समाचार

माओवादीको केन्द्र प्रथम विधान अधिवेशन : सुझाव सङ्कलन सकियो

काठमाडौँ, ३ फागुन : नेकपा(माओवादी केन्द्र)को प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझाव सङ्कलन गर्ने कार्य सम्पन्न भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही फागुन १ गते प्रस्तुत गर्नुभएको विधान मस्यौंदामाथि समूहहरुबाट आज सात टोलीबाट सुझाव प्रस्तुत गर्नुभयो । मङ्गलबारदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो । हिजो बुधबार १३ समूहबाट मस्यौंदा विधानमाथि सुझाव प्रस्तुत भइसकेको थियो । आज विधानमाथि सुझाव प्रस्तुत गर्दै कमला नहर्कीले पार्टीलाई श्रम र उत्पादनमा… पुरा पढौ

माओवादी केन्द्रको विधान अधिवेशन : समूगत सुझाव सङ्कलन शुरू

काठमाडौँ, २ फागुन । नेकपा(माओवादी केन्द्र)को प्रथम विधान अधिवेशनको दोस्रो दिन समूहगत छलफलबाट प्राप्त सुझाव सङ्कलन शुरू भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको विधान मस्यौंदामाथि समूहका संयोजकले सुझाव प्रस्तुत गर्न शुरू गरिएको हो । मङ्गलबारदेखि काठमाडौँको कमलाधिस्थित प्रज्ञा प्रतिष्ठानमा शुरू भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो । एक समूहमा कम्तिमा ५० जना प्रतिनिधि रहने गरी विधानमाथिको छलफलका लागि समूह बनाइएको थियो । सम्मेलनमा भाग लिन पार्टीका स्थायी समिति सदस्य, पोलिटब्युरो सदस्य,… पुरा पढौ

फिल्म काँडेतारकाे ट्रेलर सार्वजनिक

काठमाडौं । आगामी फागुन २५ बाट रिलिज हुने फिल्म ‘काँडेतार’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार ‘जनयुद्ध दिवस’को अवसर पारेर विश्वज्योती सिनेप्लेक्स हलमा पत्रकार सम्मेलको आयोजना गर्दै एक्सन–प्रधान रहेको ट्रेलर सार्वजनिक गरिएको हो । राष्ट्रिय भावनामा आधारित फिल्मको ट्रेलरमा भारतले नेपालको सीमा मिचेर मुलुकको राष्ट्रिय स्वाधिनतामा हस्तक्षेप गरेको कथावस्तु फिल्ममा पेश गरिएको छ । यस अघि देशभरका विभिन्न स्थानमा च्यारिटी शो प्रदर्शन गरिएको यो फिल्मलाई चलचित्र विकास बोर्डले विशेष फिल्मको रुपमा घोषणा गर्दै १० लाख रुपैयाँ प्रोत्साहन शुल्क प्रदान गरेको… पुरा पढौ

बिद्यामन्दिर पुस्तकालयकाे ७७ आ‌‌ैं स्थापना दिवस मनाइयो

बागलुङ /नेपाल कै पुरानो सामुदायिक पुस्तकालय विद्यामन्दिर पुस्तकालय, बागलुङ-२००३ को ७७औँ स्थापना दिवसको त्रिदिवसीय कार्यक्रम अन्तर्गत दोस्रो दिन (१ फागुन २०८०) मा प्रभातफेरी र बालबालिकाको नि:शुल्क दन्त परीक्षण सम्पन्न । प्रभातफेरीमा विभिन्न विद्यालयका छात्रछात्रा, शिक्षक गुरू/गुरूमाहरू, सामाजिक अगुवा, शिक्षा तथा पुस्तकालयप्रेमी आदरणीय महानुभावहरूकाे सहभागीतामा नगर परिक्रमा गरिएको थियो । पुस्तकालयद्वारा संचालित बालबिकास केन्द्र अध्ययनरत बालबालिकाको नि:शुल्क दन्त परीक्षण र उपचारमा प्राविधिक सहयोग अशोक डेन्टल केयर सेन्टरका दन्त चिकित्सक कल्पना लिम्बु र अशोक श्रेष्ठले गर्नु भएको पुस्तकालयका अध्यक्ष राम थापाले बताए… पुरा पढौ

