अर्थतन्त्र

कालीका भगवती मन्दिरमा चढाइएकाे जिन्सी सामाग्रीप्रदर्शन माघ महिनाको हिसाब सार्वजनिक

बागलुङ / नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिरमा श्रद्धालु भक्तजनहरूले श्रद्वा पुर्वक भगवती मातालाई समर्पण गरेको सुनचाँदी लगायतका जिन्सी सामाग्री प्रदर्शन गरेको छ । कालीका भगवती गुठी ब्यवस्थापन समिति बागलुङले कालीका मन्दिर परिसरमा पत्रकार भेटघाट कार्यक्रम गरि मन्दिरमा चढाइएकाे जिन्सी सामान सार्वजनिक गरि कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभएको थियो । कुमार खड्का अध्यक्ष बनेपछि मन्दिरमा बिभिन्न समयमा भक्तजनले समर्पण गरेका सुनचाँदीका सामग्री प्रहरी प्रशासनकाे राेहवरमा गालेपछि ,सुन ३ टाेला ,४५ लाल र चाँदी ३… पुरा पढौ

लघुवित्त र सहकारी पीडितलाई न्याय दिन म आफै सक्रिय छु : प्रधानमन्त्री

काठमाडौँ, १ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय दिन आफै सक्रिय भइरहेको बताउनुभएको छ। मंगलबार बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णीम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। भेटमा प्रधानमन्त्रीले भन्नुभयो, 'यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौं बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छु। तपाईहरूको सुझाव पनि म हेर्छु। यो समस्या जतिसक्दो छिटो टुंगाउन चाहन्छु, यसमा तपाईहरूको पनि… पुरा पढौ

सहकारीको ऋण उठाउन धर्मको सहारा

बागलुङ । सहकारी संस्थाले सहजरूपमा लगानी गरेकोऋण र ब्याज समयमा नउठेपछि बागलुङको एक सहकारी संस्थाले धार्मिक बाटो रोज्ने भएको छ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाले ऋणीहरूको सचेतनाका लागि ‘सहकारी पुराण’को योजना सार्वजनिक गरेको हो । ‘पुराणमा कसैको ऋण खानु, नतिर्नु पाप हो भनेर उल्लेख भएको चर्चा हुन्छ, त्यसैले अब हामीले सहकारी पुराणमार्फत सहकारी शिक्षा प्रदान गर्ने योजना बनाएका छौँ”, सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्माले  ‘नाम चलेका पण्डित बोलाएर भव्य सहकारी पुराण गर्ने योजना बनाएको छ ।’ सहकारीले पत्रकार सम्मेलन… पुरा पढौ

मध्यपहाडी राजमार्ग बागलुङ बिहुँ खण्डको काम तत्काल शुरू गर्न अर्थमन्त्रीको ध्यानाकर्षण

काठमाडौ /राष्ट्रिय गाैरवकाे आयोजनाकाे रूपमा रहेकोमध्यपहाडी राजमार्ग पटकपटक म्याद थप गर्दा समेत कालोपत्र नभएको भन्दै बागलुङका नेता र गाउँ पालिका प्रमुखले अर्थमन्त्री प्रकाश शरण महतको ध्यानाकर्षण गराएका छन । आयोजना लामो समयदेखि अधुरो रहिँ हिउँदमा धुलाम्य र बर्षामा हिलाम्मे भएर जनताले दुख पाईरहेको बागलुङ देखि घाेडाबाधे सम्मकाे मध्यपहाडी लाेक राजमार्ग काे समस्याको बिषयमा नेपाल सरकारका अर्थमन्त्री महत सँग भेटघाट गरेर महत्त्वपूर्ण छलफल गरेकाे नेपाली कांग्रेस का केन्द्रीय सदस्य किरण पौडेलले बताए । काठेखोला गाँउपालीकाका अध्यक्ष राजु थापा,काठेखोला गाँउपालीका वर्डा न.५… पुरा पढौ

पटकपटक मात्रै बक्तब्य निकालेर देवकुमार नेपाली बचत कर्ताहरूलाइ रणभुलमा पार्न ब्यस्त छन् ?

काठमाडौं ।हजारौं बचतकर्ताहरुको २ अर्ब रुपैयाँ भन्दा बढी बचत अबचलन गरी ८ महिनादेखि फरार ढोरपाटन नगरपालिकाका नगर प्रमुख एवम् इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देव कुमार नेपालीले एक वक्तव्य प्रकासित गरि सबै सम्पत्ती बेचेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्न तयार भएको फेरि पछिल्लो पटक ब्यक्त निकालेका छन् । तत्कालीन इमेज बचत सहकारीका अध्यक्ष रहेका नेपालीले माघ १९ गते एक वक्तव्य प्रकाशित गरि आफनो र आफनो श्रीमती छेला नेपालीको नाममा रहेको सबै सम्पत्ती दिन तयार भएको, त्यसको लागि वातावरण… पुरा पढौ

