समाचार

संघीय संसदले महत्त्वपूर्ण कानून नबनाउँदा संघीयता कार्यन्वयन मै समस्या : अधिवक्ता अधिकारी

नेपालमा कानुन निर्माणमा भएको ढिलाइको असर राज्यका तल्लो तहमा पर्न थालेको गुनासो बढेको छ ।बागलुङमा शुक्रबार आयोजित कानुन निर्माणमा संघीय संसद्‌को योगदान र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले उक्त गुनासो गरेका हुन् । नेपाल कानून समाजको आयोजनामा सहभागीहरुले नेपालमा संघीयताको पहिलो कार्यकाल सकिँदासम्म पनि संघीय संसदकाट निर्माण हुनुपर्ने महत्त्वपूर्ण कानुनहरु नबन्दा प्रदेश र स्थानीय सरकार सञ्चालनमा असर परेको बताएका हुन् । कार्यक्रममा सहजीकरण गर्दै पुर्व सांसद एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले देशमा संघीयता लागू भएको ७ वर्ष बितिसक्दा समेत तीन… पुरा पढौ

बागलुङ नगरपालिकाले सुपथ मूल्य पसल संचालन गर्ने तयारी

बागलुङ नगरपालिकाले नगरबासीलाई सस्तो र सुलभ मूल्यमा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । जिल्लाका १० स्थानीय सरकारमध्ये बागलुङ नगरपालिकाले पहिलो पटक दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने तयारी गरेको हो । बागलुङ नगरपालिको उपभोक्ता हित संरक्षण समितिका संयोजक राजु खड्काको अध्यक्षतामा बसेको बैठकले बागलुङ नगरमा सुपथ मूल्य पसलको माध्यमबाट आम नागरिकलाई सेवा प्रवाह गर्ने आवश्यक्ता महसुस गरि सुपथ मूल्य पसलको सम्भाव्यता अध्ययन गर्न नगर उपप्रमुख राजु… पुरा पढौ

प्रतिनिधिसभा निर्वाचनमा बागलुङ १ जनमोर्चालाई छुट्याइएपछि कांग्रेसमा असन्तुष्टि

सत्तागठबन्धनबीच राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ दुई सीट पाउने भएको छ । जनमोर्चाको भागमा बागलुङ क्षेत्र नम्बर १ र प्युठान परेको छ । अघिल्लो निर्वाचनमा निर्वाचित भएको आधारमा सिट भागवण्डा गरिंदा जनमोर्चाको भागमा प्युठान मात्रै पर्ने थियो । प्रधानमन्त्री तथा कांग्रेस सभापति जनमोर्चालाई दुई सिट दिन तयार भएपछि बागलुङ १ पनि उक्त दलको भागमा परेको छ । बागलुङ १ मा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी नै प्रतिस्पर्धा गर्ने रुचि राखेपछि देउवा लचिलो बनेको कांग्रेसका एक नेता बताउँछन् । ‘प्रधानमन्त्री चित्रबहादुर जीलाई… पुरा पढौ

बालमैत्री बागलुङ नगर बनाउन विद्यार्थीको भुमिका महत्त्वपूर्ण

५८ औं राष्ट्रिय बाल दिवस २०७९ को अवसरमा बागलुङमा अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बागलुङ नगरपालिकाको आयोजनामा 'बालमैत्री बागलुङ नगरपालिका निर्माणमा विद्यार्थीको भुमिका' विषयमा नगरपालिका स्तरीय माध्यमिक विद्यालय स्तरीय कार्यक्रम आयोजना गरिएको हो । बागलुङ नगरपालिका भित्रका १३ विद्यालयका २२ जनाको सहभागिता रहेको कार्यक्रममा सहभागी प्रतियोगीहरुले बागलुङ नगरपालिकालाई बालमैत्री बनाउन ध्यान दिनुपर्ने क्षेत्रको बारेमा आ-आफ्ना तर्क सहित धारणा राखेका थिए । ५८ औं बाल दिवसको अवसरमा आयोजित प्रतियोगितामा रुद्रेपिपल माध्यमिक विद्यालयका छात्रा सामना सापकोटा प्रथम,… पुरा पढौ

एक करोड ७० लाख लागतमा मुलपानी स्वास्थ्य चौकी भवन बन्दै

बागलुङ नगरपालिका–७ स्थित मुलपानी स्वास्थ्य चौकीमा सुविधासम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । भवनको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले शिलान्यास गर्नुभयो । भवनको शिलान्यास पछि उपप्रमुख राजु खड्काले ७ नम्बरका जनतालाई गुणस्तरीय सेवा दिनका लागि सुविधा सम्पन्न भवनले सहज बनाउने बताउनुभयो ।उहाँले निर्माण व्यवसायीलाई भवनको गुणस्तर कायम गरी समयमै निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्नुभयो । स्थानीय मेघराज पाण्डेले निःशुल्क दिएको चार रोपनी जग्गामा भवन निर्माण गर्न थालिएको हो । २०८० वैशाख १९ गते भित्रै भवन निर्माण सक्ने गरी… पुरा पढौ

