समुदायस्तरी पाेषण कार्यक्रम सम्पन्न

-


     हिडन खबर    
     पौष १६ गते २०८१ मा प्रकाशित


बागलुङ ,स्वास्थ्य कार्यालय बागलुङकाे आयाेजना र निसिखाेला गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा निसिखोला गाउँपालिका ६ नं वडा निसि स्वास्थ्य चाैकी अन्तरगत चुसिवाङमा समुदायमा समुदाय स्तरिय पाेषण सम्वद्ध सराेकारवालासंगकाे पैरवी तथा अन्तरक्रिया सम्पन्न भएकाे छ।

कार्यक्रम स्वास्थ्य कार्यालय बागलुङका प्रमुख घनश्याम सापकाेटाकाे अध्यक्षता, गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठककाे प्रमुख आतिथ्यता, धाैलागिरी आयुर्वेद अस्पतालका डा सरद पन्थी, लगायतका अतिथि निसिखाेला गाउँपालिकाका संयाेजक तथा कर्मचारी, निसी स्वास्थ्य चाैकीका स्वास्थ्यकर्मीहरु लगायतकाे सहभागिता रहेकाे थियो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरिक्षक लक्ष्मी शर्माले सहजिकरण गर्नु भएकाे थियाे भने माननीय स्वास्थ्य मन्त्री पाठकले मन्तव्य ब्यक्त गर्नुभएको थियाे ।

कार्यक्रममा १००० दिनका आमा, कृषक, अन्य परिवारका अविभावकहरु र स्वास्थ्यकर्मीहरु लगायत ४५ जनाकाे उपस्थिति रहेकाे थियाे ।