
बागलुङ / स्वास्थ्य कार्यालय बागलुङको आयोजना निसीखाेला गाउँपालिकाकाे समन्वयमा पाेषण सम्बद्ध सराेकारवालाहरुसंग पाेषण पैरवी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत टाेप बहादुर चन्दले गर्नु भएको थियो भने स्वास्थ्य कार्यालय बागलुङकि जनस्वास्थ्य निरिक्षक लक्ष्मी शर्माले कार्यक्रमको सहजिकरण गर्नुभएकाे थियो । कार्यक्रमले विषयगत क्षेत्र तथा सराेकारवालाहरुले आ-आफ्नाे क्षेत्रमा मानव स्वास्थ्यलाई असर गर्ने व्यवहार त्याग्न सराेकारवालाकाे भूमिका तथा पाेषण मैत्री क्रियाकलाप अगाडि बढाउन सराेकारवालाकाे भूमिका के रहने, माटाे, कृषिमा प्रयाेग गरिने विषादि र मानव स्वास्थ्यमा अन्तर सम्बन्ध विषयमा अन्तरक्रिया गरिएकाे थियाे।
निसीखाेला गाउँपालिकाका विषयगत शाखा (स्वास्थ्य, कृषि,पशु, महिला बालबालिका, खानेपानी तथा सर सफाई, शिक्षा) कृषक, विषादि व्यापारी, हाेटल, मासु व्यवसायि, शिक्षक, विद्यार्थी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायत २९ जना कार्यक्रममा सहभागिता रहेको थियो ।
निसीखाेला गाउँपालिकाका सामाजिक विकास समितिका संयाेजक चन्द्रसिं रामजालीकाे अध्यक्षता, गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिकाे प्रमुख आतिथ्यता प्रमुख प्रशासकिय अधिकृत जीवन पुन, कार्यपालिका सदस्यहरु लगायतको आतिथ्यतामा सम्पन्न भएको थियो।










