समाचार

माआ‌ेवादी केन्द्रका इन्द्र एमालेमा समाहित

बैशाख ३० गते हुने निर्वाचन नजिकिदै गर्दा जिल्लामा एक पार्टी बाट अर्को पार्टीमा प्रवेश गर्ने लहरै चलेको छ ।नेपाल कम्युनिस्ट पार्टी एमालेले कार्यक्रम गरेर अरू पार्टी बाट आएका नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा समाहित गराउदै गएको छ । नेकपा एमाले बागलुङ सदरमुकाममा पत्रकार सम्मेलन गरेर चुनावी अभियानमा केन्द्रीत भएर जबर्जस्त कार्यक्रम शुरू गरेको छ ।केही दिन अघि नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्र बागलुङ नगर समितिका अध्यक्ष पद छाेडेर स्वतन्त्र भएका इन्द्र केसी पारस एमालेका उप महासचिव पृथ्वी सुब्बा गुरूङले एमालेमा… पुरा पढौ

शान्तिपूर्ण निर्वाचन सञ्चालन गर्न ४ जिल्लाका सुरक्षा प्रमुखलाई मुख्यमन्त्रीको निर्देशन

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भयरहित तरिकाले निर्वाचन सम्पन्न गर्न प्रदेश सरकार तत्पर रहेको भन्दै जिल्लाको अवस्था अनुसार सुरक्षा योजना बनाउन निर्देशन दिएका छन् । बुधबार बागलुङ सदरमुकाममा भएको अन्तर जिल्ला सुरक्षा समन्वय बैठकमा ४ जिल्लाको सुरक्षाको अवस्था, सबल पक्ष र चुनौतीका बारेमा प्रमुख जिल्ला अधिकारीहरूको प्रस्तुति सुनेपछि उनले उक्त निर्देशन दिएका हुन् । प्रदेशको आन्तरिक मामिला मन्त्रालयले गरेको कार्यक्रममा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकाय प्रमुख सहभागी थिए । कार्यक्रममा मुख्यमन्त्री पोखरेलले भने,… पुरा पढौ

मुख्यमन्त्री पोखरेल कालीका मन्दिरमा

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेले नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपीठ कालीका भगवती मन्दिरकाे बुधबार दर्शन गर्नुभएको छ । चैत्राष्टमी पर्वको अवसरमा बागलुङ आउनुभएका मुख्य मन्त्री नेपालीलाई कालीका भगवती गुठी ब्यबस्थापन समितिका अध्यक्ष कुमार खड्काले खादा ओढाएर सम्मान गर्नुभएको थियो । मुख्य मन्त्री नेपालीका साथ बागलुङ आउनुभएका नेपाली प्रहरी गण्डकी प्रदेश प्रमुख डिआइजी दिवेश लोहनी, लगायतका ब्यक्तिहरूलाइ समेत गुठीका अध्यक्ष खड्काले स्वागत गर्नुभएको थियो । कालीका भगवती मन्दिरमा चैते दशैकाे अबधिभर काठमाडौ ,पाेखरा नारायणगढ ,बुटवल, नवलपरासी ,पर्वत ,म्याग्दी ,स्याङ्जा ,गुल्मी… पुरा पढौ

बागलुङ नगरपालिका-१३ को वडा अध्यक्षमा काङ्ग्रेसका ४ आकांक्षी

स्थानीय तहको निर्वाचन आउन ४० दिन बाँकी रहँदै गर्दा बागलुङ नगरपालिका वडा नम्बर १३ पैयुंपाटाकाे वडा अध्यक्ष बन्नकाे लागि स्थानीय नेताहरूको दौडधुप बढेको छ । बागलुङ नगरपालिका भित्र नेपाली काङ्ग्रेसको जनमत बढि भएको वडा मध्ये पर्ने पैयुँपाटामा काङ्ग्रेसबाट वडा अध्यक्ष बन्न ४ जना आकांक्षी देखिएका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले जित हासिल गरेको वडामा यस पटक हालका वडा अध्यक्ष नारायण पाैडेलले नगर प्रमुखमा आकांक्षी रहेकाले आगामी बैशाख ३० निर्वाचनमा वडा अध्यक्ष बन्न नेपाली कांग्रेसका ४ जना आकांक्षी… पुरा पढौ

साँढेलाई जतिसुकै कनाएपनि दूध दिदैन : राप्रपा अध्यक्ष लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राप्रपाको विकल्प नरहेको बताएका छन् । बागलुङमा आयोजित सभामा नोपलमा अन्य दल सँग जनता आजित भएको बताएका हुन । पटक पटक जनमत पाएर पनि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले देश बनाउन नसकेको आरोप लगाएका छन् । अध्यक्ष लिङ्देनले देशका प्रमुख राजनीतिक दललाई पटक पटक देश विकासको नेतृत्व गर्ने अवसर पाउदा काम नगरेकोले ति पार्टीको विकल्पमा राप्रपा रहेको बताए । उनले ठूला दलबाट देश बन्छ भनेर अपेक्षा गर्नु दूध दुहनका लागि साँढेको टाङ मुनि… पुरा पढौ

