
पछिल्लाे समयमा नेपाली गित संगितमा केहि तरलता आएको छ । गीत सार्वजानिक गरेपनि साेचे जस्ताे भिउज नजाने यसले गर्दा पनि कतिपय कलाकारलाई आर्थिक पाटाेमा समस्या देखिन थालेकाे छ ।
महंगो आर्थिक लगानी गरेर म्युजिक भिडियाे बनाउन कलाकारलाई पर्छ राम्राे लगानि गरे गीत चल्छ कि भन्ने आसा प्राय लगानिकर्ता लाई हुन्छ तथापि पछिल्लाे समय प्राय गितहरूमा भिउज गएकाे भने देखिदैन ।
पछिल्लाे समयमा आफुलाई गीत संगितकाे माध्यमबाट चिनाउन सफल पाल्पाकी लाेक दाेहाेरी गायिका दिपिका बयम्बु मगरकाे केही महिना अघि बजारमा सार्वजानिक गरिएकाे मायालाई पानकाे पात लाेक दाेहाेरी गीतले कराेड दर्शककाे माया बटुलेकाे छ ।
२०२४ डेसेम्बर १५ तारिक पल शाह अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएकाे याे गितले कराेड कल्वमा प्रवेश गरेपछि याे गीत संग जाेडिएका नायक पल शाहले खुसि व्यक्त गरेका छन।
सर्जक नेत्र अर्यालकाे शब्द खेम सेञ्चुरीकाे संगितमा रहेकाे यस गितमा गायिका दिपिका बयम्बु मगर र खेम सेञ्चुरीकाे अावज रहेकाे छ भने भिडियाेमा नायक पल शाह र माेडल अन्जना पुन मगरकाे दमदार नृत्य देखिन्छ । भिडियाेकाे निर्देशन बिक्रम चाैहन र सम्पादन मिलन बिश्वकर्माकाे रहेकाे छ ।












