चैते दशैकाे अवसरमा बागलुङ बाङ्गेचाैरमा चैत २५ गते देखि रमाइलो मेला लाग्ने

-


     हिडन खबर    
     चैत्र २२ गते २०८० मा प्रकाशित


बागलुङ /बागलुङ नगरपालिका वडा नम्बर १ बाङ्गेचाैर मैदानमा यहीँ चैत २५ गतेदेखि बैशाख ६ गतेसम्म रमाइलो मेलाको आयोजना गर्न लागेको मेला आयोजकले जनाएको छ ।

कालीका गुठी ब्यवस्थापन समितिकाे आयोजना हुने मेला हेर्न आउने दर्शकलाई थप मनाेरन्जन प्रदान गर्न बिभिन्न ब्यापारीक स्टल ,स्थानीय घरेलुका उत्पादित बस्तु मेलाबाट सहजरूपमा बिक्रीवितरण हुने बागलुङ मेला ब्यवस्थापन समितिले जनाएको छ ।

बाङ्गेचाैर मैदानमा चैत २५ गतेदेखि बैशाख ६ गतेसम्म १२ दिन बिभिन्न मनाेरन्जका खेल चमचा पिङ रेल लगायत रहने भएकोले यसले कालीका भगवती मन्दिरमा मेला हेर्न आउने
हिन्दु धर्मावलम्बी ,दर्शकहरू लाई मेला बाट थप मनाेरन्जन दिनुका साथै आफुलाइ मनपर्ने सामाग्री खरिद गरेर लैजाने प्रवन्ध समेत मिलाएको हुदा मेला प्रभावकारी हुने अपेक्षा राखिएको मेला आयोजकका बिनाेद बुढाथोकीले बताए ।

कालीका गुठी ब्यवस्थापन समितिले भने ऐतिहासिक चैते दशैकाे अवसरमा यहीँ चैत ३०गतेदेखि बैशाख ५ गतेसम्म
बाङ्गेचाैर बालउद्यान परिसर भित्र राष्ट्रिय लाेक दाेहाेरी प्रतियोगिता ,बिद्यालय स्तरीय नृत्य प्रतियोगिता ,छेलाे प्रतियोगिता ,कालीका कप राष्ट्रिय खुला पुरूष भलिबल प्रतियोगिता ,राष्ट्रिय कलाकारको प्रस्तुति राखेर कार्यक्रम भब्य र सभ्य रूपमा सम्पन्न गर्ने योजना बनाएको कालीका गुठीका अध्यक्ष कुमार खड्काले बताए ।

नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिरमा चैते दशैकाे अवसरमा देशभरि बाट ५ लाख भन्दा बढी धार्मिक पर्यटक मन्दिर दर्शनको लागि आउने गर्छन् ।