भृकुटीमण्डपमा आयोजीत क्यान प्रविधिको प्रदर्शनीमा युवाको चासाे

-


     राजेशचन्द्र राजभण्डारी     
     माघ २६ गते २०८१ मा प्रकाशित



काठमाडौ ,माघ २६ 

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शनी गर्ने उद्देश्यले ३० औ संस्करणको क्यान इन्फोटेक काठमाडौँमा सुरु भएको छ। प्रदर्शनीमा युवाहरूको उल्लेखनीय उपस्थिति रहनुका साथै नयाँ प्रविधिमा यीनिहरूकाे चासो देखिएको छ ।

कम्प्युटर एसोसिएसन नेपाल महासंघ क्यानको आयोजनामा भृकुटीमण्डपमा मेलाको आयोजना गरिएको हो। सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भित्रिएका नयाँ प्रविधिबारे जानकारी, बजार विस्तार एवं उपभोक्ताको चाहानालाई मध्य नजर गर्दै मेला आयोजना गरिएको क्यानका महासचिव चन्द्र विलास पाेखरेलले बताए ।

क्यानले आयोजना गरेको मेलामा आफुहरूले बिक्रीवितरण गर्ने ब्राण्डका टेक्नोलोजीका सामाग्री बारे आम उपभोक्ता लाई जानकारी गराउने सहयोग पुर्याउने उदेश्य रहेको ब्यवसायी शशि सिग्देलले बताए ।

क्यान इन्फोटेकमा सूचना सञ्चार प्रविधि क्षेत्रका भित्रिएका नवीनतम् प्रविधि तथा सेवाको विशेष प्रदर्शनी तथा  इन्फोटेकमा नेपालमै विकास गरिएको जेनेरेटिभ एआई सम्बन्धि जानकारी पाएकाे क्यानमा सहभागी युवाहरूकाे भनाइ छ ।

क्यान इन्फोटेकले नवीनतम प्रविधि स्टार्टअप इनोभेशन तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने देखिन्छ ।

सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकास र प्रयोगका लागि ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति २०८१’ को मस्यौदा तयार पारेको सन्दर्भमा प्रस्तावित नीतिले सुरक्षित तथा दिगो एआई इकोसिस्टम निर्माणसँगै जनशक्ति विकास, नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यस वर्ष क्यान इन्फोटेकको ३० औं संस्करण माघ २८  गतेसम्म सञ्चालन हुनेछ। भृकुटीमण्डपमा सुरु भएको यो मेला मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी भएको क्यानले जनाएको छ ।

मेलामा विभिन्न कम्पनीका १ सय ५० वटा स्टल रहेका छन् भने स्टार्टअप, युवा प्रतिभा, नवप्रवर्तन तथा नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिइएको छ। इन्फोटेकमा राखिने नवीन्तम प्रविधि तथा स्थानीय बजारको माग अनुसार विकास भएका सामग्रीले डिजिटल नेपाल निर्माणको अभियानलाई मद्दत पुग्ने क्यानले अपेक्षा राखेको छ ।मेलामा राष्ट्रिय परिचयपत्रकाे फाराम समेत भर्ने ब्यवस्था गरिदिएको कारण पनि क्यानकाे मेलाले आम नागरिकलाई सहज बनाइ दिएको छ ।