समाचार

पर्वत मल्लाजको दम्पती हत्यामा प्रकरण, दुई जना पक्राउ

पर्वतको जलजला गाउँपालिका९२, मल्लाजमा भएको एक दम्पती हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले कृष्ण विक र दिपक परियारलाई मंगलबार पक्राउ गरेको ब्यूरोका एसपी होविन्द्र बोगटीले जानकारी दिनु भयोे । विकलाई पर्वत र परियारलाई पोखराबाट पक्राउ गरेर थप अनुसन्धान गरिरहेको र अहिलेसम्मको जाँचमा लुटपाट गर्ने उद्देश्यले नै हत्या भएको देखिएको छ । १९ चैतको राति ९ बजेसम्म आफन्तसँग फोनमा कुराकानी गरेर सुतेका ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७… पुरा पढौ

सुनितामी परियार र ईश्वर सिङकाे पञ्चेबाजा सुनिमायालाई

बागलुङ / पन्चे बाजा, नेपाली धार्मिक एबं साँस्कृतिक बाजाको रूपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर हो पश्चिमा संस्कृतिको प्रभावले लोप हुने अवस्थामा पुगेको मौलिक पञ्चेबाजा जोगाउन कलाकार जुटेका छन् । पछिल्लो समय आधुनिकतासँगै पश्चिमा संस्कृतिको प्रभावका कारण गाउँघरमा पञ्चेबाजा बजाउने मानिस नै भेटिन छाडेका छन् यसकाे लाेकप्रियता मंगल धुन बजाउनको लागि पञ्चेबाजा सबैभन्दा प्रचलित बाजा हो यसैले बैशाख महिना बिहेकाे लगन यहि लगन महिना छाेप्दै सुमधुर आवाजकि धनी गायिका सुनितामि परियारकाे पन्चेबाजा सुनिमायालाई बजारमा सार्वजानिक गरिएकाे छ । शिव… पुरा पढौ

इलाममा एमालेका सुहाङ नेम्वाङ बिजयी

काठमाडौं। इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ विजयी हुनु भएको छ। नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई फराकिलो मतान्तरले पराजित गर्दै नेम्बाङ निर्वाचित हुनु भएको हो। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार खड्काले २१ हजार ९४२ मत प्राप्त गर्नु भयो । नेम्वाङले ५८३० काे मतान्तरले खड्कासँलाइ जित्नु भएको हाे । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम ११ हजार ४५७ मतसहित तेस्रो भएका छन्। रास्वपा उम्मेदवार मिलन… पुरा पढौ

धौलागिरि अस्पताल व्यवस्थापन समितिका सदस्य श्रेष्ठ १० हजार धरौटीमा रिहा

बागलुङ / स्वास्थ्यकर्मी माथि अभद्र ब्यवहार गरेको भन्दै धौलागिरि अस्पताल व्यवस्थापन समितिका सदस्य कृष्णशंकर श्रेष्ठ १० हजार धरौटीमा रिहा भएका छन् । धौलागिरि अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. रवि रञ्जन प्रधानमाथीलाई अवद्र व्यवहार गरेको आरोप लागेपछि पक्राउ परेका अस्पताल व्यवस्थापन समितिका सदस्य कृष्णशंकर श्रेष्ठलाई प्रहरीले हिजो नियन्त्रणमा लिएको थियो । डा. प्रधानले अस्पताल व्यवस्थापन समितिका सदस्य श्रेष्ठले आफुलाई कार्यकक्षमै हातपातको प्रयास गरेको भन्दै कारवाहीको माग गर्दै प्रशासनमा उजुररी गरेका थिए । जिल्ला प्रशासन कार्यालयमा भएको बयान पछि १० हजार… पुरा पढौ

कालीका भगवती गुठीको चैतमहिनाको हिसाब सार्वजनिक

बागलुङ / नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर ब्यवस्थापन समितिले हरेक महिनाको पहिलो साता मन्दिरमा भएको हिसाबकिताब सार्वजनिक गरेको छ । कालिका भगवती गुठी ब्यवस्थापन समिति बागलुङले हरेक हिसाबकिताब सार्वजनिक गर्ने कार्यक्रम अन्तर्गत चैत महिनामाकाे आम्दानी खर्चको हिसाब सार्वजनिक गरेको हाे  । कालीका भगवती गुठीका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा भएको बैठकमा चैत महिनामा ३७ लाख ९२ हजार २ सय ९ रूपैयाँ आम्दानी र खर्च तर्फ ३७ लाख ५४ हजार ८ सय ८० रूपैयाँ भइ ३७ हजार ३ सय २९ रूपैयाँ बचत भएको हिसाब अनुमाेदन गरेको छ । चैत महिनामा कालीका मन्दिर बाट भेटि बापत २३… पुरा पढौ

