अर्थतन्त्र

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग प्रधानमन्त्रीको छलफल

माघ १७, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गर्नुभएको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना गरी प्रधानमन्त्री प्रचण्डले कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाले गरेको सम्भाव्यता अध्ययननको बिफ्रिङ लिनुभएको हो। नेपाल सरकारको आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रममा विगतमा सञ्चालन भएर वर्तमानमा बन्द अवस्थामा रहेका उद्योगहरू पुनः सञ्चालन गर्ने व्यवस्था गरिएबमोजिम नेपाली सेनाले उद्योग पुनः सञ्चालन सम्बन्धी सम्भाव्यता अध्ययन गरेको थियो। वि.सं. २०३२… पुरा पढौ

एनसेलको शेयर खरिदबिक्री अध्ययन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौँ, १५ माघ : निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा अध्ययन गर्न गठित छानबिन समितिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रतिवेदन पेस गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको उपस्थितिमा समितिका संयोजक टङ्कमणि शर्मा दङ्गालले उक्त प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेस गर्नुभयो । सरकारले गत मङ्सिर २१ गते एनसेलको शेयर खरिद बिक्रीको निर्णयका सम्बन्धमा प्रचलित कानुनको परिपालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीको सम्बन्धमा पर्न सक्ने असरलगायतका विषयमा छानबिन… पुरा पढौ

अबको बजेट सामाजिक न्याय र समाजवादको पक्षमा : प्रधानमन्त्री प्रचण्ड

वीरगञ्ज, १५ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता र सबै राजनीतिक दलको सामूहिक सहभागितामा बजेट निर्माण गर्न सरकार केन्द्रित भएको बताउनुभएको छ । वीरगञ्जमा आयोजित प्रेस सेन्टर नेपालकोे २० औं स्थापना दिवस तथा राष्ट्रिय परिषद्को बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रम र बजेट सामाजिक न्याय र समाजवादको पक्षमा हुने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “नीति तथा कार्यक्रम र बजेट समाजवाद र सामाजिक न्यायको पक्षमा हुनेछ । यसमा क्रान्ति नै गर्न खोजिएको छ । यसको पक्षमा जनमत… पुरा पढौ

ढाेरपाटनका नगर प्रमुख देवकुमार नेपालीलाइ पक्राउ गर्न रेड कर्नर नाेटिस जारी

बागलुङ र पोखराका इमेज सहकारीको अरवाै रकम अपचलन गरी जेठ ५ गतेदेखि फरार भएका ढोरपाटन नगरपालिका मेयरसमेत रहेका देवकुमार नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी भएको छ । गत जेठ ५ गतेबाट फरार भएका इमेज सहकारीका संस्थापक अध्यक्ष मेयर नेपालीले बागलुङ र पोखरामा इमेज सहकारीको झण्डै सवा २ अर्ब रुपैयाँ अपचलन गरेकोे आरोपमा पक्राउ पुर्जी जारी भएको छ । मेयर नेपालीलाई पक्राउ गर्न रेड कर्नर नोटिस जारी भएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता भीमप्रसाद ढकालले जानकारी दिए । बागलुङस्थित इमेज बचत तथा… पुरा पढौ

इमेज सहकारीकी कोषाध्यक्ष लक्ष्मी सुनार ललितपुरबाट पक्राउ देवकुमार नेपाली अझै फरार

बागलुङ । हजारौं बचत कर्ताकाे अरवाै रूपैयाँ अवचलन गरेर फरार भएका इमेज बचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्ष लक्ष्मी सेन सुनार ललितपुरको धोबीघाटबाट पक्राउ परेकी छिन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले निसीखोला गाउँपालिका–१ घर रहेकी २७ वर्षीया सुनारलाई बिहीबार ललितपुर महानगरपालिका – ३, धोबीघाटबाट पक्राउ गरेको सीआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले हिडन खबर लाइ बताए । सहकारीका अध्यक्ष देव कुमार नेपाली समेत ८ जना संचालकलाई खोजतलास गर्ने क्रममा सुनारलाई धोबीघाटबाट बिहीबार राति पक्राउ गरिएको हो । सुनारलाई अनुसन्धानको… पुरा पढौ

वि पी स्मृति भवन बनाउन १४ लाख दिने तमानखोलाको निर्णय उल्टियो

बागलुङ : नेपाली कांग्रेस बागलुङको वीपी स्मृति  भवन निर्माणका लागि बजेट दिने तमानखोला गाउँपालिकाले गरेको निर्णय उल्टिएको छ । बुधबार बिहान बसेको सर्वदलीय बैठकले गाउँसभाबाट विनियोजित १४ लाख रुपैयाँ वीपी स्मृति भवन निर्माणका लागि खर्च नगर्ने निर्णय गरेको हो । नेपाली कांग्रेसबाट निर्वाचित तमानखोला गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष झगबहादुर बुढा मगरको अध्यक्षतामा बसेको बैठकले वीपी स्मृति भवन निर्माणका लागि गरिएको निर्णयलाई उल्टियाउँदै सहमतिमा योजना छनोट गर्ने निर्णय भएको वडा नम्बर ४ का वडाध्यक्ष छवी  श्रीपालीले जानकारी दिए । ‘गाउँपालिका… पुरा पढौ

