राजनीति

बागलुङका दुबै क्षेत्रमा मतगणना सुरु

बागलुङ जिल्लाको दुबै क्षेत्रको मत गणना सुरु गरिएको छ ।क्षेत्र नम्बर १ को जिल्ला समन्वय समितिकप सभाहलमा र २ को ढोरपाटन नगरपालिका-२ को निर्वाचन अधिकृतको कार्यालय रहेको नयाँ शहरी आयोजनाको भवनमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ । क्षेत्र नम्बर १ मा बागलुङ नगरपालिका र बरेङ गाउँपालिकाबाट गणना सुरु गरिएको छ भने २ को ताराखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाबाट सुरु गरिएको निर्वाचन अधिकृत बाबुराम पाण्डेले बताए । जनताद्वारा जनप्रतिनिधि चुन्ने यो महान अवसर निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न… पुरा पढौ

आफैलाई मत हाल्न पाएनन् राजमो अध्यक्ष केसी र शिक्षा मन्त्री पौडेल

प्रदेश तथा प्रतिनिधिसभाका लागि बागलुङका दुई उम्मेदवारले आफैलाई मत हाल्न नपाउने भएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार बनेका राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी र शिक्षा मन्त्री देवेन्द्र पौडेलले आफैलाई मतदान गर्न नपाएका हुन् । आफू उम्मेदवार भएको क्षेत्रको मतदाता नामावलीमा आफ्नो नाम नभएकाले यो अवस्था आएको हो। उम्मेदवारी दिन जुनसुकै जिल्लाको मतदाता भए पनि मतदान गर्न मतदाता नामावली भएकै मतदान केन्द्रमा जानु पर्ने निर्वाचन आयोगले व्यवस्था गरेको छ । यहि व्यवस्थाले जिल्लामा २ उम्मेदवार मताधिकारविहिन बनेका हुन्। त्यसैले पाँच… पुरा पढौ

बागलुङमा मध्यान्नसम्म ४० प्रतिशत मत खस्यो

प्रदेश तथा प्रतिनिधिसभाका लागि बागलुङमा जारी निर्वाचनमा आइतबार दिउँसो २ बजेसम्म ४० प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालय बागलुङले दिएका जानकारी अनुुुसार आईतबार मध्यान्नसम्म आइपुग्दा ४० प्रतिशत मत खसेको होे । जिल्लाका केही मतदान स्थलमा ३५ केहिमा ४५ प्रतिशतसम्म मत खसेकोले समग्रमा ४० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यलय बागलुङका प्रमुख यज्ञ प्रसाद रिजालले जानकारी दिनु भयो । स्थानीय तह निर्वाचनमा बागलुङका १० स्थानीय तहमा ६७ प्रतिशत मत खसेकोमा यस पटक करिव ६० प्रतिशत मत खस्ने आकलन गरे पनि… पुरा पढौ

आगामी पाँच वर्षका लागि प्रतिनिधि र प्रदेश सभा सदस्य चयनका गर्न बागलुङमा मतदान सुरु

आगामी पाँच वर्षका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि बागलुङमा पनि मतदान सुरु भएको छ । मतदानको समय बिहान ७ बजेबाट नै मतदान सुरु भएको हो । प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चारवटा निर्वाचन क्षेत्र रहेको बागलुङमा दुई सय ३१ मतदान केन्द्र निर्धारण गरिएको छ । बागलुङका दुई निर्वाचन क्षेत्रमा १ लाख ९२ हजार २२७ मतदाता रहेका छन् । यो २०७४ को चुनावमा भन्दा २४ हजार ९४५ ले बढी हो । २०७४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा १ लाख… पुरा पढौ

बागलुङमा निर्वाचनको तयारी पूरा, मतदानस्थलमा कर्मचारी तथा सुरक्षाकर्मी तैनाथ

भोलि आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि बागलुङमा सम्पूर्ण तयारी पूरा गरी मतदानस्थलमा कर्मचारी तथा सुरक्षाकर्मी तैनाथ भएका छन् । निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन कार्यालयले निश्चित गरेको मतदान केन्द्रमा मतदान स्थल बनाउने काम सकिएको छ । प्रतिनिधि सभाको दुई र प्रदेश सभाको चारवटा निर्वाचन क्षेत्र रहेको बागलुङ जिल्लामा निर्वाचन भयरहित वातावरणमा शान्तिपूर्ण रूपमा सम्पन्न गर्नको लागि निर्वाचनको सम्पुर्ण तयारी पूरा भएको निर्वाचन कार्यालयले बागलुङले जनाएको छ । प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चारवटा निर्वाचन क्षेत्र रहेको बागलुङमा दुई… पुरा पढौ

