समाचार

एमाले माआ‌ेवादी रास्वपा र जनता समाजवादी बिच ८ बुँदे सहमति

काठमाडौं / नेपाली कांग्रेस सहितको गठबन्धनमा खटपट आएपछि त्यसलाई ताेडेर नयाँ गठबन्धन बनाएका छन् । नवगठित सत्ता गठबन्धनका चार राजनीतिक दलबीच आठबुँदे सहमति भएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सरकारमा सहकार्य गर्नेसहित विभिन्न आठ बुँदामा सहमति गरेका छन् । सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूका बीचमा सहकार्य आवश्यक रहेको महसुस गरी चार दलको सहभागितामा नयाँ संयुक्त सरकार गठन गर्ने र सरकारको नेतृत्व नेकपा… पुरा पढौ

प्रधानमन्त्री प्रचण्ड नेकपा एसका अध्यक्ष माधव नेपाल निवासमा

काठमाडौ / प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड नेकपा(एस) का अध्यक्ष तथा पू्र्व प्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यलाभको कामना गर्न नेपाल निवास कोटेश्वर पुग्नु भएकोछ। उहालाई सिघ्र स्वास्थ्यलाभको कामना गर्न साँझ माआ‌ेवादी नेता एवम् निर्वतमान गृहमन्त्री नारायण काजी श्रेष्ठ सहित नेपाल निवास पुग्नु भएको हाे । नेपाली कांग्रेस सहितको गठबन्धन भत्काएर एमाले ,रास्वपासहितको नयाँ गठबन्धन बनाइ ३ सदस्य नयाँ मन्त्री मण्डल गठन गरि प्रधानमन्त्री प्रचण्ड एसका अध्यक्ष नेपालकाे स्वास्थ लाभको कामना गर्न नेपाल निवास पुग्नुभएकाे हाे । पुरा पढौ

उद्यमशीलता तालिम सहितको प्रविधि हस्तान्तरण गर्न प्रारम्भिक भेला शुरू

काठमाडौं /काठमाडौं चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ले वडामा रहेका महिला दिदीबहिनीलाइ उद्यमी बनाउने उदेश्यले उद्यमशीलताकाे तालिम सहित प्रबिधि हस्तान्तरण कार्यक्रम सम्बन्धि भेला संचालन भइरहेको छ । वडाले बालागाउँ सामुदायिक भवनमा टाेल भेला गरि उहाँहरुलाई उद्यममा कसरि अगाडि बडाउने वडा जनप्रतिनिधिकाे भुमिका कस्तो रहन्छ र उहाँहरूलाई चाहिएको तालिम के हाे र के कस्तो तालिम ल्याउन सके आर्थिक पाटाेमा अब्बल र आत्मानिर्भर हुन सकिन्छ भन्ने बिषयमा टाेलाबासि सङ्ग अन्तक्रिर्या कार्यक्रम सपन्न गरिकाेचन्द्रागिरि नगरपालिका ६ का वडा अध्यक्ष सन्जय सिग्देलले बताउनुभयाे । वडाले… पुरा पढौ

नयाँ गठबन्धनका तीन मन्त्रीले लिए शपथ

काठमाडौं / नेपाली कांग्रेस सहितको गठबन्धनमा खटपटआएपछि रातारात नयाँ गठबन्धन बनाएर नयाँ गठबन्धन दलहरूबाट नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । शपथ लिनेमा बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद अर्याल छन् ।तामाङ माओवादी, गिरि एमाले र अर्याल रास्वपाबाट मन्त्री बनेका हुन् । उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ गराएका हुन् । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगायत उपस्थित थिए। तामाङ यसअघि खेल्कुद, गिरि स्वास्थ्य र अर्याल श्रममन्त्री भएका थिए । नवनियुक्त मन्त्रीहरूले कुन… पुरा पढौ

माओवादीलाई उपयोग गर्ने कल्पना नगर्दा हुन्छ : प्रधानमन्त्री

काठमाडौँ, २१ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई कसैले उपयोग गर्न नसक्ने बताउनुभएको छ । उहाँले माआवादी कहिल्यै पनि उपयोग नहुने स्पष्ट पार्नुभयो । सहिद सप्ताहअन्तर्गत शहिद प्रतिष्ठान नेपालले आज आयोजना गरेको ‘शान्ति प्रक्रिया, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ प्रधानमन्त्री प्रचण्डले माओवादीको आफ्नै गतिशील पहिचान रहेको स्पष्ट पार्नुभयो । “साँचो कुरा हो, माओवादी सिद्धान्त र विचारका दृष्टिकोणले जमेको पोखरी जस्तो गरेर बस्ने होइन, गडगडाउँदो नदीजस्तो बग्छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “निरन्तरतामा रमाएर स्थिरतामा बस्न सक्दैन । निरन्तरतामा क्रमभङ्ग गर्दै… पुरा पढौ