चैत मसान्तसम्म सहकारी पीडितले बचत फिर्ता पाउने संभावना नदेखेपछि आन्दोलन गर्ने तयारीमा काठमाडौं  /नेपालमा कुनै समय ‘गाउँ गाउँमा सहकारी’ घर घरमा भकारी भन्ने नारासहित प्रवर्द्धन गरिएका सहकारीहरूमा एकपछि अर्को बेथिति रोक्न राज्यले सहकारीहरूको नियमन र वर्गीकरण कसिलो बनाउन नसक्दा सहकारी प्रति जनताको बिश्वास घट्दै जान थालेको छ ।

सहकारी पीडित संघर्ष समितिले लगातार दुई महिनाभन्दा बढी राजधानी केन्द्रीत आन्दोलन गरेपछि सरकार र सहकारी पीडित संघर्ष समिति बिच ७ बुँदे सहमति भइ चैत मसान्तसम्म बचत कर्ताहरूले जम्मा गरेको बचत फिर्ता गर्ने लिखित सहमति भएको महिनाै बितिसक्दा समेत पैसा फिर्ता गर्ने वातावरण नभएपछि पीडितहरू पुन आन्दोलनमा जाने तयारीमा छन् । लाखौं बचत कर्ताहरूले आफुले बिहान बेलुका खाइनखाइ जम्मा गरेको अरवाै रकम सहकारीका संचालकहरूले अवचलन गरि फरार भएको भन्दै काठमाडौमा माइतीघर मण्डलामा ६३ दिनसम्म आन्दोलन गरेका थिए । सरकार र सहकारी… पुरा पढौ

यसपटकको बजेट कनिका छरेजस्तो नहुने अधुरा आयोजनाहरू सम्पन्न गर्ने खालको हुने ?

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले परम्परागत नीति तथा कार्यक्रम र बजेटले समस्या समाधान नहुने भएकाले यसपटकको बजेट कनिका छरेजस्तो नभई अधुरा आयोजनाहरूको निर्माण कार्य सम्पन्न गर्न जोड दिइने बताउनुभएको छ। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीसम्बन्धी बैठकमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। प्रधानमन्त्रीले पूराना योजनाहरू अलपत्र पर्ने तर नयाँ–नयाँ योजना थपिँदै जाँदा एकातिर काम नहुने र अर्कोतर्फ ठूलो स्रोत खेर जाने भएकाले यसतर्फ गम्भीर हुन अर्थ मन्त्रालय र राष्ट्रिय योजना… पुरा पढौ

बुढीगण्डकी बहुआयमिक प्रोजेक्टकाे काम छिटो अगाडि बढाउन प्रधानमन्त्रीकाे निर्देशन

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले बुढीगण्डकी जलासययुक्त जलविद्युत आयोजना नेपालको राष्ट्रिय गौरवको बहुआयमिक आयोजना भएकाले काममा तीव्रता दिन आग्रह गर्नुभएको छ। बुढीगण्डकी आयोजनालाई अगाडि बढाउने सम्बन्धी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित छलफलमा प्रधानमन्त्रीले आयोजना निर्माणको कामलाई तीव्रता दिएर जानुपर्ने बताउनुभएको हो। बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, “बुढीगण्डकी जलासययुक्त आयोजना सामान्य परियोजना होइन, यो राष्ट्रिय गौरवको आयोजनाका साथै बहुआयमिक आयोजना पनि हो। हामीले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका छौँ। तसर्थ, यस्ता आयोजनाहरूलाई विलम्ब नगरी अगाडि बढाउनुपर्दछ।”… पुरा पढौ

एमालेको ध्यानाकर्षणमा प्रधानमन्त्रीको प्रतिवद्धता : ‘‘नीति तथा कार्यक्रम र बजेटलाई सकेसम्म जनमुखी बनाउँछौँ’’

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी थालिएको जानकारी दिँदै त्यसलाई सकेसम्म जनमुखी बनाइने बताउनुभएको छ। मंगलबार बिहान नेकपा (एमाले) का पदाधिकारीहरूको प्रतिनिधिमण्डलसँग कुरा गर्दै प्रधानमन्त्रीले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको ढाँचा, समय र प्रक्रियामा गुणात्मक परिवर्तन गर्न लागिएकाले त्यसबाट राम्रो परिणाम आउनेमा आफू आशावादी रहेको बताउनुभएको छ। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले एमालेले गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म सञ्चालन गरेको ‘समृद्धिका लागि सङ्कल्प… पुरा पढौ