
बागलुङ / देशका धेरै संघसंस्थाहरूले आफ्नो हिसाबकिताब सार्वजनिक नगरिरहेकाे समयमा नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती गुठी ब्यवस्थापन समितिले आफ्नो हिसाबकिताब मासिक रूपमा सार्वजनिक गर्दै आएको छ ।कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा बसेकाे बैठकले कालीका भगवती मन्दिरमा भएको आम्दानी खर्चको हिसाब विवरण सार्वजनिक गरेको हाे ।
२०८० पुस महिनामा कर्मचारी तलबमा ३ लाख ४८ हजार बिधुत महसुस २६ हजार २५ अतिथि सत्कारमा १ हजार ७ सय आर्थिक सहयोग २० हजार पुर्वाधार विकास निर्माण २० लाख ९२ हजार २ सय ९५ पुजा खर्च २५ हजार बिज्ञापन १० हजार खाध्यान्न तथा आवाशमा ५३ हजार ९ सय सांस्कृतिक कार्यक्रम तथा भजनमा १ लाख २ सय मर्मत संभार ६ हजार गरि २७ लाख ८२ हजार १ सय २० रूपैया रहेको कालीका गुठी ब्यवस्थापन समितिका काेषाध्यक्ष रामबहादुर खड्काले बताए ।
कालीका भगवती गुठीले पुस महिनामा आम्दानी तर्फ
२३ लाख ८९ हजार ३ सय ९३ रूपैयाँ गरेकोमा भेटी बाट
१२ लाख ४५ हजार ४ सय ४५ रूपैयाँ चामल बिक्री बाट ५२ हजार ५ सय बाेका बाट ८४ हजार ८ सय ५० ,कुखुरा बाट ५ हजार ४ सय ५० सटर भाडा ३ लाख १४ हजार ७ सय पिकनिक ४९ हजार ५ सय विवाह बाट २ हजार ५ सय परेवा बाट ५ लाख ६३ हजार २ सय ५० ब्रतबन्ध बाट ३ सय पण्डित बाट ६ हजार ६ सय आम्दानी गरेको गुठीका काेषाध्यक्ष खड्काले बताए ।
गुठीले २३ लाख ८९ हजार ३सय ९३ आम्दानी र २७ लाख ८२ हजार १ सय २९ खर्च हुदा गुठीको ३ लाख ९२ हजार ७ सय २७ रूपैयाँ नाेक्सानी भएको हिसाबकिताब सार्वजनिक गरेको छ ।
नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिरमा देशभर बाट एक बर्ष लाखौंकाे संख्यामा धार्मिक पर्यटक आउने गरेकाे कालीका गुठीले हरेक महिनाको एकपटक आम्दानी खर्चको हिसाबकिताब सार्वजनिक गर्दै आएको कालीका भगवती गुठीका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारी बताए।












