समाचार

फागुन ९ गतेदेखि २३ गतेसम्म हुन अनन्तश्री ब्रम्हाण्डीय महायज्ञको तयारी अन्तिम चरणमा

बागलुङ । बागलुङ पञ्चकोटमा हुने अनन्तश्री ब्रम्हाण्डीय महायज्ञको तयारी अन्तिम चरणमा पु¥याइएको छ । बागलुङको पन्चकाेटमा पत्रकार सम्मेलन गरेर महायज्ञको तयारी बारे जानकारी दिइयो । महायज्ञमा २१ हजार ५ सय ५५ क्विन्टल धान्यान्चल समेत गरिने छ । त्यस बाहेक यहाँ ९ गतेदेखि २३ गतेसम्म हरेक दिन विभिन्न कार्यक्रम र सम्मेलन समेत गरिने महायज्ञ आयाेजक समितिले जनाएको छ । महायज्ञ संचालन हुने हरेक दिन फरक फरक कार्यक्रम समेत संचालन हुनेछन् । पहिलो दिन फागुन ९ गने जल, उर्जा, विकास तथा वातावरण… पुरा पढौ

जिसी परिवारलाई १ लाख सहयोग प्रदान

बागलुङ /पाल्पामा भएको सवारी दुर्घटनामा परेको जिसी परिवारलाई प्रवासमा रहेका युवाहरूको समुहले सहयोग रकम हस्तान्तरण गरेको छ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका-५ दाँगमा जन्मिएर रोजगारी तथा अध्ययनको शिलशिलामा जापानमा रहेका युवाहरूको एकतामा गठित श्री थानापाति दाँग जापान सम्पर्क समितिले जिसी परिवारलाई १ लाख राहत रकम सहयोग गरेको हो । फाल्गुन १ गते पाल्पाको तिनाउ गाउँपालिकामा भएको जिप दुर्घटनामा परि जिसी परिवारका १ जनाको मृत्यु भएको हो भने २ छोराहरू घाइते भएका छन । दुर्घटनामा बागलुङको जिल्लाको बडिगाड गाउँपालिका-५ दाँग स्थायी… पुरा पढौ

बागलुङ सदरमुकाममा ‘सेभेन स्टेट फूड मार्ट’ सञ्चालनमा

बागलुङ /गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङमा ‘सेभेन स्टेट फूड मार्ट’ रेष्टुरेण्ट सञ्चालनमा आएको छ । यसभन्दा पहिले पोखराका विभिन्न ७ ठाउँमा ‘सेभेन स्टेट’ले सेवा संचालन गरेको थियो । पानी पुरी र चटपट रेष्टुरेण्टको मुख्य विशेषता रहेको छ भने नेपालमै पहिलो पटक मेसिनको माध्यमबाट पानी पुरीको स्वाद ग्राहकले लिन पाउँनेछन् । रेष्टुरेण्टको उद्घाटन बाग्लुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कंडेलले गरेका थिए ।कंडेलले युवाहरु बिदेश जाने लहर चलिरहेका बेला रेस्टुरेन्ट संचालन गरि नेपालमै ब्यवसाय सुरु गरेकोमा प्रसंशा गरेका थिए… पुरा पढौ

देशभित्रै सम्भव छ’ भन्ने भाष्य निर्माण गरौँः प्रधानमन्त्री

फागुन ७, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक जनशक्तिको पलायनलाई रोक्न देशभित्रै सम्भव छ भन्ने सकारात्मक भाष्यको निर्माण गर्न जरूरी रहेको बताउनुभएको छ। सोमबार दिउँसो समाजवादी मोर्चासम्वद्ध समाजवादी मञ्चले आयोजना गरेको शैक्षिक अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। कार्यक्रममा प्रधानमन्त्रीले बौद्धिक पलायनलाई रोक्न विश्वबजारमा प्रतिस्पर्धी र गुणस्तरीय जनशक्ति उत्पादन गर्ने कार्यभारलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, ‘‘आजको हाम्रो प्रमुख बहस भयावह रूपमा देखापरेको बौद्धिक पलायनलाई रोक्न विश्वबजारमा प्रतिस्पर्धी र गुणस्तरीय जनशक्ति उत्पादन गर्नु हो। त्यसका निम्ति… पुरा पढौ

विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुन्छ : प्रधानमन्त्री

फागुन ७, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विचाराधीन अवस्थामा रहेको विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुने बताउनुभएको छ। सोमबार दिउँसो समाजवादी शैक्षिक मञ्चले काठमाडौँमा आयोजना गरेको ‘नेपालको शैक्षिक आन्दोलन र विद्यालय शिक्षा विधेयक’ विषयक कार्यशालामा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो। कार्यक्रममा प्रधानमन्त्रीले संसदमा विचाराधीन विधेयकबारे गठबन्धन दल र प्रतिपक्षीसँग समेत छलफल गरिएको जानकारी गराउँदै संसदमा दर्ता भएका संशोधन प्रस्तावहरूका आधारमा विधेयक संशोधन हुने बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, ‘‘विधेयक संसदमा विचाराधीन रहेका कारण शिक्षक–कर्मचारीहरू, शैक्षिक क्षेत्रका ट्रेड यूनियनहरू, शिक्षाविद्,… पुरा पढौ

