समाचार

बिद्यार्थी लाई कागती र सुन्तलाकाे ७ हजार बिरुवा वितरण

बागलुङ / बढ्दो जलवायु परिवर्तन न्यूनीकरण र विद्यार्थीहरुलाई कृषि तथा उत्पादनसगँ जोड्ने उद्देश्यले एक बिद्यार्थी एक कागती र एक सुन्तलाकाे बिरुवा वितरण गरिएको छ । कृषि बिषयमा स्नातकोत्तर गर्नुभएका बागलुङका सुजन सापकोटाले विगत २ बर्ष देखि बागलुङ जिल्ला भित्र ९ र १० कक्षामा अध्ययन गर्ने विद्यार्थीहरुलाई एक विद्यार्थी ,एक सुन्तला / एक कागती विरुवा वितरण अभियान संचालन गर्दै आउनुभएको छ । ७ हजार बिरुवा अहिलेसम्म बितरण गरिसकेकाे जैमिनी नगरपालिका / बागलुङ नगरपालिका र बरेङ गाउँपालिका भित्र अभियान चलिरहेको र अब… पुरा पढौ

‘संघीय लोकतान्त्रिक गणतन्त्रका लागि बोक्सी प्रथा ठूलो चुनौति

काठमाडौं । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक सामाजिक फिल्म ‘अग्नीदहन’को फस्टलुक सार्वजनिक भएको छ । राजधानीमा मंगलबार एक कार्यक्रमबीच सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले फस्टलुक सार्वजनिक गरेका हुन् । फिल्म आगामी मंसिर ७ गते रिलिज हुँदैछ । कार्यक्रममा मन्त्री गुरुङले बोक्सीको अन्धविश्वासविरुद्ध फिल्म निर्माण हुनु सराहनीय कार्य भएको बताए । ‘बोक्सीको आरोपमा धेरै महिला मारिएका छन् । उनीहरुमाथि कुटपिट भएको छ, उनीहरुले आत्महत्या गरेका छन् । अझ भनौं अमानवीय कार्य नै भएको… पुरा पढौ

पश्चिम बागलुङका ३ पालिकामा एकैसाथ प्रभु बैंकका ४ वटा शाखा सञ्चालन

बागलुङ । प्रभु बैंक लिमिटेडले बागलुङ पश्चिमका ३ पालिकामा एकैसाथ ४ वटा शाखा सञ्चालनमा ल्याएको छ ।बडिगाड गाउँपालिकाको वडा नं २ खर्बाङ, वडा नं ७ भिमगिठे, ढोरपाटन नगरपालिका ७ बोबाङ र निसीखोला गाउँपालिका २ निसीमा शाखा सञ्चालनमा आएका हुन् । ४ वटै शाखाको सोमबार प्रभु बैंकका संस्थापक अध्यक्ष देवि प्रकाश भट्टचनले उद्घाटन गर्नुभएको हो । ३ सय १३ औँ खर्बाङ शाखाको उद्घाटन समारोहमा बोल्दै भट्टचनले बैंकको शाखा स्थापना संगै यस क्षेत्रका नागरिकहरुलाई सहज बैंकिङ सेवा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो… पुरा पढौ

सहकारी छानबिन समितिले गृहमन्त्रीलाई दियो स्वदेश फर्काउनुपर्ने १८ जनाको नाममा इमेज सहकारीका देवकुमार नेपाली

१४ साउन, काठमाडौं । सहकारी छानबिन संसदीय समितिले सहकारीको रकम अपचलन गरी देश बाहिर भागेका १८ जनालाई तत्काल स्वदेश फर्काउन सरकारलाई निर्देशन दिएको छ । बचत कर्ताले सहकारीमा जम्मा गरेको बचत रकम अबचलन गरेर फरार रहेका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली र उनकी श्रीमती छेदा, व्यवस्थापक दिपक पौडेल तत्कालस्वदेश फर्काउन निर्देशन दिएको हाे । समितिको सोमबार बसेको बैठकले सहारा, सूर्यदर्शन लगायतका सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेका जीबी राईलाई तत्काल स्वदेश फर्काउन निर्देशन दिएको… पुरा पढौ

पोखरामा विद्यार्थी बोकेको बस दुर्घटना, २४ जना घाइते

पोखरा । पोखरामा विद्यार्थी चढेको बस दुर्घटना भएको छ । पोखरा बिरौटाको एलपी देवकोटा स्कुलको ग १ क ६२१९ नम्बरको बस विद्यार्थी बोकेर आउँदै गर्दा फुस्रेखोला नजिकै सडकमा पल्टिदा २४ जना घाइते भएका छन् । घाइते २४ विद्यार्थीमध्ये दुई जनालाई गम्भीर चोट लागेको छ । घाइतेहरूको अहिले पोखरास्थित गण्डकी मेडिकल कलेज र नमस्ते अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले बताए । बस घुम्ती मोड्ने क्रममा सडकदेखि करिब ५० मिटर तल खसेको छ । बसका चालक भने अहिले फरार रहेको प्रहरीले… पुरा पढौ

