समाचार

राजेश बर्देवाकाे नाच छम्म छम्म बोलको तीज गीत सार्वजनिक

काठमाडौं / हिन्दु महिलाहरूको पर्व तीज नजिकिएसँगै तीज गीत सार्वजनिक हुने क्रम बढ्दो छ। यसैबीच राजेश बर्देवाको नाच छम्म छम्म बोलको तीज गीत सार्वजनिक भएको छ। मंगलबार राजधानीमा आयोजित एक समारोहमार्फत गीत सार्वजनिक गरिएको हो । राजेश बर्देवा युट्युबमार्फत सार्वजनिक गरिएको गितमा समीक्षा अधिकारी र राजेश बर्देवाले स्वर भरेका छन । ओबी रायमाझी र जाहन्वी बस्नेतकोअभिनय तथा नृत्य रहेको भिडियोको निर्देशन रामजी लामिछानेले गरेका छन । कृष्ण कंडेल र प्रिया कुमारको सुन्दर शब्द सिर्जनामा सजिएको गितले तीजको परम्परागत मौलिकतालाई समेटेको… पुरा पढौ

हेलिकोप्टर दुर्घटनामा चार जना चिनियाँ नागरिककाे मृत्यु

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक रहेको खुलेको छ । पाइलट चाहिँ नेपाली नागरिक रहेको बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी विष्णुकुमार केसीले बताए । केसीका अनुसार, ज्यान गुमाउनेमा चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी, र क्याप्टेन के मल्ल छन् । केसीका अनुसार, ज्यान गुमाउनेमध्ये वीबाहेक अरु सबै चिनियाँ नागरिक हुन् । रसुवाको स्याफ्रुवेसीका लागि काठमाडौंबाट उडेको एयर डाइनस्ट्रीको हेलिकोप्टर बुधबार दिउँसो दुर्घटनामा परेको थियो । लगत्तै घटनास्थल… पुरा पढौ

बागलुङमा पहिरोमा परि बेपत्ता भएका एकजना बालकको शव फेला

बागलुङ ,श्रावण २३ बागलुङ जिल्ला वडिगाड गाउँ पालिकामा पहिरोले पुरिएर बेपत्ता भएका एकजना बालकको शव बुधबार विहान फेला परेको छ । वडिगाड गाउँ पालिका वडा नम्बर १० साेमबार राति आएको पहिराे घर पुरिएको घटनास्थलमा बेपत्ता भएका बर्ष ०३ को आरुष थापाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी बिजय यादवले बताए ।अन्यको खोजतलाश भईरहेको यादवले बताए । वडिगाड गाउँ पालिका वडा नम्बर ९ र १० मा अहिलेसम्म पहिरोमा परेर ९ जनाको मृत्यु भइसकेको छ ।आज विहान३ जना घाइतेलाई… पुरा पढौ

घाइते लिएर हेलिकप्टर काठमाडौं उड्याे

बागलुङ ,श्रावण २३ अविरल बर्षाकाे कारण पहिरोमा परेर घाइते भएका बागलुङका ३ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौ लगिएको छ । बागलुङ जिल्ला वडिगाड गाउँ पालिका वडा नम्बर १० का १९ बर्षिय रिमा पुन , ३१ बर्षकी सिता थापा ,बर्ष ४६ की संगिता बुढा लाई नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारको लागि काठमाडौ पठाइएको प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले बताए । बागलुङ जिल्ला बडिगाड गाउँ पालिका वडा नम्बर ९ र १० मा पहिरोले घर पुरिँदा ८ जनाको मृत्युु भएको थियो । मंगलबार… पुरा पढौ

बागलुङमा पहिरोमा परेर ८ जनाको मृत्यु ४ जना घाइते

बागलुङ श्रावण २२ बागलुङ / पहिरोमा पुरिएर बागलुङमा मंगलबार आठ जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन । पहिरोले बडिगाड गाउँपालिका वडा नं. १० मा छ जना र बडिगाड गाउँपालिका –९ मा दुई जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । पहिरोमा परि मृत्यु हुनेमा बडिगाड गाउँपालिका वडा नं. १० का ७ बर्षिया मालती बुढा, मधु बुढा, १३ बर्षका मनोज बुढा अमन बुढा र ५१ बर्षका ७९ मैतीदेवी विक एक ६ बर्षिया बालिका… पुरा पढौ

अविरल बर्षाले कालीगण्डकी करिडाेर अबरुद्ध

बागलुङ ।  अविरल वर्षाले पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो । करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी जानकारी दिएका छन् ।  करिडोर अवरुद्ध हुँदा लामा तथा छोटो दूरीका सवारीसाधन ठप्प भएको उनले बताए । अहिले  वर्षा भइरहेको हुँदा सडक खुलाउन नसकिने जनाउँदै वर्षा रोकिएपछि खुलाउने प्रहरी नायब… पुरा पढौ