सङ्घीयताले अथाह सम्भावनालाई अवसरमा बदल्छ : प्रधानमन्त्री

काठमाडौँ, ७ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताउनुभएको छ । प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणसहित समाजवादको बलियो आधार खडा गर्नुपर्नेमा जोड दिनुभयो । सन् २०३० सम्म नेपाललाई अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिसहित विकासोन्मुख राष्ट्रको रूपमा स्थापित गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कुल गार्हस्थ उत्पादनमा गुणात्मक विकास गर्ने राष्ट्रको जिम्मेवारी रहेको बताउनुभयो । “परम्परागत विकासको मोडेल पुनरावलोकन गरी उत्पादन र रोजगारी सिर्जनामा… पुरा पढौ

सामाजिक न्याययुक्त समाजवादी राज्य निर्माणमा समाहित हुन प्रधानमन्त्रीको अपील

काठमाडौँ, ७ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोककल्याणकारी सामाजिक न्याययुक्त समाजवादी राज्य निर्माणको अभियानमा समाहित हुन सम्पूर्ण जनसमुदायमा अपील गर्नुभएको छ । प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले नेपाली माटो सुहाउँदो समाजवादी राष्ट्र निर्माणका लागि आह्वान गर्नुभएको हो । उहाँले नेपाली जनताको सुशासन, सामाजिक न्याय र समृद्विको आकांक्षा पूरा गर्न हामीले सामना गरिरहेका चुनौतीलाई नजिकबाट नियालिरहेको उल्लेख गर्नुभयो । तमाम क्रान्तिका अवयव एवं आन्दोलनमा योगदान गर्ने आम जनताको भावनाप्रति उच्च सम्मान व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले आधुनिक… पुरा पढौ

पूर्वसचिव भीम उपाध्यायसहित १५ जना बिरूद्व भ्रष्टाचार मुद्दा दायर

काठमाडौं /पूर्वसचिव भीमप्रसाद उपाध्याय भ्रष्टाचारमा मुछिएका छन् । उनीसहित १५ जना र तीन कम्पनीविरुध्द आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।  मेलम्ची खानेपानी विकास समितिका तत्कालीन अध्यक्ष तथा खानेपानी मन्त्रालयका तत्कालीन सचिव उपाध्यायसहितले एशियाली विकास बैंकबाट ऋणमा लिएको रकम सम्झौताविपरीत र कानुनले तोकेभन्दा बढी पटकपटक ठेकेदार कम्पनीलाई भुक्तानी दिएको अख्तियारले जनाएको छ ।  आयोगले मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा.सञ्जय शर्मा, सहसचिव गजेन्द्रकुमार ठाकुर,अर्थ मन्त्रालयका तत्कालीन सहसचिव तथा बोर्डका सदस्य मुकुन्दप्रसाद… पुरा पढौ

महायज्ञकाे अबधि भर सहुलियत भाडामा यातायात

बागलुङ / प्रसिद्ध धार्मिक पर्यटन केन्द्र सर्वसिद्विधाम पन्चकाेटमा यहीँ फागुन ९ गतेदेखि २३ गतेसम्म हुने अनन्तश्री ब्रम्हान्डीय महायज्ञ २०८० लाइ भब्य र सभ्य रूपमा सम्पन्न गर्न पुग्ने धार्मिक पर्यटकलाई लक्षित गरिसहुलियत दरमा यातायात सेवा संचालन गर्ने निर्णय गरेको छ । बागलुङ सदरमुकाम देखि पन्चकाेट सम्म सहजरूपमा जानकाे लागि फागुन ८ गतेदेखि २४ गतेसम्मको लागि यातायात भाडा दर निर्धारण गरेको छ ।बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कडेल,प्रथम अध्यक्ष शशि कपुर श्रेष्ठ ,धाैलागिरि कालीका यातायात प्रालिका अध्यक्ष जयन्द्र राज पन्त ,धाैलागिरि… पुरा पढौ

सुशासन मेरो नारा होइन, संल्कप हो : प्रधानमन्त्री

काठमाडौँ, ६ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च पदस्थ राजनीतिक तथा प्रशासनिक नेतृत्वहरू छानबीनको दायरामा आएको यो हाम्रो इतिहासको सबैभन्दा ठूलो प्रकरण भएको बताउनुभएको छ । उहाँले सुशासनको संकल्प गरेर आफूले अभियान चलालयको स्पष्ट पार्नुभयो । प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी काण्ड यही सरकारले छानबीन गरेको र अदालतमा मुद्दा दायर गरेको जानकारी गराउनुभयो । “कुर्सी हल्लिने डर हुन्थ्यो भने छानबीन नै शुरु हुने थिएन,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सम्मानित सदनमा म दोहर्‍याउँछु,… पुरा पढौ