
काठमाडौं ,माघ १३
नेपाल पश्मिना उद्योग संघ नेपालकाे २५ आैं साधारणसभा रजत जयन्ती राजधानीकाे हिमालय हाेटलमा एक भब्य कार्यक्रम बिच सम्पन्न भएको छ ।
कार्यक्रममा उद्योग तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालले भब्य रूपले अन्तर्राष्ट्रियस्तरको पश्मिनाकाे मेला
गर्न सफल भएको पश्मिना नेपालकाे आफैमा एउटा ब्राण्ड भएको बताए ।बिश्व बजारमा फेरि एकपटक नेपालकाे पश्मिनालाइ ब्राण्डिङ प्याकेजिङ गरेर नयाँ संकल्पका साथ अगाडि बढेको मन्त्री भण्डारीले बताए ।
२५ आैं रजत जयन्तीको अवसरमा पश्मिना उद्योग संघ स्थापना गर्न महत्त्वपूर्ण भुमिका खेल्ने संघका संस्थापक
रामबहादुर गुरूङ ,श्याम श्रेष्ठ ,लगायतका संस्थापक सदस्यहरूलाइ प्रसंसा पत्र बाट मन्त्री भण्डारीले सम्मान गरेका थिए ।
पश्मिनाकाे लागि आवश्यक पर्ने च्याङ्रराकाे मुलायम उन नेपालकाे बजारमा निकै कममात्रामा पाइने भएको हुदा
अहिले पनि ८० प्रतिशत कच्चापदार्थ चीन लगायतका मुलुक बाट आयात गर्नुपर्ने अवस्था रहेको जानकारी अध्यक्ष धनप्रसाद लामिछानेले गराएका थिए ।
बिश्व बजारमा राम्रो माग रहेको पश्मिना तयार गरेर बिदेश निर्यात गर्ने ठूलो संभावना हुदाहुदै पनि यसलाई स्वदेशमा
तयार गर्न कठिनाइ भए पनि यसलाई बजारीकरण गर्न संघ लागिपरेको अध्यक्ष भण्डारीले साधारणसभामा बताए ।
पश्मिना उद्योग संघ नेपालका अध्यक्ष धनप्रसाद लामिछानेकाे अध्यक्षतामा भएको कार्यक्रममा रामबहादुर गुरूङ लगायतका बक्ताहरूले आआफ्नो धारणा राखेका थिए कार्यक्रम संचालन हेम सुवेदीले गरेका थिए ।
कार्यक्रममा पश्मिनाकाे बारेमा महत्त्वपूर्ण डकुमेन्ट्री प्रदर्शन गरिएको थियो ।

















