा र हिमाल बुढा घाइते भएका छन् ।घाइतेहरूकाे अवस्था सामान्य… पुरा पढौ

तीजमा जानकी तारामी मगरकाे “करिम” सार्वजानीक

केपि कुमार जलन कास्की / यत्रातत्रा तीजका गीतले पुरै सांगितिक बजार हल्लाइ रहेको छ । तीजका गीत धमाधम बजारमा आई रहेका छन , स्टुडियाेमा रेकर्डिङ गर्न समेत भ्याई नभ्याई छ । गायक गायिका लाई निकै हतार छ । दर्शकलाई कस्ता आए  तीजका गीत भनेर खुल्दुली छ तर तीज गीतका नाममा छाडा भड्किला गितहरू कता कता सार्बजानिक भएका छन। त कति गीतले तिजकाे सन्देश झल्किने गित बजारमा सार्बजानीक गरेका छन । पछिल्लाे समय काठमाण्डाैलाई कर्मथलाे बनाउदै आएकी गायिका जानकी तारामी मगरकाे… पुरा पढौ

नाग्लिवाङ सेवा समाजको आयोजनामा स्वास्थ शिविर

काठमाडौं / सामाजिक सेवाकाे उद्देश्यले गठित नाग्लिवाङ सेवा समाज काठमाण्डौले हालै एक बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । समाजले धरभुत स्वास्थ केन्द्र , टोखा नगरपालिका वडा नं १०, पुणिमा प्लस मेडिकल सेन्टर गोङ्ग्बु ,नया बसपार्क, गन्डकी सपिङ सेन्टर प्रा.लि. गोङ्ग्बु गणेस्थान , नेपाल इन्टरनेशनल हेल्थ सर्भिस जमल काठमाडौं ,र समुन्नत नेपाल फाउन्डेसनको सहकार्यमा उक्त शिविर सम्पन्न भएको हो । उक्त शिविरबाट १ सय ४१ जनाले स्वास्थ सेवा लिएका थिए पछिल्लो समय विभिन्न कारण सर्वसाधारणहरुमा उच्च रक्तचाप, मधुमेह लगायतका… पुरा पढौ

स्वास्थ्य बिमाको रकम ५ लाख बनाउने प्रस्ताव

काठमाडौं / स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत रकमको दायरा बढाएर कम्तीमा पाँच लाख रुपैयाँ बनाउने प्रस्ताव गरेका छन्। स्वास्थ्य बीमामा सबै नागरिक समावेश गर्न नसकेको र उपचार लिन जाँदा सेवाग्राहीले भोग्नुपरेको सास्तीलाई उल्लेख गर्दै स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य बीमा परिमार्जन गरेर लैजानुपर्ने बताए । पौडेलले बीमाको दायरा बढाएर कम्तीमा पनि ५ लाख बनाउने प्रस्ताव गरेका छन् । मन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले बिमाको दायरा बढाउने प्रस्ताव गरेका हुन्। ‘हामी कर कोषबाट ल्याएर बिमामा रकम थप… पुरा पढौ

जापानमा रहेकी गायिका निसा क्षेत्रीकाे तीजगीत लाहुरसार्वजानीक

केपि कुमार जलन कास्की / प्रत्येक वर्ष जस्तै यस वर्ष पनि नेपाली हिन्दुनारीहरुको महान् पर्व हरितालिका तीज नजिकिदै गर्दा तीज गीत निकाल्नेहरुको लहर ह्वात्तै बढेको छ । वर्षको एक पटक आउने तीज पर्वलाई मध्यनजर गर्दै तीज गीत निकाल्नेहरुको संख्या पनि उत्तिकै बढ्दो क्रममा रहेको छ । यस वर्ष २०८१ सालको तीज पर्व नजिकिदै गर्दा विगतमा जस्तै केही पुराना कलाकार र केही नयाँ कलाकारहरु बीच नयाँ तीज गीत निकाल्नका लागी दौडधुप गरेको पाईन्छ । यसै क्रममा प्रदेशी गायिका निसा क्षेत्रि "निशाना"… पुरा पढौ