बागलुङ नगरपालिकाको प्रमखमा थपिए ७ आकांक्षी

बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचन हुने निश्चित हुदै गएपछि बागलुङ नगरपालिकामा नगर प्रमुख बन्ने आकांक्षी एकपछि अर्को थपिदै जान थालेका छन् । निर्वाचन नजिकिदै गर्दा बागलुङ नगरपालिकामा नगर प्रमुख बन्न थप ७ जना आकांक्षी देखिएका हुन् ।प्रतिगमन बिरूद्व गठबन्धन गरेका नेपाली कांग्रेस, माआ‌ेवादी केन्द्र, राष्ट्रिय जनमाेर्चा, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गरेपछि स्थानीय तहमा चुनाव लड्ने आकांक्षी बढ्दै गएको देखिन्छ । बागलुङ नगरपालिकाकाे नगर प्रमुख बन्न नेपाली कांग्रेसका… पुरा पढौ

बागलुङमा टाइफाइड बिरूद्व खाेप अभियान

राष्ट्रिय खाेप कार्यक्रम अन्तर्गत ५ बर्ष देखि १५ बर्षसम्मका बालबालिकालाई टाइफाइड बिरूद्व खाेप लगाउने स्वास्थ्य कार्यालय बागलुङले कार्यक्रम बनाएको छ । स्वास्थ्य कार्यालय बागलुङले टाइफाइड राेग विरूद्वकाे खाेप अभियान तथा नियमित खाेपमा टाइफाइड खाेपकाे शुरूवात सम्बन्धि पत्रकार अभिमुखीकरण कार्यक्रम गरेर जानकारी गराएको हो । १५ महिनादेखि १५ वर्षका बालबालिकालाई खाेप दिइने खाेप अभियान चैत २५ गतेदेखि ३० गतेसम्म बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकाेट नगरपालिका, ताराखाेला गाउँपालिका, काठेखाेला गाउँपालिका, बरेङ गाउँपालिकामा सञ्चालन हुने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुराैले बताउनुभयो ।… पुरा पढौ

बागलुङ नगरपालिका-५ काे वडा अध्यक्षमा दुई पार्टीका ८ आकांक्षी

स्थानीय तहको निर्वाचन नजिकिए संगै स्थानीय तहमा जनप्रतिनिधि हुनका लागि आकांक्षी खुलेर आएका छन् । बैशाख ३० गते निर्वाचन हुने लगभग सुनिश्चित बन्दै जान थालेपछि उमेदवारकाे चर्चा परिचर्चा शुरू भएको छ । बागलुङ नगरपालिका वडा नम्बर ५ मा वडा अध्यक्ष बन्नका लागि नेपाल कम्युनिस्ट पार्टी एमालेबाट अहिलेसम्म ४ जना आकांक्षी बाहिर देखिएका छन् । बागलुङ नगरपालिका कार्यपालिका सदस्य कालिका सापकोटा, नेपाल कम्युनिस्ट पार्टी एमाले जिल्ला कमिटी सदस्य हरि शर्मा, एमाले जिल्ला सदस्य काेपीला खरेल सापकोटा एमाले वडा कमिटी अध्यक्ष गोबिन्द… पुरा पढौ

५ दलीय गठबन्धनले बनायो स्थानीय निर्वाचनमा जान ५ सदस्य कार्यदल

बागलुङ जिल्लामा एमाले बिरूद्व ५ नेपाली कांग्रेस लगायतका राजनीति दलले स्थानीय निर्वाचनमा ५ दलीय गठबन्धन गरेर जाने सहमति गरेपछि राजनीतिमा नयाँ तरङ्ग आएको छ । दुई दुई पटक संसद विघटन गरेर गरेर केपी शर्मा आ‌ेलीले प्रतिगमन गरेको भन्दै केन्द्रीय राजनीतिमा बनेको राजनीति गठबन्धन यतिबेला सक्रिय हुन थालेको छ ।बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचन नजिकिए संगै बागलुङ जिल्लामा क्रियाशील ५ राजनीतिकदलकाे बैठक शुरू भएको छ । नेपाली कांग्रेस पार्टी ,नेपाल कम्युनिस्ट पार्टी माआ‌ेवादी केन्द्र ,राष्ट्रिय जनमाेर्चा ,नेपाल कम्युनिस्ट एकीकृत समाजवादी… पुरा पढौ

सुनिता खड्का: जो एक बचनले उद्यमी बनिन्

विभिन्न सामाजिक संघसंस्था क्रियाशील भएर काम गरेकि बागलुङ नगरपालिका वडा नम्बर ३ का सुनिता खड्का ३ बर्ष देखि बागलुङ सदरमुकाममा कर्नर बेकरी क्याफे संचालन गर्दै आउनुभएको छ ।आफ्ना सहपाठीहरू पढाइ र राेजगारीकाे लागि अमेरिका जापान, काेरिया,अस्ट्रेलीया, क्यानडा लगायतका देशमा गइरहेको समयमा सुनिता भने आफ्नो ठाउँ मै केही गर्नुपर्छ भन्ने मान्यता भएपनि के काम शुरू गर्ने भन्ने दाेधारमा थिइन् ।साथीहरू संग बेला माैकामा घुम्न निस्कने क्रममा चिया कफी खाने कुरा स्वभाविक रूपमा चल्दै आएको थियोे । सधैं झै दिदीबहिनी घुम्ने क्रममा… पुरा पढौ