राजनीति

बागलुङ नगरपालिकाको नगर प्रमुखमा ६ जनाको उम्मेदवारी

बागलुङ नगरपालिकाको नगर प्रमुखमा ६ जनाको उम्मेदवारी परेको छ । नगरप्रमुखमा दुई महिला र ४ जना पुरुषको उम्मेदवारी परेको हो । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि सत्तारुढ गठबन्धनबाट बसन्तकुमार श्रेष्ठ ,एमाले राप्रपा गठबन्धनबाट निर्वतमान नगर प्रमुख जनकराज पौडेल ,नेपाली काँग्रेस विपिबाट धना आचार्य,विवेकशिल साझा पार्टीको तर्फबाट सुरज खड्का नेपाल दलित पार्टीका भक्त बहादुर बिक र नेकपा मालेको तर्फबाट मञ्जु क्षेत्रीले नगर प्रमुखमा उम्मेदवारी दिएका छन् । ६ जनाले उम्मेदवारी दिए पनि मुख्यत सत्ता गठबन्धन भर्सेस एमाले राप्रपा… पुरा पढौ

बागलुङमा सत्ता गठबन्धन भर्सेस एमाले राप्रपा गठवन्धनको मनोनयन दर्ता

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि बागलुङ जिल्लाको १० वटा स्थानीय तहमा राजनीति दलले प्रमुख ,उप प्रमुख ,अध्यक्ष, उपाध्यक्ष ,वडा अध्यक्ष तथा सदस्यहरूले मनोनयन पत्र दर्ता गरेका छन् । सत्ता गठबन्धनको र एमाले राप्रपाले गठवन्धन गरि मनोनयन दर्ता गरेका छन् । बागलुङ नगरपालिकाको नगर प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका बसन्त कुमार श्रेष्ठ, उप प्रमुखमा माओवादी केन्द्रका राजु खड्काले मनोनयन दर्ता गराएका छन् । यस्तै एमाले राप्रपा गठबन्धन बाट नगर प्रमुखमा एमालेबाट जनकराज पौडेल ,उप प्रमुखमा राप्रपाका संजय खड्काले उमेदवारी… पुरा पढौ

मनाेनयन दर्ता गर्दै स्थानीय तहका उमेदवारहरू

बागलुङको स्थानीय तहको लागि बागलुङ जिल्लामा क्रियाशील राजनीतिदलहरू आआफ्नो तर्फबाट मनाेनयन पत्र निर्वाचन अधिकृतकाे कार्यालयमा गएर दर्ता गर्न थालिएको छ । बागलुङ जिल्लाकाे १० वटा स्थानीय तहमा नेपाली कांग्रेस सहितको गठबन्धन दल र एमाले सहितको गठबन्धन दलले प्रमुख उप प्रमुख वडा अध्यक्ष र सदस्य पदमा उमेदवारी दर्ता गराउन शुरू गरेको मुख्य निर्वाचन अधिकृत बासुदेवले बताउनुभयो ।उमेदवारी दर्ताको दाेस्राे दिन बिहान १० बजेदेखि ५ बजेसम्म समय भएको कारणले पनि निर्वाचन अधिकृतकाे कार्यालयमा खासै भिडभाड भने देखीदैन । पुरा पढौ

नेपाली काँग्रेसको तर्फबाट बागलुङका ६ पालिकामा यि हुन् उम्मेदवार

आगामी स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट बागलुङमा उम्मेदवार टुंगाएको छ । सत्ता गठबन्धन दल भित्रको भागवण्डामा काँग्रेसले प्राप्त गरेका पालिका प्रमुख र उपप्रमुखमा उम्मेदवारी टुंगाएको छ । काँग्रेसकोले बागलुङ नगरपालिकाको नगरप्रमुखमा बसन्त कुमार श्रेष्ठ, गलकोट नगरपालिकाको नगरप्रमुखमा भरत शर्मा गैरेलाई नै पुन उम्मेदवार बनाउने भएको छ । त्यसैगरी काठेखोला गाउँपालिकाको अध्यक्षमा राजु थापा, बडिगाड गाउँपालिकाको अध्यक्षमा गण्डकी थापा अधिकारी, निसीखोला गाउँपालिकाको अध्यक्षमा सुर्यबहादु घर्ति र तमानखोला गाउँपालिकाको अध्यक्षमा जोकलाल बुढा उम्मेदवार बनाउने निर्णय गरेको छ । काँग्रेसको तर्फबाट जैमिनी… पुरा पढौ

नेकपा एमालेले बागलुङका १० पालिकामै उम्मेदवार छनोट

नेकपा एमालेले बागलुङका १० पालिकामै उम्मेदवारको टुङ्गो लगाएको छ । पाँच पालिकामा यस अघिनै उम्मेदवार टुङ्गाएको एमालेले थप पाँच पालिकामा उम्मेदवारको टुङ्गो लगाएको हो । नेकपा एमाले गण्डकी प्रदेशको निर्णय अनुसार बागलुङ नगरपालिकाको नगरप्रमुखमा जनकराज पौडेललाई दोहो¥याउने निर्णय गरेको छ । बागलुङ नगरको उप प्रमुखमा पवित्रा रोकाले उम्मेदवार बनाउने एमालेले जनाएको छ । यस्तै एमालेले काठेखोला गाउँपालिकाको अध्यक्षमा डिल बहादुर कार्की र उपाध्यक्षमा कोपिला पुन, बडिगाड गाउँपालिकाको अध्यक्षमा राजन पाईजा र उपाध्यक्षमा मिना रायमाझी, बरेङ उँपालिकाको अध्यक्षमा प्रदिप थापा र… पुरा पढौ