बागलुङ जेसीजको स्लो बाइक रेस

ट्राफिक सचेतनाका लागि बागलुङमा ‘स्लो बाइक रेस’ प्रतियोगिता सम्पन्न भएको छ। बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले बागलुङ जेसीज–२०२२ को जेसीज सप्ताह अन्तर्गत दोस्रो दिन सत्यदेबी स्मृति स्लो बाईक रेस सम्पन्न भएको हो । प्रतियोगितामा पुरुष तर्फ सागर जिसी र महिलातर्फ स्वीकृति भारी विजयी भएका हुन । युवाहरुको नेतृत्व तथा क्षमता बिकासमा सक्रिय जेसीजले यस वर्षपनि विभिन्न कार्यक्रमका साथ सप्ताह शुरु गरेको छ । बागलुङ जेसीजको आयोजनामा शनिबार देखि शुरु भएको जेसीज सप्ताह–२०२२ को दोस्रो दिन स्लो बाईक रेस सम्पन्न… पुरा पढौ

हिस्टुन बागलुङको पाँचौं जिल्ला अधिवेशन सम्पन्न: अध्यक्षमा विक्रम शर्मा

माध्यमिक शिक्षक युनियन नेपाल जिल्ला समन्वय समिति बागलुङको पाँचौं जिल्ला अधिवेशन सम्पन्न भएको छ। शनिबार आयोजित भेलाले विक्रम शर्माको अध्यक्षतामा १५ सदस्य जिल्ला समन्वय समितिको सर्वसम्मत गठन गरेको हो । भेलाले समितिको उपाध्यक्षमा दिपक घिमिरे, सचिवमा हरि प्रसाद शर्मा, कोषाध्यक्षमा भोजराज पौडेल र सह-सचिवमा सुवास नराललाई चयन गरेको हो । त्यस्तै समितिको सदस्यहरुमा खुमलाल पौडेल, कमल सुवेदी, कृष्ण शर्मा, डिलबहादुर केसी, शंकर कंडेल, गोकर्णराज गौतम, तुलविर खड्का, गिता भुसाल खरेल र दिनानाथ पौडेललाई सर्वसम्मत चयन गरेको कार्यक्रमका सभापति समेत रहनुभएका… पुरा पढौ

बागलुङमा दुई जना शिक्षा सेवी सम्मानित, बिद्यार्थीले पाए शैक्षिक सामाग्री

शिक्षाको क्षेत्रमा लामो समयदेखि याेगदान गर्दै आएका बागलुङ जिल्लाका दुई जना शिक्षासेवीलाई एक कार्यक्रम गरि सदरमुकाममा सम्मान गरिएको छ । कर्णबहादुर ,देवीकुमारी स्मृति काेषबाट शिक्षाको क्षेत्रमा उल्लेखनीय भुमिका खेलेको भन्दै बागलुङ नगरपालिका १४ का जनता धन माध्यमिक बिद्यालयका पुर्व शिक्षक कमलबहादुर जीसी ,र बागलुङ नगरपालिका ११ का महाबिद्या माध्यमिक बिद्यालयका पुर्व प्रधान अध्यापक केदारनाथ आचार्य लाई दाेसल्ला आ‌ेढाइ प्रशंसा -पत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयाेजक अमर थापा सम्मानित शिक्षा सेवी कमलबहादुर जीसि ,केदार आचार्य… पुरा पढौ

बागलुङ नगर खानेपानीको कार्यालयमा तालाबन्दी

बागलुङ बजारमा खानेपानी वितरण गर्ने बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाको कार्यालयमा तालाबन्दी गरिएको छ । संस्थाले वितरण गर्दै आएको पानी खानयोग्य नभएको भन्दै राष्ट्रिय युवा संघ बागलुङ नगर कमिटिद्वारा शुद्ध पानिको माग सहित कार्यालय तालाबन्दी गरिएको उपभोक्ता एवं युवा अगुवा शेखर खड्काले बताए । धारामा धमिलो पानी आउने हामी बागलुङ सदरमुकामका उपभोक्ताको नियतिनै बनिरहेको छ, खड्काले भने वर्षौंदेखि उहीँ समस्या हुनु उपभोक्ता संस्थाको गैरजिम्मेवारिपन रहेकाले सुधारको दबाबका लागि ज्ञापनपत्र सहित अध्यक्ष, कार्यालय प्रमुख र लेखाशाखाको कार्यकक्षमा तालाबन्दी गरिएको खड्काले… पुरा पढौ

लागूऔषध सहित २ युवा पक्राउ

जिल्ला प्रहरी कार्यालय बागलुङले ठुलो परिणाममा लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । बागलुङ जिल्लाको प्रवेशद्वार मालढुङ्गाको चेकपोस्टमा चेकजाँच गर्ने क्रममा २ जना युवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी इन्द्रबहादुर रानाले बताए । काठमाडौंबाट बागलुङ तर्फ जाँदै गरेको बा ३ ख ९११२ नम्बरको माइक्रोबसमा चेकजाँच गर्ने क्रममा उक्त बसका सह-चालक गोरखा जिल्ला पालुङटार नगरपालिका-६ का १८ वर्षीय कृष्ण नेपालीको साथमा रहेको कालो रङ्गको झोलामा लुकाई छिपाई ल्याएको अवस्थामा Tramadol ५८ पत्तामा(५७८ क्यापसुल), Nitrazepam लेखेको १ पत्ता… पुरा पढौ