
धौलागिरी अधिकृत विक्रेता संघ धौलागिरी नेपालको ७ औ वार्षिक साधारण सभा बेनी नगरपालिका १ रत्नेचौरमा सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले सरकारले राज्य कोषको रकम खर्च गर्न नसक्दा बजारमा तरलता सृजना भएको बताउनु भयो ।
राज्यकोषको चालु आर्थिक वर्षमा २० प्रतिशत मात्र रकम खर्च भएकोले पनि बजारमा आर्थिक संकट पैदा भएको बताउनु भयो । नगर प्रमुख पौडेलले नेपालको समग्र अर्थतन्त्रमा थोक विक्रेता हरुको महत्व पूर्ण भूमिका रहेको बताउनु भयो ।
पौडेलले कोभिड माहामारीको समयमा दैनिक उपभोग्य सामाग्री आपुर्तीमा आफ्नो कर्तव्य पुरा गरेको बताउनु भयो । नेपाल वितरक महासंघ गण्डकीका अध्यक्ष तेजेन्द्र पौडेलले उद्योगी व्यवसायीका समस्यामा राज्य उदासिन बनेको गुनासो गर्नु भयो ।
कार्यक्रममा अधिकृत विक्रेता संघ पोखराका अध्यक्ष अनिल श्रेष्ठ, बेनी नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष टेक वहादुर रावल, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कुटुवाल, पर्वतका अध्यक्ष गोपी अधिकारी, धौलागिरी अधिकृत विक्रेता संघ धौलागिरीका सल्लाहकार बाबुराम रेग्मी, सदस्य कृष्णमणी कँडेल लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
साधारण सभामा महासचिव हेमन्त बानियाले प्रगती प्रतिवेदन र कोषाध्यक्ष कृष्ण गौतमको आर्थिक प्रतिवेदन सदस्य नारायण ढुंगानाले प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन साभारण सभाले पारित गरेको छ ।
धौलागिरी अधिकृत विक्रेता संघ धौलागिरी नेपालका अध्यक्ष बद्री ढुंगानाको अध्यक्षता महासचिव हेमन्त बानियाको संचालन र वरिष्ठ उपाध्यक्ष प्राणनाथ गौतमको धन्यवाद मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरकम सस्थागत विकासमा सहयोग गर्नेलाई सम्मान गरिएको थियो ।