अमेरीका यात्रा स्मरण पवित्र रसाईलीकाे विशेष तीज गीत सार्वजानिक

पाेखरा/ तीज सँगै जोडिएको गीत, संगीत र कलाको कुरा गर्दा हामीले हाम्रो विगतलाई पनि सम्झन आवश्यक छ। तीजको त्यो मौलिक पाटो जसमा हाम्रा दिदीबहिनीको प्रत्यक्ष सहभागिता रहन्थ्यो, गाउने, नाच्ने, गीत सृजना गर्ने, यी विषयमा जति छलफल, अनुसन्धान, विचार र विर्मश हुनुपर्ने हो, त्यो नभएको होकि भन्ने लाग्छ। वास्तविक तीजमा नारीका बेदना र कुनै पनि विषयवस्तुहरुमा आफ्नो जीवनकहानी तथा विशेष स्थानको भ्रमण यात्रासंस्मरणलाई टपक्क गीत मार्फत प्रस्तुत गरि यस्ता विषय बनाएर तीज गीत गाउने चलन परापूर्वकालदेखिनै चलेको हो । केही महिना… पुरा पढौ

ढाेरपाटनमा फुलेको रातो सेतो लालिगुरास फूल बाट अर्गानिक चियाकाे उत्पादन शुरू

बागलुङ / बिगत लामाे समय देखि बागलुङ बजारकाे आवाराेडबाट सेवा दिई रहेकाे बुद्वचित्त आयुर्वेदले पहिलाे पटक लालिगुणाश द्वारा अर्गानिक चियाकाे उत्पादन शुरू गरेकाे छ । बागलुङ जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल ढाेरपाटनमा फुलेको रातो सेतो लालिगुरास फूल देखि बनाएको अर्गानिक चियालाई बुद्धचित्त आयुर्वेद बागलुङले आफै उत्पादन गरेकाे हाे । जुन लालिगुरास चियाले पुरानो पिनास ,घाटि तथा मुख को घाउ,फोक्सो सम्बन्धि समस्या आमासय आन्द्रा सम्बन्धी समस्या पुरानो भन्दा पुरानो कब्जियत ,पुरानो ग्यास्टिक,मोटोपना ,मुटु कलेजो तथा पिसाब सम्बन्धी समस्यामा अति उपयुक्त हुने संचालक… पुरा पढौ

महानायक राजेश हमाल ८ बर्षपछि अभिनयमा फर्किए

काठमाडौं । नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमाल झन्डै ८ वर्षपछि अभिनयमा फर्किने भएका छन् । हमाल निर्देशक दिवाकर भट्टराईको एक अनटाइटल फिल्ममा अनुबन्धित भएका हुन् । आइतबार बेलुका निर्माता तथा निर्देशक भट्टराई र महानायक हमालबीच लिखित सहमति भएको हो । हमालले सामाजिक सञ्जालमा तस्वीर राख्दै आफू दिवाकरको फिल्ममा अनुबन्धित भएको जानकारी दिएका छन् । सहमतिको जानकारी दिँदै उनले लेखेका छन्,‘लामो अन्तरालपछि दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्ममा काम गर्दैछु ।’ पछिल्लो पटक फिल्म ‘सकुन्तला’मा अभिनय गरेपश्चात महानायक हमाल कुनै पनि फिल्ममा… पुरा पढौ

सुनिता नेपालीकाे तिजगित “अरे लालुमै”सार्वजानिक

कास्की / नेपाली हिन्दु महिला दिदीबहिनीहरुको महान पर्व हरितालिका तिजलाई लक्षित गरेर गायिका सुनिता नेपाली ,शान्ति डाेटेल र कमला न्याैपानेकाे माैलिक तिजगित " अरे लालुमै " बजारमा सार्बजानिक भएकाे छ। तीजको नाममा मौलिकता र तिजको यथार्थतालाई भुलेर अस्लिलतालाई प्रश्रय दिनेहरुको माझमा याे तिजको गीतले मौलिकता र यथार्थतालाई आत्मसाथ गरेकाे छ । पछिल्लाे समय भडकिला तिजका गित सार्वजानीक भईरहेकाे वेला नितान्त मौलिक पन बोकेको गीतकाे शब्द सर्जक रमेश बिजि र संगित गायिकाद्वय शान्ति डाेटेलकाे रहेकाे छ । गायिका सुनिता नेपाली कमला… पुरा पढौ