घनश्याम कडेलकाे टिमुर बिमाेचन

-


     राजेशचन्द्र राजभण्डारी     
     पौष १५ गते २०८१ मा प्रकाशित



काठमाडौं पुस १५

झण्डै साढे दुई दशक लामो अनुभव पश्चात घनश्याम कँडेलले द्वारा लिखित टिमुर नामक पुस्तकको आज राजधानीको पर्यटकीय केन्द्र ठमेलमा एक औपचारिक कार्यक्रमका बिच बिमोचन गरिएको छ ।

बिश्वभरी होटल रेष्टुरेण्ट क्षेत्रमा काम गर्ने सबै सेभहरू र नवीनतम परिकारहरू बनाउन सिक्न चाहने सबैको लागि अति उपयोगी यस प्रकाशनको एक कार्यक्रम बिच अध्यागमन बिभागका प्रमुख गाेविन्द प्रसाद रिजालले टिमुर पुस्तककाे बिमाेचन गर्दै देशबाट बर्षैनी ३ लाख ६५ हजार भन्दा बढी नेपालीहरू राेजगारीकाे लागि बिदेशीने गरेको तथ्यांक प्रस्तुत गर्दै बिदेशीने मध्य हातमा सीप र ज्ञान भएकाकाे लागि राम्रो अवसर हुने बताए ।टिमुर पुस्तककाे लेखनबाट कडेलले आफ्नो ब्यवसायीक क्षमताको समेत प्रदर्शन गरेको रिजालले बताए ।

कार्यक्रममा पर्यटन बाेर्डका निर्वतमान उपाध्यक्ष चन्द्र प्रसाद रिजाल ,पर्यटन ब्यवसायी संघका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद सापकोटा लगायतका बक्ताहरूले वर्तमान समयमा प्रकाशित पुस्तक समसामयिक र ब्यवहारिक भएको हुदा यसलाई क्याम्पसमा अध्ययनरत बिद्यार्थी र घर घरमा पुर्‍याउन जरुरी रहेको धारणा राखेका थिए ।

कार्यक्रममा पुस्तकका लेखक घनश्याम कडेलले आफ्नो बिगत देखि वर्तमान सम्मको कथा ब्यथा सुनाउनुका साथै पुस्तक के कसरी तयार भयो भन्ने बारेमा जानकारी गराएका थिए ।

बागलुङ जिल्लाकाे काँठेखाेला गाउँ पालिकाकाे बिहुँमा जन्मिएर जापान लगायतका देशमा आफ्नो कर्मक्षेत्र बनाउदै
आएका कडेलले प्रकाशित गरेको टिमुर बाट घर घरकाे भान्सा देखि सानातिना देखि ठूलो हाेटलमा समेत यसले प्रत्येक्ष फाइदा पुर्‍याउने देखिन्छ ।