अर्थतन्त्र

बडिगाडखोलामा नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न गाउँपालिकाको निर्देशन !

बागलुङको बडिगाड गाउँपालिकाले बडिगाखोलामा मध्य वर्षाको समयमा अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा जस्ता नदीजन्य पदार्थको उत्खनन गरिएको पाइएको छ । गाउँपालिकाले बडिगाखोलामा अवैध रुपमा भइरहेको नदीजन्य पदार्थको उत्खनन तुरुन्त रोक्ने निर्देशन दिएको छ ।आइतबार एक सुचना जारी गर्दै गाउँपालिकाले यस्तो कार्य तुरुन्तै रोक्न निर्देशन दिएको हो । बर्षायामको समयमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन भइरहेको एवं यस्तो कार्यमा बालबालिकाको समेत प्रयोग भएको पाइएकाले यस्तो गैरकानुनी कार्य तुरुन्त रोक्न भनिएको छ । सुचना हेर्नुहोस् : स्थानीय तह भित्र रहेका प्राकृतिक सम्पदा एवं… पुरा पढौ

बागलुङमा उद्यमी व्यवसायी एवं सरोकारवाला बीच अन्तरसंवाद कार्यक्रम

बागलुङका व्यवसायीहरुको साझा समस्या समाधान तथा आगमी योजना निर्माण गर्ने उदेश्यले उद्यमी व्यवसायी एवंम सरोकारवाला बीच अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा उद्यमी व्यवसायी एवंम सरोकारवाला बीच अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको हो ।सो अवसरमा उद्योग वाणिज्य संघले गरेका कामको वारेमा जानकारी गराउदै आगामी दिनमा व्यवसायीक हितमा संघले कसरी काग गर्न सक्छ भन्ने विषयमा लिखित सुझाव लिईएको छ । मुलुकको अर्थतन्त्र खस्किँदै गहिरहेको र बागलुङको व्यवसाय पनि धरासायी हुँदै गएको भन्दै व्यवसायीले चिन्ता व्यक्त गरेका छन्… पुरा पढौ

बैंक तथा वित्तिय संस्थाको ब्याजदरका विरुद्ध उद्योग वाणिज्य संघ बागलुङले बुझायो ज्ञापन पत्र

बागलुङ उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल राष्ट्र बैंकलाई ज्ञापन पत्र पठाएको छ । निक्षेपको व्याजदर घटाएका बैंङ्कहरुले असार मसान्त लाग्न लाग्दा समेत कर्जाको व्याजदर नघटाएर विभिन्न बाहना बनाउँदै व्यवसायीलाई थप मर्कामा पारेको भन्दै संघले बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठमार्फत नेपाल राष्ट्र बैंङ्कलाई ज्ञापन पत्र पठाईएको हो । नेपाल राष्ट्र बैंङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समिक्षा गर्दै अर्थतन्त्रमा आएको सिथिलताका कारण व्याजदर हेरफेर गर्न निर्देशन भएपनि बैंङ्क तथा वित्तिय संस्थाले व्यवसायीलाई मारमा पार्ने गरि कदम… पुरा पढौ

बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष कँडेलको घरबेटीलाई पत्र

घरबेटीलाई खुल्ला पत्र मिति : २०८० असार १५ शुक्रबारस्थान : बागलुङ बजार आदरणिय घरबेटीज्यू,हजुरहरु पक्कै आरामै हुनुहुन्छ किनकी हामीले सदैव तपाईको भलो चाहिरहेका छौं । हजुरलाई भुल्नै सक्दैनौ त्यसैले त आज पनि यो पत्रमार्फत सबै घरबेटीहरुलाई सम्झीईरहेको छु । धेरै कुराहरु केही छैनन, हजुर र हजुरको घरजग्गामा भाडामा बसेर जिविकोपार्जन गरीरहेका हामी र हजुरहरुको सम्बन्धलाई मात्र स्मरण गराउन चाहेको छु । यसलाई पढि दिनुहोला, सुनि दिनुहोला र मनन गरिदिनु हुन विनम्र अनुरोध गरेको छु ।हुन त हजुरले जग्गा र घरमा… पुरा पढौ

सिवाइसीले संचालन गरेको जागौं, जगाऔं र जोगाऔं अभियान प्रभावकारी वन्दै

चारतारे युवा क्लब सिवाईसी नेपालले सिवाइसी बचत तथा ऋण सहकारीको साझेदारीमा संचालन गरेको जागौं, जगाऔं र जोगाऔं अभियान प्रभावकारी वन्दै अभियान प्रभावकारी वन्दै गएको छ ।बागलुङ बजारमा मुख्य कार्यालय र बागलुङ पर्वत र म्याग्दीमा २५ सेवा केन्द्रबाट २५ हजार भन्दा वढि सेयर सदस्य रहेको सहकारीले यस वर्ष २० हजार सदस्यलाई सहकारीका बारेमा बित्तिय साक्षरता साथै संस्थाको बारेमा जानकारी गराउने उदेश्य अनुसार संचालन भएको अभियान प्रभावकारी बन्दै गएको हो । अभियान अन्र्तगत मंगलबार पर्वतका कुश्मा र मोदी गाँउपालिकाको केन्द्र पातिचौरमा जागौं,… पुरा पढौ