भारतीय बिदेश सचिव र पूर्व प्रधानमन्त्री प्रचण्ड

काठमाडौं / नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेशसचिव विक्रम मिश्रीले शिष्टाचारले पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अध्यक्ष निवास खुमलटारमा भेटवार्ता गर्नुभएको छ। भेटका अवसरमा दुई देशबीचको आपसी हित एवं पारस्पारिक सम्बन्ध अभिवृद्धि गर्ने विषयमा महत्वपूर्ण कुराकानी भएको छ। पुरा पढौ

फिल्म ‘नरसिंहाः अवतार’ चर्चाको बिषय

काठमाडौं । निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको आगामी फिल्म ‘नरसिंहाः अवतार’ यतिबेला चर्चाको विषय बनेको छ । यही फिल्मबाट महानायक राजेश हमाल ८ वर्षपछि कमव्याक गर्न लागेकाले पनि यो फिल्मका कारण फिल्म क्षेत्र गर्माएको छ । यही फिल्ममा नायिका निती शाह पनि अनुबन्धित भएकी छन् । निर्माणपक्षले नितीको एउटा लुक्स सार्वजनिक गरेको छ । सार्वजनिक लुक्समा नितीलाई महंगो पहिरन र महंगा गहनामा सजिएकी सुन्दरीका रुपमा देखाइएको छ । फिल्ममा उनको भूमिका के हुन्छ भन्ने निर्माण पक्षले अहिलेसम्म सस्पेन्स नै… पुरा पढौ

नेपाल पत्रकार महासंघको निर्वाचन सुनिश्चित गर्न प्रेस युनियनको माग

काठमाडौं । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको निर्वाचन सुनिश्चित गर्न आग्रह गरेको छ। नेपाल प्रेस युनियनकाे काभ्रेकाे धुलिखेलमा शनिबार र आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सदस्यतासम्बन्धी विवाद टुंग्याएर निर्वाचनमा देखिएको अन्योल हटाई निर्वाचन सुनिश्चित गर्न पत्रकार महासंघसँग आग्रह गरेको महासचिव दिलीप पौडेलले बताए । नेपाल पत्रकार महासंघको निर्वाचन पटक पटक स्थगित हुँदै आएको छ । बैठकले महासंघलाई सबै आस्था र विचार राख्ने व्यवसायिक पत्रकारको छाता संस्थाका रूपमै अघि बढाउनुपर्छ भन्ने मूल्य, मान्यतालाई आत्मसात गर्दै सबै क्रियाशील पत्रकार तथा पत्रकारसम्बद्ध… पुरा पढौ

बागलुङ भैरवस्थान मन्दिरमा भदौ ४ गते हरेलाे मेला लाग्ने

बागलुङ /गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बलेवा कालभैरवको धार्मिक एवं सांस्कृतिक प्रचारप्रसार र प्रवर्द्धनका लागि यहीँ भदौ ४ गते ‘तेस्रो हरेलो मेला आयोजना गरिने भएको छ । मेलाको उद्घाटन गर्न नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकाल आउने भएका छन् । बलेवा कालभैरवको धार्मिक एवं सांस्कृतिक प्रचारप्रसार र प्रवर्द्धनका लागि ‘तेस्रो हरेलो मेला’को तयारी गरिएको बताइएको छ । वर्षाको समयमा रोपेको धानमा मुसा नलागोस्, बाली नमासियोस् बाली सहजै भित्र्याउन सकियोस् र अन्न घेरै राम्रो उत्पादन होस् भन्ने कामना… पुरा पढौ

आमाकाे स्मृतीमा निलिमा पुनकाे तीजगीत सार्वजानीक

केपि कुमार जलन कास्की / हाम्रो समाज बिकृति विसङ्गति भित्र रुमालिदै गर्दा आज हाम्रो समाज धेरै पछाडि परेको छ । एकातिर विदेशी देखासिकीले गर्दा समाज संस्कृति रीतिरिवाज हराउँदै गएको समयमा हिन्दूहरूको महान चाड हरितालिका तीजको अवसरमा बास्ताविक यथार्थ बोकेको अामाकाे तिजगित बजारमा सार्वजानीक भएकाे छ । पछिल्लाे समय तिजगितका नाममा भित्रिएकाे छाडापन र संस्कृति माथि भएकाे प्रहार लाई चुनाैति दिदी गायिका पुनले आमा प्रति समर्पित तिज गित बजारमा ल्याउनु भएकाे हाे । अामाकाे स्मृतीमा तयार पारीएकाे गितमा गायिका निलिमा पुनकाे… पुरा पढौ