एजेन्डा नपाएर विपक्षीले उमेरको खिल्ली उडाउन खोजे : जनमोर्चा अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ओली नेतृत्वको एमालेले प्रतिगमनको दिशामा आफ्ना गतिविधि बढाउँदै लगेकोले अरोप लगाउनु भएको छ । बिहिबार सत्ता साझेदार गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केसीले यस्तो बताउनु भएको हो । अघिल्लो निर्वाचनमा एमालेलाई सघाएर सरकारमा पठाउँदा संविधाननै खतरामा पारेपछि अहिले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनेको बताउनुभयो । केसीले २०७२ सालको संविधान जोगाउन बुढेसकालमा निर्वाचन लड्नु परेको ुबताउनु भयो । धर्म निरपेक्षता र गणतन्त्र तथा संविधान जोगाउने काममा एमालेभन्दा कांग्रेस बढी इमान्दार भएकोले संविधानको रक्षाको… पुरा पढौ

बागलुङमा शान्तिपूर्ण रूपमा निर्वाचन हुने वातावरण छैन ः एमाले

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन मात्रै ४ दिन बाकी रहदै गर्दा नेपाल कम्युनिस्ट पार्टी एमालेले बागलुङ जिल्लाका केही ठाउँमा स्वतन्त्र र निषपक्ष रूपमा निर्वाचन हुने वातावरण नभएको हुदा निर्वाचन आयोग लाई सहज वातावरण बनाउन माग गरेको छ । नेपाल कम्युनिस्ट पार्टी एमाले बागलुङले बुधबार सदरमुकाममा पत्रकार सम्मेलन गरेर बागलुङ जिल्लामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुने वातावरण नभएको दावी गरेको छ । बागलुङ क्षेत्र नम्बर नं. १ मा नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्य पाठक, गण्डकी… पुरा पढौ

कुश्मिसेराबाट निर्वाचन बहिष्कार गर्ने मशालका एक दर्जन नेता कार्यकर्ता पक्राउ

प्रहरीले आसन्न मंसिर ४ गते हुने निर्वाचन बहिष्कारको कार्यक्रम गर्ने नेपाल कम्युनिष्ट पार्टी (मशाल)का १३ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ । बागलुङ जिल्लाको जैमिनि नगरपालिकाको केन्द्र कुश्मिसेरा बजारमा नेकपा (मशाल)ले मंगलबार आयोजना गरेको चुनाव बहिष्कार कार्यक्रमको कोणसभाबाट नेकपा (मशाल)का पोलिटब्युरोे सदस्य ७० वर्षीय कृष्णराज पौडेल सहित १३ जनालाई पक्राउ गरि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले बताए । कुश्मिसेरा प्रहरी चौकीबाट खटिएको प्रहरी सहायक निरीक्षक मिनबहादुर खत्रीको टोलीले उनीहरुलाई निर्वाचन विरोधी पर्चासहित कोणसभा… पुरा पढौ

संविधानको रक्षा र लोकतन्त्र बचाउन गठबन्धन : जनमोर्चा अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमालेलाई भोट माग्ने नैतिक अधिकार नभएको बताएका छन्। बागलुङको जैमिनी नगरपालिका ७ जैदीमा आयोजित चुनावी सभामा बोल्दै उनले पटक–पटक संसद्लाई भत्काउनेलाई भोट दिन नहुने बताए। सत्ता गठबन्धनका तर्फदेखि प्रतिनिधि सभामा बागलुङ–१ का उम्मेदवारसमेत रहेका केसीले अहिलेको पाँच दलीय गठबन्धन संविधानको रक्षाका लागि बनेको बताए। उनले मंसिर ४ गतेको निर्वाचनमा प्रतिगमन ढल्ने दाबी गरेका थिए। केपी ओली नेतृत्वको एमाले सरकार बनेमा संविधान मासिने र राजतन्त्र फर्कने हुँदा यसलाई रोक्न जनता अग्रसर हुनु पर्ने उनले बताए।‘… पुरा पढौ

निर्वाचन आचारसंहिता उल्लंघन गर्दै फेसबुकमा सर्वेक्षण !

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आउन २ हप्ता मात्रै बाँकी छ । स्वच्छ निर्वाचन सञ्चालनका लागि आयोगले निर्वाचन आचारसंहिताको कडाइका साथ लागू गरिरहेको जनाएको छ तर दिनदिनै आचारसंहिता उल्लंघनका घटना घटिरहेका छन् । यसैबिच बागलुङ जिल्लाको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई आचारसंहिता विपरीत आँकलन गर्दै फेसबुकमा सर्वेक्षण गरिएको छ । रुटीन अफ बागलुङ बन्द(Routin of Baglung Banda) नामक फेसबुक पेजले उम्मेदवारको फोटो राख्दै निरन्तर मत सर्वेक्षण गरिरहेको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ (त) मा… पुरा पढौ