प्रधानमन्त्रीद्वारा उदयपुर सिमेन्ट उद्योगको अवलोकन

उदयपुर, २० माघ : प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गर्नुभएको छ । उदयपुरको त्रियुगा नगर वडा नं ६ जलजले पुगी उहाँले उद्योगको प्लान्टलगायत महत्वपूर्ण संरचनाको अवलोकन गर्नुभएको हो । प्रधानमन्त्रीलाई उद्योगका महाप्रबन्धक खगेन्द्रबहादुर बस्नेतले उद्योगको समग्र अवस्थाबारे जानकारी गराउनुभएको थियो । सो क्रममा प्रधानमन्त्री दाहालले उद्योगलाई यही अवस्थामा नभई ‘अपग्रेड’ गरेर चलाउनुपर्ने बताउनुभयो । आफूले उद्योगको समस्यालाई गम्भीर रुपमा लिएको उल्लेख गर्दै उहाँले उद्योगलाई दीर्घकालीनरुपमा सञ्चालन गर्न सरकार तयार रहेको बताउनुभयो । उदयपुर सिमेन्टर नेपाल सरकारद्वारा सञ्चालित… पुरा पढौ

५० लाख लिएर एमडि पास गराउने गाेरख धन्दा जारी ?

काठमाडौं / चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डाक्टर अन्जनी कुमार झा र उनका बहिनी ज्वाइँ तथा मिस्राको  मिलेमतोमा विभिन्न क्षेत्रमा रहेका बिद्यार्थीहरुबाट करोडौं रुपैया असुली गरि ठगी धन्दा मचाउदै छन् । बितेको दुई तीन दिनमा भारतको बिहार राज्य सितामडीघर भएको नातेदार पर्नेबाट जनही रु ५० लाखको दरले रकम असुली गरि नातेदार दलाल मार्फत बाट १५ करोड पैसा असुल गरेको छ । त्यो पैसा निजले डा अन्जनी कुमार झा को sos कलेजको घरमा नै लगेर दिएको जानकारी प्राप्त भएको छ र यस्को… पुरा पढौ

चन्द्रागिरि नगरपालिका ६ मा हाट बजार

काठमाडौं /ब्यापारी ब्यवसायी उद्योगीहरू ब्यापार नभएकाे भनेर निराश बनिरहेको बेला स्थानीय तहले भएका उद्यमी ब्यवसायीलाइ हाैसला प्रदान गर्ने उदेश्यले हाट बजारको संचालन गरेको छ ।हाट बजार लाइ ब्यवस्थित रूपमा संचालन गर्न शुरू गरेपछि स्थानीय रूपमा उद्योग संचालन गरिरहेका ब्यवसायी उत्साहित बनेका छन् । देशमा राेजगारी नभएको भन्दै सयौं युवा जनशक्ति हरेक दिन बिदेश तर्फ पलायन भइरहेको बेला काठमाडौ चन्द्रागिरि नगरपालिकाले स्थानीय उत्पादन गर्ने उद्यमीलाइ हाैसला दिने उदेश्यका दुई दिने हाट बजार संचालन गरिएको छ ।  स्थानीय उत्पादनकाे बजारीकरण गर्ने देखि… पुरा पढौ

प्रक्रियागत ढिलासुस्तीविरूद्ध प्रधानमन्त्रीको ‘एक्सन’, १५ दिनभित्र राय नदिए फाइल स्वतः सदर

काठमाडौँ, १८ माघ : विभिन्न विषयगत मन्त्रालयमा रायका लागि पेश भएका फाइलहरू १५ दिनभित्र अनिवार्यरूपमा सम्बन्धित निकायमा रायसहित फिर्ता पठाउनुपर्ने भएको छ । अन्तर मन्त्रालयगत समन्वयलाई प्रभावकारी बनाएर निर्णय प्रक्रियामा हुने ढिलाईलाई हटाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा उक्त व्यवस्था गरिएको हो । जसअनुसार कुनै विषयमा कुनै पनि मन्त्रालयले अन्य कुनै मन्त्रालय वा निकायसँग राय माग गरेको १५ दिनभित्र सम्बन्धित मन्त्रालय वा निकायलाई फाइल फिर्ता नगरेमा स्वतः सहमति भएको मानिनेछ । गत पुस २४ गतेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यप्रक्रियामा… पुरा पढौ

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग प्रधानमन्त्रीको छलफल

माघ १७, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गर्नुभएको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना गरी प्रधानमन्त्री प्रचण्डले कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाले गरेको सम्भाव्यता अध्ययननको बिफ्रिङ लिनुभएको हो। नेपाल सरकारको आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रममा विगतमा सञ्चालन भएर वर्तमानमा बन्द अवस्थामा रहेका उद्योगहरू पुनः सञ्चालन गर्ने व्यवस्था गरिएबमोजिम नेपाली सेनाले उद्योग पुनः सञ्चालन सम्बन्धी सम्भाव्यता अध्ययन गरेको थियो। वि.सं. २०३२… पुरा पढौ