ठूलो रस्साकस्सि बिच ५ दलीय गठबन्धनकाे सहमति

नेपाली कांग्रेस ६,माआ‌ेवादी केन्द्र ,२ राजमाे २ पालिका प्रमुख बागलुङ ,बैशाख ३० गतेहुने स्थानीय तहको निर्वाचनको लागि उमेदवारले मनाेनयन दर्ता गर्न एक दिन बाकी रहदा बल्ल ठूलो रस्साकस्सि बिच १० वटा स्थानीय तहमा टुंगो लगाएको छ । गठबन्धनमा रहेको कार्यदलले आइतबार राति ३ बजे बागलुङ जिल्लाकाे ४ वटा नगर पालिका र ६ वटा गाउँ पालिका ५ दलीय गठबन्धन बिच सहमति गरेको कार्यदलका सदस्य राजीव घिमिरेले बताउनुभयो । नेपाली कांग्रेसले बागलुङ नगरपालिका ,गलकाेट नगरपालिका ,निसी खाेला गाउँ पालिका ,काँठेखाेला गाउँ पालिका… पुरा पढौ

बागलुङमा टुंगियो सत्तागठबन्धन दलकाे उम्मेदवार बाँडफाँड

बागलुङ/ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकाे लागि बागलुङमा सत्तासाझेदार दलले आसन्न स्थानीय तहको निर्वाचनमा पालिका प्रमुख र उपप्रमुखमा बाँडफाँडको टुङ्गो लगाएका छन् । नेपाली कांग्रेसलाई ६ वटा पालिका , नेकपा माओवादी केन्द्रलाई दुई वटा पालिका र राष्ट्रिय जनमोर्चालाई दुई पालिका प्रमुखमा उम्मेदवारी बनाउने निर्णय भएको गठबन्धन कार्यदलका एक सदस्यले हिडन खबर लाई बताउनुभयो । गठबन्धन दलको सहमति अनुसार कांग्रेसले बागलुङ नगरपालिका र गलकोट नगरपालिकामा प्रमुख, काठेखोला गाउँपालिका, वडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाको अध्यक्षमा उमेद्वारी दिने छ… पुरा पढौ

निर्वाचनको आचार संहिता विपरीत चन्द्रागिरि नगरपालिकाले बाँड्न लागेको साडी प्रहरीद्वारा बरामद

प्रहरीले चन्द्रगिरि नगरपालिकाले स्थानीय महिलाहरूलाई वितरण गर्न लागेको सारी बरामद गरेको छ। निर्वाचनको आचार संहिता विपरीत स्थानीय महिलाहरूलाई वितरण गर्न भनी नगरपालिकाको वडा नम्बर ८ कार्यालयले खरिद गरेको ११० थान साडी प्रहरीले बरामद गरेको हो । शनिबार निर्वाचन अधिकृतको कार्यालय चन्द्रागिरि नगरपालिका बलम्बुबाट निर्वाचन आचारसंहिता विपरित स्थानीय महिलाहरूलाई साडी वितरण गर्न लागिएको भन्ने सूचना आएपछि प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग बलम्बुबाट संयुक्तरुपमा खटिएको टोलीले चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ को वडा कार्यालय भवनबाट वितरण गर्न तयारी अवस्थामा राखिएको साडी… पुरा पढौ

एमालेले टुंगायो बागलुङका केही पालिकाका उमेदवार

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेले बागलुङ जिल्लाको १० वटा पालिका मध्य केही पालिकामा उमेदवार घोषणा गरेको छ । एमाले बागलुङको तमानखोला गाउँपालिका अध्यक्षमा देवेन्द्र छन्त्याल र उपाध्यक्षमा टेकमति विक, ढोरपाटन नगरपालिका प्रमुखमा देवकुमार नेपाली, ताराखोला गाउँपालिका अध्यक्षमा ऋषिराम रोका र उपाध्यक्षमा थममाया घर्ती, गलकोट नगरपालिका प्रमुखमा पूर्ण काउचा र उपप्रमुखमा रुपा विक तथा जैमिनी नगरपालिका प्रमुखमा लिला राना र उपाध्यक्षमा यमुना शर्मा उम्मेदवार हुने निश्चित भएको हो । बाँकी पालिकाहरुको प्रमुख र उप्रमुखका बिषयमा छलफल… पुरा पढौ

बागलुङमा गठवन्धन: आआफ्नै अडानका कारण फलामको चिउरा बन्दै

देश स्थानीय तहको निर्वाचनमय बनिरहेको छ ।सामाजिक सञ्जालका भित्ताहरु देखि सार्वजनिक स्थलहरुमा चुनावी छलफल र आआफ्नै धारणाहरु देख्न र सुन्न सकिन्छ । तर अघिल्ला निर्वाचनहरुमा भन्दा यसपटकको स्थानीय तहको निर्वाचनमा केहि फरक परिवेशहरु देखिएका छन् । देशमा मुख्यत सत्तारूढ दलहरुको पाँच दलीय गठवन्धन र एमाले सहितका सात दलहरुको मोर्चा विच चुनावी प्रतिस्पर्धा हुने देखिन्छ तर सत्तारूढ दलहरु एकले अर्काको अस्तित्व स्विकार्न नसक्दा जिल्ला तहमा भने पद बाँडफाँडमा निकै सकस बनिरहेको छ । बागलुङ जिल्लामा पाँच दलिय गठवन्धन तीन हप्ता अगाडि… पुरा पढौ