श्रीब्रमाण्डिय महायज्ञलाइ सफल पार्न सरसफाइ

बागलुङ / युनिभर्सल सवलाइम एकेडेमी बागलुङ नगरपालिका वडा नम्बर २ को २१ औॅ वार्षिकोत्सवकाे अवसरमा आज पहिलो दिन सामाजिक उत्तरदायीत्वअन्तर्गत , अनन्त श्री ब्रमाण्डिय महायज्ञ सञ्चालनको पुर्व सन्ध्यामा सर्वसिद्दि धाम पन्चकोट परिसरमा सरसफाइ कार्यक्रम गरियो । प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य सर्वसिद्विधाम पन्चकाेटमा यहीँ फागुन ९ गतेदेखि २३ गतेसम्म श्री ब्रमाण्डिय महायज्ञ संचालन हुदै गरेको कार्यक्रममायुनिभर्सल सवलाइम एकेडेमीमा गठित युवा रेडक्रस सर्कलका विधार्थीहरु र शिक्षकद्वारा सरसफाइ कार्यक्रम सम्पन्न गरिएकाे थियोे । बिधालयमा पहिलो दिन अन्तर्गत बिबिध आन्तरिक खेलकुदका कार्यक्रम र बिभिन्न… पुरा पढौ

पाल्पामा जीप दुर्घटना, ८ जनाको मृत्यु

पाल्पामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका-६ स्थित शिखरडाँडामा यात्रुहरू बोकेको लु ख १ ज २३७१ नम्बरको जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो।  दुर्घटनाका घाइते र मृतकहरूको पहिचान खुलिसकेको छैन । घाइतेहरू अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण अहिलेसम्म खुलेको छैन ।  पुरा पढौ

प्रधानमन्त्री प्रचण्डद्वारा ‘डिजीटल बक्तृत्वकला’का विजेतालाई पुरस्कार वितरण

काठमाडौँ, १ फागुन : नेकपा(माओवादी केन्द्र) अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘डिजीटल बक्तृत्वकला’ प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गर्नुभएको छ । जनयुद्ध दिवसका अवसर योङ्ग कम्युनिष्ट लीग, नेपालले आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गर्नुभएको हो । प्रतियोगितामा प्रथम हुनुहुने आशा उपरकोटीले रु ५५ हजार, द्वितीय हुनुहुने सिलु क्षत्रीले रु ३५ हजार र तृतीय स्थान प्राप्त गर्नुहुने सम्झना राईले रु २० हजार नगदसहित सम्मान प्राप्त गर्नुभएको थियोे । पुरा पढौ

माओवादी युद्धका सहयात्रीहरुलाई एकताबद्ध हुन अध्यक्ष प्रचण्डको अपिल

काठमाडौँ, १ फागुन : नेकपा(माओवादी केन्द्र) अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धमा योगदान गर्ने सम्पूर्ण परिवर्तनका पक्षधरलाई एकताबद्ध हुन अपिल गर्नुभएको छ । नेकपा(माओवादी केन्द्र)ले आयोजना गरेको २९ औँ जनयुद्ध दिवसको आज यहाँ उद्घाटपछि शुभकामना व्यक्त गर्दै परिवर्तनका लागि बलिदान गर्ने योद्धाहरुलाई आरोपित गर्ने अधिकार कसै पनि अधिकार नभएको उल्लेख गर्नुभयो । सबै क्रान्तिकारी एकताबद्ध हुने राम्रो अवसर भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “एकै मोर्चा र केन्द्रमा एकता बद्ध गर्न आग्रह गर्दछु । ढिलो नगरी आनुहोस् बसौं,… पुरा पढौ

लघुवित्त र सहकारी पीडितलाई न्याय दिन म आफै सक्रिय छु : प्रधानमन्त्री

काठमाडौँ, १ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय दिन आफै सक्रिय भइरहेको बताउनुभएको छ। मंगलबार बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णीम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। भेटमा प्रधानमन्त्रीले भन्नुभयो, 'यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौं बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छु। तपाईहरूको सुझाव पनि म हेर्छु। यो समस्या जतिसक्दो छिटो टुंगाउन चाहन्छु, यसमा तपाईहरूको पनि… पुरा पढौ

अरूण चाैधरीलाइ दुई दिनमै छाेड्न आदेश दिने न्यायाधीश मुगु सरूवा भए

काठमाडौं /अरूण चौधरीलाई २ दिनमै छोड्न आदेश दिने श्रीमानलाई सजायस्वरूप जिल्ला अदालत मुगु सरूवा गरिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीस यज्ञप्रसाद आचार्य सजायस्वरूप मुगु अदालतमा सरूवा गरिएका हो। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले जिल्ला अदालत, काठमाण्डौले दिएको आदेशउपर गम्भीर कैफियत जनाउँदै त्यसमा सँलग्न न्यायाधीशलाई सजायस्वरुप दुर्गम मुगुमा काज सरुवा गरेका हुन् । प्रहरीले हिरासतमा राख्न अनुमति लिएको चार दिनको म्याद सकिएपछि पक्राउ परेका चौधरी, तत्कालिन बाँसबारी छाला जुत्ता कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह र सञ्जय ठाकुरलाई गत २२ माघमा जिल्ला अदालत… पुरा पढौ