सुखानी सहिदका परिवारसँग भेट, कम्युनिष्ट एकताको पहल थालेका छौँ : प्रधानमन्त्री

काठमाडौँ, २१ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुखानी सहिदका परिवारसँग भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्रीले सहिद सप्ताहका अवसरमा उहाँहरुलाई भेट गर्नुभएको हो । तत्कालीन पञ्चायती शासकले २०२९ फागुन २१ गते रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जङ्गलमा हत्या गरेको थियो । आजको भेटमा ती सहिद परिवारका सदस्यहरु विसेश्वरा दाहाल, जीवन घिमिरे, रविन दाहाल, बुद्ध घिमिरेलगायत सहभागी हुनुहुन्थ्यो । कम्युनिष्ट आन्दोलन र जनयुद्ध जोड्नुपर्छ भनेर फागुन १४ देखि २१… पुरा पढौ

ट्रेड युनियन कांग्रेसको स्थापना दिवसमा मानव सेवा आश्रममालाइ सहयोग

बागलुङ / नेपाल ट्रेड युनियन कांग्रेस बागलुङले आफ्नो ७८ आ‌ैं स्थापना दिवसको अवसरमा मानव सेवा आश्रमलाइ सहयोग गरेको छ । श्रमको सम्मान गराै ,श्रम शक्ति राष्ट्रकाे शक्ति हाे भन्ने मूल नारासाथ स्थापना भएको युनियनले बागलुङ नगरपालिका ३ मा रहेको मानव सेवा आश्रममा एक कार्यक्रम गरि खाध्यान्न सामाग्री प्रदान गरेको हाे । कार्यक्रममा नेपाल ट्रेड युनियन तथा श्रम बिभाग गण्डकी प्रदेशका संयाेजक शकुन्तला शर्मा पाैडेल ,नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला समितिका इश्वर ठाकुर पाैडेल ,मानव सेवा आश्रमका सचिव निर्मल श्रेष्ठ लगायतका… पुरा पढौ

राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिबारे मन्त्रालयसँग छलफल

काठमाडौँ, २१ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गर्नुभएको छ। आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, सचिव केशव शर्मा, विभागीय प्रमुखहरू र मन्त्रालयका सहसचिवहरू बोलाएर छलफल गर्नुभएको हो। छलफलमा प्रधानमन्त्रीले राष्ट्रिय गौरवका आयोजनाहरूको आफूले नियमित अनुगमन गरिरहेको जानकारी दिँदै आयोजनाको लागत बढेमा स्वयं आयोजना प्रमुखहरू नै जिम्मेवार हुनेगरि निर्देशित गर्न र कार्यसम्पादनको व्यवस्था मिलाउन निर्देशनसमेत दिनुभयो। बैठकमा उत्तरदक्षिण (कोशी करिडोर) खाँदबारी–किमाथांका सडक… पुरा पढौ

जनता माध्यमिक बिद्यालयकाे ६५ आ‌ैं बार्षिकाेत्सव

बागलुङ / बागलुङ जिल्लाकाे जैमिनि नगरपालिका वडा न ४ सर्कुवाकाे जनता माध्यमिक बिद्यालयको ६५औ बार्सिक उत्सब समारोह सप्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि जैमिनि नगरपालिका वडा न ४ का अध्यक्ष ,चक्रबहादुर थापा बिशिस्ट अतिथि धौलागिरि अस्पतालका अध्यक्ष नारायण पौडेल ,पुर्व प्रअ मेघराज ढकाल जनप्रतिनिधि ठगेन्द्र थापा रहनुभएकाे थियाे। कार्यक्रममा जैमिनि नगरपालिका वडा न ४ का अध्यक्ष चक्र बहादुर थापाले गुणस्तरीय शिक्षाका लागि अभिभावक बिद्यार्थी शिक्षकले इमानदार भै आआफ्नो क्षेत्रबाट काम गर्नुपर्ने बताउनुभयाे ।साथै विद्यार्थीकाे सिकाई उपलब्धि बृद्धिगर्न शिक्षक र… पुरा पढौ

सूचना-प्रविधि राष्ट्रिय सुरक्षाको महत्वपूर्ण अंग होः प्रधानमन्त्री

काठमाडौँ, २० फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको गुणात्मक विकास र साइबर सुरक्षाबाट देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने अवस्था आएको बताउनुभएको छ । ‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्रीले सूचना प्रविधिको गुणात्मक विकाससँगै राष्ट्रियताको परिभाषामा व्यापक हेरफेर आएको बताउनुभयो । “आजको परिस्थितिमा देशको सार्वभौमिकता, अखण्डता, सम्प्रभुता, आन्तरिक एकता र सद्भाव जस्ता पक्षहरूको केन्द्रमा सूचना प्रविधि आएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “देशभित्रै सूचना प्रविधिको गुणात्मक विकास र साइबर सुरक्षाले… पुरा पढौ