
संगम दुग्ध उत्पादक तथा कृषि सहकारी संस्था लि. जलजला ८ फर्से पर्वतको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभामा बोल्दै जलजला गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत फणिन्द्र प्रसाद आचार्यले
गुजारामुखी नभई व्यावसायिक बन्न किसान लाई आग्रह गर्दै अब दुग्ध उत्पादन मात्र हैन् प्रशोधनको काम गर्न आवश्यक रहेको बताउनु भयो । उत्पादन सँग जोडिएका सहकारीको संरक्षण र विकासमा स्थानिय सरकारको भूमिका र बजारीकरणमा सरकारको ठोस नीतिको आवश्यकतामा रहेको बताउनु भयो । कार्यक्रममा बागलुङ दुग्ध सहकारी संघका अध्यक्ष दिपक गौतम, भेटनरी अस्पताल पर्वतका निमित्त प्रमुख रामजी प्रसाद पौडेल, जलजला गाँउपालिका वडा नम्वर ८ का वडा अध्यक्ष हरि विकास जिसी, गाँउपालिकाका पशु सेवा केन्द्र प्रमुख नारायण प्रसाद आचार्य समाजसेवी तुलबहादुर केसी लगाएतले बोल्नु भएको थियो । सहकारीका अध्यक्ष त्रिलोचन सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सदस्य ददिलाल सुवेदी र संचालन पुष्पा केसीले गर्नु भएको थियो । साधारण सभाको अवसरमा उत्कृष्ट कृर्षक नारायण जिसी र तोप बहादुर केसीलाई सम्मान गरिएको थियो ।
३२ जना शेयर सदस्य रहेको सहकारीले गत वर्ष ६२ लाख ६३ हजार २ सय बरावरको दुध विक्रि गरेको छ । फर्सेमा उत्पादन भएको दुध बागलुङ दुग्ध सहकारी संघ मार्फत विक्रि हुने गरेको छ । हाल दैनिक करिव ३ लिटर दुध उत्पादन हुने गरेको सहकारीले जनाएको छ ।












