
काठमाडौ / चन्द्रागिरि नगरपालिका वडा नम्बर -६ मा रहेको आश्रममा आमाहरुलाई सामुदायिक स्वास्थ नर्स बाट स्वास्थ्य सम्बन्धि धेरै कुराहरु सिकाइयाे ।
आश्रममा रहेका आमाहरूसंग अन्तरक्रिया कार्यक्रम गरि केहि समय जेष्ठ आमाहरुलाइ ब्यायाम गराइ स्वस्थ रहनकाे लागि शिक्षा दिने काम भएको चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ का वडा सदस्य शान्ता वलामीले बताउनु भयो ।
कार्यक्रममा वडा नम्वर -६ का स्वास्थ नर्स सरु महर्जन वडा नम्बर ३ का अमृता गाेपाली वडा नम्बर ८का अनिमा थापा
वडा नम्बर १२ का संझना भण्डारी र वडा नम्बर ४ का अमृता श्रेष्ठले आश्रममा आश्रय लिएर बसिरहेका आमाहरूकाे प्रेसर जाँच गर्नुका साथै नियमितरूपमा खानुपर्ने आैषधीहरू के कसरी खाने भन्ने बारे ब्यवहारिक रूपमा सिकाउने काम गर्नु भएको थियो ।
कार्यक्रमकाे सहजीकरण आश्रमका कार्यालय प्रमुख राम थापाले गर्नु भएको थियो ।आश्रममा यतिबेला २६ जना जेष्ठ आमाहरूले आश्रय लिएर बसिरहनु भएको छ ।
चन्द्रागिरि नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत वडामा आफ्नो सक्रियता बढाएर सकारात्मक कामको थालनी गरेको यस्ता कामहरू आगामी दिनमा पनि गर्दै जाने योजना रहेको वडा सदस्य वलामीले बताए ।
















