रेजिना परियारकाे ए बैगुनी सार्वजानीक

-


     हिडन खबर    
     माघ १८ गते २०८१ मा प्रकाशित


कसैलाई पागल बनाइदिएको छ यही मायाले, कसैलाई सफल बनाइदिएको छ यही मायाले,। कसैलाई कमजोर बनाइदिएको छ यही मायाले, अनि कसैलाई सहनशील बनाइदिएको छ यही मायाले हाे ।यस्तै यस्तै माया प्रेमकाे अन्तरभावलाई टपक्क टिपेर तयार पारीएकाे
गायीका रेजिना परियार र नव गायक बिनाेद गजमेरकाे ए बैगुनी गित सार्वजानीक भएकाे छ ।

” ऐ बैगुनी ” एउटा यस्तो प्रेम कथा समेटिएको गीत जुन हेरे पछी सबैको आखा रसाउने छ गायिका रेजिना परियारकाे शब्द संगित र आवाजमा नबाेदित गायक बिनाेद गजमेरले साथ दिएका छन गायिकाद्वय परियार र गजमेरकाे अभिनय रहेकाे यस गीतकाे निर्देशन,छाँयाङकन र सम्पादन समीर रामदमकाे रहेकाे छ । म्युजिक भिडियाेकाे दृश्य निर्माण एस.आर फिल्मसले गरेकाे छ भने रेजिना परियार अफिसियल युटुब च्यानलबाट भिडियाे सार्वजानीक गरिएकाे छ ।