समाचार

भू-संरक्षण कार्यालयद्वारा ९५ हजार डालेघाँसका विरुवा वितरण

भू -संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले बागलुङ जिल्लामा १५ हजार डालेघाँसका विरुवा वितरण गर्न थालेको छ । भूसंरक्षण तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले बागलुङ नगरपालिकाको आर्थिक सहयोगमा बागलुङको नर्सरीमा उत्पादन गरेका १५ हजार डालेघाँसका विरुवा किसानलाई वितरण गर्न थालिएको हो । विरुवा सोमबार बागलुङ नगरका नगरप्रमुख वसन्त कुमार श्रेष्ठले किसानलाई हस्तान्तरण गरेर शुभारम्भ गर्नुभएको थियो । श्रेष्ठले डालेघाँसले किसानलाई मात्र नभएर भूसंरक्षण र वातावरणको क्षेत्रमा समेत सहयोग गर्ने बताउनुभयो । पशुपालनका लागि सहज हुने डालेघाँसले भू तथा जलाधारको क्षेत्रमा… पुरा पढौ

कक्षा ११: कस्ता विद्यार्थीले के विषय पढ्ने ?

एसईई नतिजा आएसँगै कक्षा ११ र १२ को पढाइ हुने विद्यालय र कलेजहरुले भर्ना आह्वान गरिसकेका छन् । विद्यार्थीका लागि कक्षा ११ र र १२ को पढाइ यसकारण पनि महत्वपूर्ण छ कि, यही समयमा गरेको मिहिनेतले भविष्य निर्धारण गर्नेछ । उनीहरुले आफ्नो क्षमता र रुचि अनुसार विषय रोज्ने अवसर पनि कक्षा ११ मा पाउँछन् । त्यसैले विद्यार्थीलाई आफ्नो स्वभाव अनुसार उपयुक्त विषय छनोट गर्न यो बेलामा परामर्श आवश्यक पर्ने काठमाडौं विश्वविद्यालयका प्राध्यापक तथा शिक्षाविद् डा.शिक्षाविद् लक्ष्मण ज्ञवाली बताउँछन् । विद्यालयहरुले… पुरा पढौ

बेपत्ता नगरप्रमुख देवकुमार नेपाली विरुद्ध १५३६ उजुरी

बागलुङमा सञ्चालित इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले सञ्चालक पक्राउको माग गर्दै चरणबद्ध आन्दोलन थालेका छन् । सहकारीको रकम हिनामिना गर्दै सञ्चालक सम्पर्कविहीन भएपछि बचतकर्ताले आफ्नो रकम फिर्ताको माग गर्दै चरणबद्ध आन्दोलन थालेका हुन् । झन्डै दुई अर्ब हिनामिना गरेका सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली डेढ महिनादेखि बेपत्ता छन् । बचतकर्ताहरू आफ्नो निक्षेप रकम माग्दै जिल्ला प्रशासन र प्रहरी प्रशासन धाइरहेका छन् । नेपालीविरुद्ध आर्थिक अपराधको मुद्दा लगाउन राज्यको ध्यानाकर्षण गराएका छन् । हजारौँ बचतकर्ताको रकम ठगेर फरार भएका नेपालीलाई राज्यले… पुरा पढौ

सडक डिभिजन बागलुङमा तमासा: कार्यालय समयमा खसी काटेर पार्टीको तयारी

नेपाल सरकारले जनताको सेवाका लागि भन्दै सरकारी कर्मचारीहरुको कार्यालय समय, सेवा-सुविधा लगायतका कुराहरूमा निश्चित गरी नियम लागू गरेको छ । तर यो नियमको उलंघन गर्दै सरकारी कर्मचाहरुले बेलाबेलामा नियम बिपरितका कार्यहरु गर्दै आएको देखिन्छ । यस्तै नियम बिपरितको घटना घटेको छ बागलुङको एक सरकारी कार्यालयमा । बागलुङ जिल्लाको सदरमुकाममा रहेको सडक डिभिजन कार्यालयमा आइतबार दिउँसो कार्यालय समय मै कार्यालय परिसरमा खसीकाटेर भोजभतेरको तयारी गरिरहेको तथ्य बाहिरिएको हो । आइतबार दिउँसो १ बजे कार्यालयमा जाँदा कार्यालय परिसरमै खसी काटेर पार्टीको तयारी… पुरा पढौ

मानव सेवा आश्रममा सरसफाइ

हामी सेवा गर्छाैं भन्ने उदेश्यले स्थापना भएको अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अफ बागलुङ मुक्तिनाथकाे आयोजनामा मानव सेवा आश्रममा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । क्लबले मानव सेवा आश्रममा आश्रय लिएर बसिरहेका महिला जेष्ठ नागरिक बालबालिका अपांग मानसिक अवस्था ठिक नभएका ब्यक्तिहरूकाे क्लबका पदाधिकारीहरूले कपाल काटेर सरसफाइ गरि दिएको लायन्स क्लब अफमुक्तिनाथका अध्यक्ष सुनिता श्रेष्ठले बताए । क्लबमा नयाँ नेतृत्व चयन भएपछि क्लबले सामाजिक कामको शुरूवात मानव सेवा आश्रममा पुगेर सहयोग गरेकाे आगामी दिनमा थप सेवा गर्दै जाने प्रतिबद्धता जनाएका… पुरा पढौ

