ऐतिहासिक चैते दशै मेला सफल बनाउन बिभिन्न उपसमिति गठन

-


     हिडन खबर    
     चैत्र ८ गते २०८० मा प्रकाशित


बागलुङ /बागलुङमा हरेक बर्ष लाग्ने ऐतिहासिक चैते दशै मेला भब्य र सभ्य रूपमा सफल पार्न कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काकाे मूल आयोजकत्वमा बिभन्न उपसमिति गठन गरेको छ ।

कालीका गुठी ब्यवस्थापन समितिको बैठकले चैत ३० गतेदेखि बैशाख ६ गतेसम्म हुने मेला सफल बनाउन गुठीका सचिव अर्जुन खड्का लाइ भलिबल संयाेजक उपाध्यक्ष निशान खड्कालाई नृत्य प्रतियोगिता संयाेजक ,काेषाध्यक्ष रामबहादुर खड्कालाई लाेक दाेहाेरी संयाेजक
बिद्या खड्कार गीत खड्कालाई अतिथि सत्कार संयाेजक ,
ध्रुव खड्कालाई स्टल र स्वयंसेवक संयाेजक ,राजेन्द्र शाक्य रथ यात्रा संयाेजक ,राजीन खड्का रमाइलो मेला संयाेजक ,
डम्बर खड्का र डम्बर थापा मन्दिर पुजा संयाेजक ,प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारी प्रचारप्रसार संयाेजक ,
कानुनी सल्लाहकार राम शर्मा बिवाद समाधान संयाेजक रहनु भएको छ ।

चैत ३० गतेदेखि बैशाख ६ गतेसम्म हुने मेला अबधिमा हुने खुला लाेक दाेहाेरी प्रतियोगितामा प्रथम हुने टिमलाई नगद २ लाख पुरस्कार दृतिय हुने टिमलाई नगद १ लाख तृतीय हुनेलाइ नगद ५० हजार र उत्कृष्ट स्वर हुने महिला पुरूष तथा उत्कृष्ट भेषभूषा महिला पुरूषलाइ नगद ५ / ५ हजार नगद पुरस्कार प्रदान गरिने कालीका गुठीका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले बताए ।

यस्तै कालीका कप खुल्ला भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३ लाख द्वितीयत हुने टिमलाई १ लाख ५० हजार र तृतीय हुने टिमलाई नगद १ लाख सर्वाेकृष्ट खेलाडी र अनुशासित खेलाडीलाई नगद ५/५ हजार पुरस्कार प्रदान गरिने प्रेस सल्लाहकार राजभण्डारीले बताए ।

अन्तर माबि स्तरीय कक्षा १० सम्मका सामुहिक नृत्य प्रतियोगितामा प्रथम हुने बिद्यालयलाइ नगद २० हजार द्वितीय हुने लाई १० हजार तृतीय हुने लाइ ५ हजार र सान्त्वना पुरस्कार २ हजार ५ सय रहेको छ ।यस्तै छेलाे प्रतियोगितामा प्रथम हुनेलाइ ११ हजार १ सय ११ रूपैयाँ र द्वितीय हुनेलाइ ५ हजार ५ सय ५५ रूपैयाँ नगद पुरस्कार प्रदान गरिने भएको छ ।

चैते दशैकाे अवधिमा नेपाल कै प्रसिद्ध धार्मिक शकिपिठ कालीका भगवती मन्दिरको दर्शन गर्न बागलुङ पर्वत म्याग्दी ,कास्की ,स्याङ्जा ,गुल्मी चितवन ,तनहुँ लमजुङ ,बुटवल लगायत देशभरि बाट लाखौं श्रद्धालु भक्तजन धार्मिक पर्यटक आउने गर्छन् ।कालीका भगवती मन्दिरमा भक्तजनले गरेको भाकल पुजा पनि यहीँ चैते दशैकाे अवधिमा गर्न आउने चलन रहेको छ ।