२०८४ मा एक्लै चुनाव लडेर जित्ने र भ्रष्टहरूलाई फेरि ठिक पार्ने माआ‌ेवादीकाे दावी

काठमाडौँ, १३ साउन। पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जारी पार्टी पदाधिकारी बैठकमा २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल भइरहको बताउनुभएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो। अध्यक्ष प्रचण्डले भन्नुभयो, "पार्टीको पदाधिकारी बैठक चलिरहेको छ। बैठकमा २०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ। यस्तो महत्वपूर्ण समयमा तपाईहरू पार्टीमा आउनुभएको छ। यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा… पुरा पढौ

डिआइजी केसीको सरुवाले अहिलेकाे सत्तागठबन्धन बनेको पुष्टि : रास्वपा

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नेपाल प्रहरीका अब्बल डिआइजी मनोज केसीलाई सरुवा गरेर सरकारले यो सत्तागठबन्धन किन बनाइएको थियो भन्ने पुष्टि गरेको बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा आकस्मिक समय लिएर बोलेका सांसद ढकालले यस्तो बताएका हुन्। रास्वपाले सुशासनको पक्षमा अघिल्लो सरकारले गरिरहेका काम र भ्रष्टाचारविरुद्ध भइरहेका अनुसन्धान रोक्नकै लागि कांग्रेस र एमालेले वर्तमान सत्तागठबन्धन बनाएको बताउँदै आएको थियो। ‘यो गठबन्धन कुन उद्देश्यले गठन भएको छ भनेर हामी भनेका थियौँ, त्यो पुष्टि भएको छ,’ सांसद ढकालले भने, ‘सरकारले… पुरा पढौ

गण्डकी सरकारकाे निर्णयकाे बिरूद्व यातायात बन्द

बागलुङ/ गण्डकी प्रदेश सरकार तथा भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा २४ घण्टा समय सिमा ताेकि गण्डकी प्रदेश सरकारले दुई पाङ्ग्रे र चार पाङ्ग्रे निजी प्रयाेजनकासवारीसाधन लाई सार्वजनिक सवारीसाधन सरह यात्रु आ‌ेसार पसार गर्न पाउने निति ल्याउन लागेको भन्दै यातायात ब्यवसायीहरूले बिराेध गर्दै गण्डकी प्रदेश भर सार्वजनिक यातायात नचलाउने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारलाई ७ बुदे माग बुझाएको तरत्यसलाई सम्बाेधन नगरि बेवास्ता गरेको भन्द‌ धाैलागिरि क्षेत्रका १० वटा विभिन्न यातायात ब्यवसायीहरूले श्रावण १२ गते ऐक्यबद्धता पत्र प्रकाशित गरेर श्रावण… पुरा पढौ

लायन्स क्लबकाे पदस्थापन सम्पन्न

बागलुङ । लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपाल अन्तर्गत कलष्टर १० र रिजन २१  अन्तर्गतका क्लबहरुको प्रेरणा र पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १२ वटा लायन्स क्लबहरु र ३ वटा लियो क्लबका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा लायन्स क्लब अफ धौलागिरि बागलुङका २०२३,२४ का अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, लायन्स क्लब अफ बागलुङ सिटीका २०२३,२४ अध्यक्ष धना सुनार, लायन्स क्लब अफ बागलुङ मुक्तिनाथका २०२३,२४ अध्यक्ष सुनीता श्रेष्ठ, लायन्स क्लब अफ ढोरपाटन बागलुङका २०२३,२४ का अध्यक्ष राम प्रसाद आचार्य,… पुरा पढौ

मालिका सेवा समाज र मालिका पुर्ब विद्यार्थी मञ्चद्वारा बालश्रम प्रा बि मा शैक्षिक सामाग्री बितरण

बागलुङ / मालिका सेवा समाज र मालिका पुर्ब विद्यार्थी मञ्च को आयोजनामा बा न पा ५ मा अबस्थित बालश्रम प्रा बि मा अध्ययनरत सम्पुर्ण विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरियो। हस्तान्तरण कार्यक्रममा सेवा समाजका सल्लाहकार टेक बहादुर के सि (बद्री )ले सेवा समाज र विद्यार्थी मञ्च का कार्य सबैका निम्ति उदाहरणिय रहेको हुदा सबैले अनुसरण गरेर सेवा भाब प्रदान गर्न आग्रह गर्दै दुबै सस्थाले निरन्तर रुपमा गरेका कार्यले समाजमा महत्वपूर्ण योगदान दियको चर्चा गर्दै सबैलाइ सहयोग गर्न आग्रह गर्नु भयो। विद्यार्थी… पुरा पढौ