बागलुङमा उद्यमी व्यवसायी एवं सरोकारवाला बीच अन्तरसंवाद कार्यक्रम

बागलुङका व्यवसायीहरुको साझा समस्या समाधान तथा आगमी योजना निर्माण गर्ने उदेश्यले उद्यमी व्यवसायी एवंम सरोकारवाला बीच अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा उद्यमी व्यवसायी एवंम सरोकारवाला बीच अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको हो ।सो अवसरमा उद्योग वाणिज्य संघले गरेका कामको वारेमा जानकारी गराउदै आगामी दिनमा व्यवसायीक हितमा संघले कसरी काग गर्न सक्छ भन्ने विषयमा लिखित सुझाव लिईएको छ । मुलुकको अर्थतन्त्र खस्किँदै गहिरहेको र बागलुङको व्यवसाय पनि धरासायी हुँदै गएको भन्दै व्यवसायीले चिन्ता व्यक्त गरेका छन्… पुरा पढौ

इमेज सहकारीका बचत कर्ताद्वारा बागलुङमा विसाल जुलुस प्रदर्शन

बागलुङमा चरणबद्ध आन्दोलन थालेका इमेज बचत तथा ऋण सहकारी संस्थाका बचत कर्ताले बिहिबार बागलुङ बजारमा विसाल जुलुस प्रदर्शन गरेका छन् । इमेज बचत तथा ऋण सहकारीका अध्यक्ष देवकुमार नेपालीसहित अन्य संचालकहरुलाई तत्काल पक्राउ गरि कारवाहीको माग गदै बचतकर्ताहरुले बागलुङमा प्रदर्शन गरेका हुन् । बचत कर्ताले बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ र बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठलाई ज्ञापन पत्र वुझाएका छन् । नेपालीलाई पक्राउ गरि तत्काल बचतकर्ताको बतच फिर्ता गर्ने वातावरण मिलाउन इमेज बचत पीडित संघर्ष समितिले… पुरा पढौ

इमेज सहकारीका बचतकर्ताहरुले बागलुङमा राके जुलुस प्रदर्शन

इमेज बचत तथा ऋण सहकारीका अध्यक्ष देवकुमार नेपालीलाई तत्काल पक्राउ गरि कारवाहीको माग गदै बचतकर्ताहरुले बागलुङमा राके जुलुस प्रदर्शन गरेका छन् । बचतकर्ताहरुको अरबौं रकम हिनामिना गरि भागेका देवकुमार नेपालीलगाएत अन्य सञ्चालकहरुलाई तत्काल पक्राउ गरि बचतकर्ताहरुको रकम फिर्ता गराउन माग गर्दै सयौ बचतकर्ताले राकेजुलुस प्रदर्शन गरेका हुन्। इमेज पीडित संघर्ष समितिको आह्वानमा सयौ बचतकर्ता जुलुसमा सहभागि थिए । बागलुङ नगरपालिका–३ स्थित गोदम घरबाट निस्केको राँकेजुलुसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।जुलुसमा सहभागी भएका बचतकर्ताले सहकारीका अध्यक्ष देवकुमार नेपाली र नेपाल सरकार… पुरा पढौ

माइतीघरमा सहकारी पीडितहरू धर्ना बसेको एक महिना पुग्यो, सरकार मौन

सहकारी संस्थाबाट आफ्नो बचत गरेको रकम फिर्ता नपाएपछि काठमाडौ माइतीघर मण्डलामा आन्दोलन गरिरहेका सहकारी पीडितहरू धर्ना बसेको एक महिना पुगेको छ । रकम प्राप्त हुने कुनै आधार फेला फेला नपरे पनि आन्दोलनकारीलाई राजनीतिक दलका नेता तथा सांसदहरूको समर्थन बढेर गएको छ ।धर्नामा सरकारले कुनै सुनुवाइ नगरेको आवाज उठेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर तोसिमा कार्कीले आन्दोलनमा ऐक्यबद्धता जनाएकी छन् । सहकारीका कारण पीडितहरूमध्ये कतिपय डिप्रेसनमा पुगेको, कतिपय आत्महत्या गर्ने अवस्थामा पुगेकाले छिटो समस्या समाधान गर्न आफूले रचनात्मक भूमिका खेल्ने… पुरा पढौ

बैंक तथा वित्तिय संस्थाको ब्याजदरका विरुद्ध उद्योग वाणिज्य संघ बागलुङले बुझायो ज्ञापन पत्र

बागलुङ उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल राष्ट्र बैंकलाई ज्ञापन पत्र पठाएको छ । निक्षेपको व्याजदर घटाएका बैंङ्कहरुले असार मसान्त लाग्न लाग्दा समेत कर्जाको व्याजदर नघटाएर विभिन्न बाहना बनाउँदै व्यवसायीलाई थप मर्कामा पारेको भन्दै संघले बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठमार्फत नेपाल राष्ट्र बैंङ्कलाई ज्ञापन पत्र पठाईएको हो । नेपाल राष्ट्र बैंङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समिक्षा गर्दै अर्थतन्त्रमा आएको सिथिलताका कारण व्याजदर हेरफेर गर्न निर्देशन भएपनि बैंङ्क तथा वित्तिय संस्थाले व्यवसायीलाई मारमा पार्ने गरि कदम… पुरा पढौ