नयाँ बर्षका दिन कालिका भगवती मन्दिरमा हजारौं भक्तजनकाे घुइँचो

नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालिका भगवती मन्दिर बागलुङमा नयाँ बर्ष २०८० बैशाख १ गतेका दिन हजारौं श्रद्वालु भक्तजनकाे घुइँचो लागेको छ ।रमणीय मनमाेहक जंगलको बिचमा अवस्थित मन्दिरमा टाढाटाढादेखि भक्तजन आएपछि मन्दिर परिसर वरिपरि चहलपहल बढेकाे छ । नेपाली हिन्दु धर्मावलम्बीको धार्मिक आस्थाका केन्द्र नेपाल कै प्रमुख शक्तिपिठ कालीका भगवती मन्दिरमा नयाँ बर्षकाे दिन बिहानैदेखि श्रद्धालु भक्तजनहरूकाे बिहानदेखि न‌ै मन्दिर पुजा अर्चना गर्नेहरूकाे भिड लागेको छ । बागलुङ नगरपालिका वडा नम्बर १ मा अवस्थित कालीका मन्दिरमा नयाँ बर्ष प्रारम्भ भएको… पुरा पढौ

चैत्राष्टमी मेला-२०७९ को तयारी पुरा: स्थानिय उत्पादनलाई प्राथमिकता

नेपालकै पुरानो मेलाको रुपमा परिचित चैत्राष्टमी मेला यसवर्ष चैत्र १३ गतेदेखि सञ्चालन हुँदैछ | प्रसिद्ध धार्मिक स्थल कालिका भगवती मन्दिरको परिसरमा आयोजना हुने यस वर्षको मेलाको तयारी पुरा भएको आयोजक कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ । आगामी चैत्र १३ देखि १७ गतेसम्म सञ्चालन हुने मेलाको सम्पुर्ण तयारी पुरा भएको शनिवार आयोजित पत्रकार भेटघाटमा आयोजकले जनाएको छ | पाँचदिन सम्म सञ्चालन हुने मेलामा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिने समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । सदाका वर्षहरूमा… पुरा पढौ

नेपाल बैंक लिमिटेड बागलुङद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेपाल बैंक लिमिटेडद्वारा बागलुङमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । नेपाल बैंक बागलुङ शाखाको आयोजनामा जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर-६ बिहुको भिमसेन माध्यमिक विद्यालयमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।युवामा वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यका साथ विश्वभर मार्च २० देखि २६ सम्म मनाउन लागिएको ‘ग्लोबल मनि विक’ नेपालमा पनि राष्ट्र बैंकको संयोजनमा देशभर विभिन्न कार्यक्रमका साथ मनाइरहेको नेपाल बैंक बागलुङ शाखाका प्रबन्धक अमृत सेवाले बताउनुभयो । विद्यालय तथा क्याम्पसमा अध्ययनरत युवा विद्यार्थीलाई वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले… पुरा पढौ

धौलागिरि चक्रीय पदमार्गको विकासमा चासो

संसारको सातौ (८१६७) मिटर अग्लो धौलागिरि हिमाललाई फेरो लगाउने चक्रीय पदमार्गको विकास र प्रर्वद्धनमा गाउँपालिका, प्रदेश सरकार र पर्यटन व्यवसायीले चासो देखाएका छन् ।ओझेलमा परेको म्याग्दी स्थित धौलागिरि चक्रीय पदमार्गमा पूर्वाधार विकास र प्रर्वद्धनका लागि सरकार र निजी क्षेत्रले साझेदारी गर्ने विषयमा पोखरामा छलफल भएको हो । धौलागिरि हिमाल म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा अवस्थित छ ।गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जाली, धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुन मगर र ट्रेकीङ व्यवसायी एजेन्सीज एसोशियसन (टान)का… पुरा पढौ


दिगो
 कम्पनीको डाँफे इलेक्ट्रिक माइक्रोबस बागलुङमा

बागलुङमा पहिलो पटक इलेक्ट्रिक माइक्रोबसको विक्रि सुरु गरिएको छ | डिजेल पेट्रोलको भाउ आकासिय सँगै ब्यबसायीहरुको ध्यान यतिबेला इलेक्ट्रिक गाडी तर्फ जान थालेको छ | विक्रीका लागि दिगो कम्पनीको डाँफे माइक्रोबस बागलुङमा भित्रिएको हो । चालक सहित ११ सिट क्षमताभएको यस माइक्रोबसले एक पटक फुल चार्ज गर्दा २५० किलोमिटर गुड्न सकिने कम्पनिका बागलुङजिल्लाका प्रतिनिधि किशोर सापकोटाले बताए | दीगो डीएफएसके डाँफे ११ सिट क्षमता रहेको यो इलेक्ट्रिक माइक्रोबसले यात्रालाई सजिलो र आरामदायीबनाउनुका साथै बढीभन्दा बढी आम्दानीका उपयुत्त रहेक सापकोटाले बताए | ४२ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री र ६० किलोवाटको मोटर रहेको यो माइक्रोबसएकपटकको फुल चार्जले स्ट्यान्डर्ड अपरेसन कन्डिसनमा २५० किलोमिटरसम्म गुड्छ (एनइडिसी ३००किलोमिटर) । यो माइक्रोबसको प्रतिकिलोमिटर बिजुली खर्च १ रुपैयाँ ६ पैसा पर्न आउँछ, जुन डिजेलकोकरिब ९ रुपैयाँ प्रतिकिलोमिटर खर्चको तुलनामा ८० प्रतिशत कम हो । यो माइक्रोबसको प्रारम्भिक मूल्य ४५ लाख रुपैयाँ पर्ने र ३० प्रतिशत डाउन क्यास र ७० प्रतिशत फाईनान्स कम्पनिले गरिदिने सापकोटाले बताए | विश्वभर आकासिँदो पेट्रोलियम पदार्थको मुल्य र वातावरण प्रदुषणको कारण डिजेल तथा पेट्रोलबाट चल्नेसवारीसाधनको प्रयोगलाई इलेक्ट्रिक सवारीसाधनले विस्थापित गर्नुपर्ने महसुस भईरहेको बेला इलेक्ट्रिकगाडिमा आकर्षण बढ्ने देखिएको छ | पुरा पढौ