बागलुङ उद्योग वाणिज्य संघका पूर्व महासचिव श्रेष्ठलाई पक्राउ गरिएको प्रति संघको विरोध

बागलुङ उद्योग वाणिज्य संघका पूर्व महासचिव तथा व्यवसायी कृष्ण शंकर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको प्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । धौलागिरि अस्पताल व्यवस्थापन समितिका सदस्य रहेको कृष्ण शंकर श्रेष्ठर मेडिकल सुपरिटेन्डेण्ड डा रविरञ्जन प्रधान बीच भएको विवादको विषयलाई लिएर विना पक्राउ पुर्जी प्रहरीले पक्राउ गरेको प्रति बागलुङ उद्योग वायिाज्य संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । पसलमा ग्राहकसँग कारोवार गर्दै गरेको अवस्थामा विना पक्राउपुर्जी पक्राउ गरिएको महासचिव ऋषिराम गौतमले हस्ताक्षर गरि प्रकासित विज्ञप्तीमा उल्लेख गरिएको छ । नेपाल… पुरा पढौ

मेडिकल सुपरिटेन्डेन्ट र ब्यवस्थापन समिति सदस्य श्रेष्ठ बिचकाे विवाद मिलाउन समिति सक्रिय

बागलुङ / धौलागिरि अस्पताल व्यवस्थापन समितिका सदस्य र मेडिकल सुपरिटेन्डेण्ड बीच भएको विवाद र मुद्दामामिला सम्मको क्रियाकलाप प्रति अस्पताल व्यवस्थापन समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमवार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण शर्मा पौडेलको अध्यक्षतामा बसेको वैठकले अस्पताल समिति परिवार भित्र भएको सामान्य भनाभनलाई अस्पताल भित्र नै समाधान गर्न सकिने वातावरण सिर्जना गर्न अस्पताल व्यवस्थापन समितिले दुवै पक्षलाई आग्रह गरेको छ । समिति अस्पतालमा उपस्थित भई सदस्य सचिव समेत रहेका सुपरिटेन्डेण्ड डा. रविरंजन प्रधान लाई छलफलमा बोलाउँदा वेवास्ता गरेको… पुरा पढौ

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात गर्दै नेपाल

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत र बङ्गलादेशका ऊर्जासम्बन्धी निकायहरूमाझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भइ यसै आर्थिक वर्षदेखि मित्रराष्ट्र बङ्गलादेशमा ४० मेगाबाट विद्युत् निर्यात गरिने बताउनुभएको छ । मस्र्याङ्दी–काठमाडौँ २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसनको आज उद्घाटन गर्दै प्रधाननमन्त्री प्रचण्डले गत जेठमा आफ्नो भारत भ्रमणका क्रममा भएको दीर्घकालिन विद्युत् व्यापारको प्रारम्भिक सहमतिले बजार सुनिश्चित गरेको बताउनुभयो । “उक्त प्रारम्भिक सहमतिलाई मूर्तरुप दिन अन्तिम सम्झौतामा हस्ताक्षर भइसकेको छ । यो नेपालको जलविद्युत्… पुरा पढौ

धौलागिरि अस्पताल व्यसस्थापन समितिका सदस्य श्रेष्ठ प्रहरी नियन्त्रणमा

बागलुङ । धौलागिरि अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा रवि रञ्जन प्रधानमाथीलाई अवद्र व्यवहार गरेको आरोप लागेका अस्पताल व्यवस्थापन समितिका सदस्य कृष्णशंकर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । डा प्रधानले अस्पताल व्यवस्थापन समितिका सदस्य श्रेष्ठले आफुलाई कार्यकक्षमै हातपातको प्रयास गरेको भन्दै कारवाहीको माग गर्दै प्रशासनमा उजुररी गरेका थिए ।डा प्रधानले दिएको निवेदनका आधारमा श्रेष्ठलाई आईतबार नियन्त्रणमा लिएको हो । सोधपुछका लागि भन्दै श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय ल्याईएको प्रहरी नायव उपरीक्षक विजय यादवले बताउनु भयो । श्रेष्ठले भने बिना पक्राउ पुर्जी… पुरा पढौ

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा दिन आह्वान गर्नुभएको छ । ‘नेपाल लगानी सम्मेलन २०२४’को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश भएको बताउनुभयो । नेपाल उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएको जानकारी दिनुभयो । लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहज अवस्था सिर्जना गर्न नेपाल निरन्तर अगाडि बढेको… पुरा पढौ